Tuesday, October 7

चीनसँगको तनावबीच भारतीय सेना प्रमुख एकाबिहानै लद्दाख पुगे

नेपाल अखबार, एजेन्सि। भारतीय सेनाका प्रमुख जनरल एमएम नरवनेले लद्दाखको पुगेका छन्।
चीनसँग तनाव बढीरहेकै समयमा बिहीबार बिहान सेनाप्रमुख नरवाने लद्दाख पुगेका हुन्।
पछिल्लो केही समयदेखि भारत र चीनको सीमामा विवाद चर्कंदै आएको छ। भारतले सीमा क्षेत्रमा चीनले घुसपैठ गरेको आरोप लगाउँदै आएको छ।
पछिल्लो तनावपछि सेना प्रमुखले पहिलोपटक लद्दाख पुगेर त्यहाँको अवस्थाको जानकारी लिएका हुन्।
उनले त्यहाँ दक्षिण प्यांगोङ र अन्य क्षेत्रको सुरक्षा अवस्थाको बारेमा जानकारी लिएको भारतीय सञ्चारमध्यमले जनाएका छन्।
सेना प्रमुखको भ्रमणपछि त्यहाँको सुरक्षा अवस्थाको समीक्षा गर्ने बताएको छ।
दुई महिनाअघि पनि दुई देशको सीमा क्षेत्र लद्दाखकै गलवान उपत्यकामा हिंसात्मक झडप हुँदा २० भारतीय सैनिक मारिएका थिए।
केही दिनअघि लद्दाखमा चीनका सेनासँग भएको भिडन्तमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको दाबी गरिएको छ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *