Wednesday, July 29

Blog

ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु
दुर्घटना

ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु

नेपाल अखबार, चितवन। पूर्वी चितवनको खैरहनीमा ट्रयाक्टरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–४ का ५७ वर्षीय रिठ्ठे परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार परियारको आफ्नै बारीमा धान रोपाइँका लागि जोत्ने क्रममा ना७त ४४८८ नंको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट परियारको घटनास्थलमा नै मृत्यु भएको हो । परियारलाई ठक्कर दिने ट्र्याक्टरका चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको र शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । रासस...
अमेरिकामा एकैदिन ४० हजार संक्रमित थपिए, सरुवारोगविज्ञ फाउची भन्छन्ः देश गम्भीर समस्यामा
विश्व

अमेरिकामा एकैदिन ४० हजार संक्रमित थपिए, सरुवारोगविज्ञ फाउची भन्छन्ः देश गम्भीर समस्यामा

नेपाल अखबार, एजेन्सि। अमेरिकामा गएको २४ घण्टामा ४० हजार नयाँ कोरोना भाइरस ‘कोभिड १९’ संक्रमित थपिएका छन्। शुक्रबार एकैदिन अमेरिकामा ४० हजार १७३ नयाँ कोरोना संक्रमित पुष्टि भएको जोन्स हपकिन्स युनिभर्सिटीले जनाएको छ। एकैपटक ४० हजारको दरले कोरोना संक्रमित थपिएसँगै अमेरिकी सरुवारोगविज्ञ एन्थोनी फाउची जो ट्रम्प प्रशासनका प्रमुख स्वास्थ्य सल्लाहकार पनि हुन् उनले अमेरिका गम्भीर समस्यामा परेको बताएका छन्। फाउचीले सबै अमेरिकी राज्यको नीति एक भए मात्र कोरोनालाई अमेरिकाले जित्ने नभए यो बढेको बढ्यै हुने चेतावनी दिए। अमेरिका कोरोनाले हालसम्म सबैभन्दा बढी प्रभावित देश हो। अमेरिकामा हालसम्म २४ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ। तीमध्ये १ लाख २५ हजारको मृत्यु भइसकेको छ भने १० लाखभन्दा बढी उपचारपछि निको भएका छन्। शुक्रबार फाउचीले कोरोना नियन्त्रण गर्न अपनाइएका उपायहरु चाँडै खुला गर्दा अमेरिकामा कोरोना ...
गण्डकीमा १६ नयाँ संक्रमित थपिए, कूल संक्रमित संख्या ८५४ पुग्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा १६ नयाँ संक्रमित थपिए, कूल संक्रमित संख्या ८५४ पुग्यो

नेपाल अखबार, कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको थप १६ नयाँ केस भेटिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार ५ बजेर २५ मिनेट जाँदा प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिएको हो । योसँगै प्रदेशमा कूल संक्रमितको संख्या ८५४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारीअनुसार पोखरा महानगरपालिकामा ५ महिला, नवलपुरको देवचुली नगरपालिकामा ३ महिला, ३ पुरुषसहित ६ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्याङ्जाको भीरकोट गाउँपालिकामा २ पुरुष र गल्याङमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो ।...
७७ वटै जिल्लामा फैलियो कोरोनाभाइरस, रसुवाका ९ सहित ५५४ संक्रमित थपिए
समाचार, स्वास्थ्य

७७ वटै जिल्लामा फैलियो कोरोनाभाइरस, रसुवाका ९ सहित ५५४ संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् ।  योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।  जसमा १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् । यस्तै बितेको २४ घण्टामा १८ महिला र ११८ पुरुष गरी १३६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या २८ सय ३४ पुगेको छ। यसैबीच कोरानाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । भरतपुर...
होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ
समाचार

होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ

नेपाल अखबार, प्युठान । प्युठानको झिमरुक गाउँपालिका वडा नं २ स्थित होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।  प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा ११ वर्षीया बालिकाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ का फोकल पर्सन पुष्कल श्रेष्ठले बताए  । गत जेठ २१ गते भारतबाट आई वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि यही असार ३ गते उनको आरडिटी  गरिएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ देखिएपछि होम क्वारेन्टिनमै बसेकी बालिकाको असार ६ गते मृत्यु भएको हो । उनको मृत्युपछि पिसिआर जाँचका लागि स्वाब पठाइएको थियो  ।  बालिका मिर्गौला र रक्त अर्बुदरोगको बिरामी थिइन् । रासस...
दुई दिन पर सर्‍यो नेकपा बैठक
राजनीति, समाचार

दुई दिन पर सर्‍यो नेकपा बैठक

नेपाल अखबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक आगामी असार १६ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले आजको बैठक भारतसँगको सीमा विवादको विषयमा केन्द्रीत भएको भन्दै अर्को बैठक असार १६ गते बस्ने गरी स्थगित भएको जानकारी दिए । उनका अनुसार भोलि मदन स्मृति दिवस र सोमबार १५ असार अर्थात दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गतेका लागि सारिएको जानकारी दिए । उनका अनुसार आजको बैठकमा स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल, रघुजी पन्त, सु्रेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेलसहित २१ जनाले धारणा राखेका छन् । बैठकमा बोल्ने स्थायी समिति सदस्यहरु वार्ताको माध्यमबाट भारतसँगको सीम...
कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु
समाचार

कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु

नेपाल अखबार चितवन, । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा  आज बिहान मृत्यु भएको बताए । उनका  अनुसार ती पुरुष  क्यान्सरका उपचारका सिलसिलामा  भारतबाट फर्किएका थिए ।  पछिल्लो समयमा उनको स्वास्थ्यमा समस्यादेखि यही असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो । रासस...
कोरोनाबाट सबैभन्दा धेरै प्रभावित विश्वका १० देश
विश्व, स्वास्थ्य

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित विश्वका १० देश

नेपाल अखबार, एजेन्सि। विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या  ९९ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ । विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेका छन् भने दोस्रोमा ब्राजिल रहेको छ । बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमण सङ्ख्या निम्न रहेको छ । अमेरिका–२४,६७,५५४ ब्राजिल –१२,७४,९७४ रूस– ६,१९,९३६ भारत–५,०८,९५३ बेलायत–३,१०, ८३६ पेरू– २,७२,३६४ चिली–२,६३,३६० स्पेन–२,४७,९०५ इटाली–२,३९,९६१ चीन–८५,१७२...
पशुपतिमा आर्यघाट गङ्गामाई रथयात्रा
धर्म/संस्कृति

पशुपतिमा आर्यघाट गङ्गामाई रथयात्रा

नेपाल अखबार, काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा मनाइने आर्यघाट गङ्गामाईको रथयात्रा पुजारीले रथमार्गमा घुमाएर सम्पन्न गर्ने तयारी भएको छ । विसं १८७० मा तत्कालीन राजा रणबहादुर शाहकी श्रीमती गङ्गा रानी बिरामी भएपछि पशुपति क्षेत्रमा रथयात्रा गरी ठीक भएकाले यात्रा शुरु भएको भन्ने लगतमा भेटिएको पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले  जानकारी दिए । त्यसैबेलादेखि प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीको एक दिन पशुपति क्षेत्रमा रथयात्रा गर्ने गरिएको हो । यसवर्ष धेरै जना जम्मा भएर रथयात्रा गर्न कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने खतरा भएकाले विधि भने पूरा गरिँदैछ । यसका लािग आज बिहान मूल भट्टको आदेश लिएर मूर्ति बाहिर निकालिएको छ । अहिले पूजा आजाको विधि भइरहेको छ । बेलुकी गङ्गामाईका पुजारी दिनेश पौडेलले रथमार्गमा हातमै बोकी रथ घुमाउने कार्यक्रम रहेको पनि उनले बताए । वि...
‘मेरो गणना, मेरो सहभागिता’
प्रदेश ३, समाचार

‘मेरो गणना, मेरो सहभागिता’

नेपाल अखबार, हेटौंडा । राष्ट्रिय जनगणना २०७८ को पूर्वतयारी अन्तर्गत मकवानपुरमा ‘नमुना  जनगणना’ शुरु भएको छ । गत चैतमा सम्पन्न हुनुपर्ने सो काम  कोभिड–१९ का कारण जारी लकडाउनले गर्दा तीनमहिना ढिलो गरी अहिले शुरु गरिएको यहाँस्थित तथ्याङ्क विभागका तथ्याङ्क अधिकृत राजेश दासले जानकारी दिए । सो कार्यका लागि भौतिक दूरी कायम गरी कर्मचारी, गणक र सुपरीवेक्षक खटाइएको उनको भनाइ छ । राष्ट्रिय जनगणनाको एक वर्ष अघि नमुना जनगणना गर्ने प्रचलनअनुसार जनगणना गरिएको उनले बताए । आगामी जेठ २५ गतेबाट ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित राष्ट्रिय जनगणना गणना गरी अगामी असार ८ गते सम्पन्न गरिने उनले जानकारी दिए । उनका अनुसार अघिल्ला जनगणनामा लगत–१ र लगत–२ गरी दुईखाले प्रश्नावली फरक ढङ्गले सोधिएको थियो । तर, अहिले तीदुवै मिलाएर एकीकृत प्रश्नावली निर्माण गरिएको छ । एकीकृत प्रश्नावलीका आधारमा पूर्ण जनगणना गर्नुपर्ने भ...