Saturday, February 21

बुहारीलाई धरिलो हतियार बन्चरो प्रहार गर्ने जेठाजु पक्राउ

नेपाल अखबार, काभ्रे । बुहारीलाई बञ्चरो प्रहार गरी हत्या गर्ने जेठाजुलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई धरिलो हतियार बन्चरो प्रहार गर्ने जेठाजु पक्राउ परेका हुन् ।
बिहीबार बिहान ३५ वर्षीया रन्जना तिमल्सिना (अधिकारी) लाई धरिलो हतियार प्रहार गरी जेठाजु सुदर्शन अधिकारीले हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवीराज पौडेलले जानकारी दिए ।
सुदर्शन अधिकारीले आँगनमा भाडा माझिरहेको बेला रञ्जनालाई पछाडिबाट बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट रन्जनाको घटनास्थलमै मृत्यु भएको पौडेलले बताए ।
‘घटनाको छोटो समयमा अपराधीलाई पक्राउ गर्न सफल भयौं,’ एसपी पौडेलले भने, ‘प्रहरीलाई हत्याको खबर आएको एक घण्टाभित्र सुदर्शन अधिकारी पक्राउ परेका हुन् ।’
घरायसी झै–झगडाको कारण रन्जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुलेको छ । कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमको लागि पठाइएको पौडेलले बताए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *