Sunday, July 26

Blog

दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा
प्रदेश ४, राजनीति, समाचार

दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा

नेपाल अखबार, पोखरा । दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको उनले  बताए । ‘न सांसदको काम छ, न कुनै समितिको जिम्मेवारीअनुसार भूमिका छ । कामै नलाग्ने त्यस्तो समितिमा बसेर लाजमात्र लाग्यो,’ गुरुङले भने, जता हेर्‍यो उतै भ्रस्टाचार छ । न काम गर्ने अधिकार छ । न समितिले अनुगमन गरेर केही गर्न सक्छ ।’ समितिको सदस्य भएर विभिन्न ठाउँमा अनुगमनका लागि जाँदा अनियमितता देखे पनि केही गर्न नसकिएको उनले बताए । ‘विकास समितिले बाटो, पुल, क्रसरलगायतको अनुगमन गर्ने र निर्देशन मात्र दिने रहेछ । कारबाही गर्ने अधिकार छैन,’ प्रदेशसभा सदस्य गुरुङले भने, ‘कारबाही गर्ने निकायलाई ल यहाँ यसो भएको छ भनेर भन्यो, केही गर्दैन ।’ क्रसर र ठेक्कापट्टामा सबैको म...
पाल्पाका अधिकांश स्थान ३ दिनदेखि अन्धकार
समाचार

पाल्पाका अधिकांश स्थान ३ दिनदेखि अन्धकार

नेपाल अखबार, पाल्पा । अविरल वर्षाका कारण खसेको पहिराले खम्बा ढल्दा जिल्लाका अधिकांश बस्तीमा तीन दिनदेखि अन्धकार भएको छ । अविरल वर्षा हुँदा खसेको पहिराले बिजुलीको खम्बा ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । रिब्दीकोट गाउँपालिका ७ बतासेमा पहिराले एउटा विद्युत्को खम्बा बगाएको र अन्य सात  ढलेपछि सो क्षेत्र तीनदेखि अन्धकार बनेको छ । बतासेमा खम्बा ढलेसँगै रिब्दीकोटका तीन वडा र रैनादेवी छहरा गाउँपालिकाका आठ वडा तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा समेत विद्युत् आपूर्ति हुनसकेको छैन । जिल्लाको बगनासकाली गाउँपालिकाको खानीछापमा समेत एउटा खम्बा ढलेपछि सो क्षेत्र विद्युत्विहीन भएको छ । रैनादेवी छहरा गाउँपालिका– ४ अम्लाबाँसका राजेन्द्र पोखरेलले विद्युत् नहुँदा सामाजिक सञ्जाल, रेडियो, टिभी र अत्यावश्यक काम गर्नबाट वञ्चित हुनुपरेको बताए । रातमा बिजुली नहुँदा अन्धकारमा रात बिताउनुपर्ने अवस्था छ । वर्षाका...
एमसीसीको विरोधमा ११ दलद्वारा संघर्षको कार्यक्रम घोषणा
राजनीति, समाचार

एमसीसीको विरोधमा ११ दलद्वारा संघर्षको कार्यक्रम घोषणा

नेपाल अखबार, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विभिन्न ११ दलले संघर्षको कार्यक्रम घोषणा गरेका छन् । ११ दलले सोमबार एक संयुक्त वक्तव्य जारी गर्दै सो सम्झौता राष्ट्रघाती रहेपनि प्रधानमन्त्री केपी शर्मा ओली संसदको चालु अधिवेशनबाटै पारित गर्नुपर्ने पक्षमा रहेको उल्लेख गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पूर्ण समर्थनको सुनिश्चितताका आधारमा ओली यसलाई पारित गराउने दाउमा लागेको भन्दै यसविरुद्ध संघर्षको कार्यक्रम घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार सोमबार नयाँ सडकमा ब्यानर प्रदर्शन र विरोध कार्यक्रम गर्ने, असार ९ गते माइतीघरमा संयुक्त प्रदर्शन गर्ने तथा सोही दिन देशभर पनि प्रदर्शन गर्ने घोषणा गरिएको छ । संघर्षलाई केन्द्रीत र घनिभूत बनाउनका लागि अन्य सबै विषयलाई थाति राखी यो संसदको कार्यसूचिबाट यसलाई नहटाउँदासम्म ‘एम्सीसीको खारेजी’ मागलाई सूत्रीय बनाउ...
छोरी जन्मिए १० हजार उपहार
प्रशासन, समाचार

छोरी जन्मिए १० हजार उपहार

नेपाल अखबार, जाजरकोट  । जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उनको घर दैलोमा पुगे । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवाहक अध्यक्ष आचार्य घरमै पुगेर सञ्चो, बिसञ्चो सोध्दै परिवारका सबैलाई सँगै राखेर सुरक्षित सुत्केरी तथा नियमित गर्भजाँचका विषयमा चासो, चिन्ता लिँदा दङ्ग भएको शाहीले बताए । यसपाला गाउँपालिकाका कार्यवाहक अध्यक्ष आएर सबै परिवारलाई सँगै राखेर नियमित अस्पताल जाने, बच्चाको स्याहारसुसारका विषयमा कुरा गरेको उनले बताइन् । सुत्केरी भएको समयमा पर्ने समस्याका बारेमा श्रीमान् तथा अन्य घर परिवारका सदस्यलाई जानकारी दिएको समेत शाहीले बताइन् । “सबैलाई सम्झाइबुझाइ गरेर कुखुरा किनेर खानु भनी रु एक हजार ५००, स्थानीय तोरीको तेलका लागि रु ५०० र बच्चाको कपडा किन्नका लागि रु ५०० दिनुभयो”, श...
देशभर फैलियो मनसुनी वायु, अझै दुई दिनसम्म वर्षा हुन्छ : मौसमविद
समाचार

देशभर फैलियो मनसुनी वायु, अझै दुई दिनसम्म वर्षा हुन्छ : मौसमविद

नेपाल अखबार, काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर वर्षा भएको छ । कतिपय स्थानमा बाढी र पहिरोसमेत आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १२ देखि पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन आइतबार सुदूर प्रदेशसम्म फैलिएको छ । मनसुन अवधिभर पश्चिमी वायुको प्रभावलाई मनसुनी वायुले विस्थापित गर्दछ र वर्षा हुन्छ । मौसमविद मिन कुमार अर्यालले मनसुनी गतिविधि सक्रिय भएकाले देशभर मध्यम वर्षा भइरहेको बताए । अझै दुई दिनसम्म काठमाडौं उपत्यकासहित देशभर पानी पर्ने उनले बताए । ‘मनसुनी हावा प्रशस्त छ । त्यसकारण अझै कम्तीमा दुई दिन देशभर वर्षा हुने नै देखिन्छ,’ उनले भने, ‘अहिले केही ठाउँमा रोकिए पनि फेरि पानी पर्छ ।’ देशका धेरै स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिनभर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको अर्यालले बताए । काठमाडौं, दाङ र बाँकेमा बढी वर्षा  प्रदेश १...
भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकद्वारा आत्महत्या
समाचार, समाज

भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकद्वारा आत्महत्या

नेपाल अखबार,  बझाङ।  बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका छन् । गएराति सोही वडाको बुडखोरीका ३० वर्षीय १ युवकले झुण्डिएर आत्महत्या गरेका हुन् । उनी ३ दिन अघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।  वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलका अनुसार उनी ६ गतेदेखि क्वारेन्टिनमा बसिरहेका थिए । तर गएराति अचानक उनी झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका थिए । वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ आइरहेको छ । आत्महत्या गरेका युवकको आरडीटीसमेत गर्न बाँकी थियो ।...
विश्वभर एकैदिन भेटिए सबैभन्दा धेरै कोरोना संक्रमित
विश्व, स्वास्थ्य

विश्वभर एकैदिन भेटिए सबैभन्दा धेरै कोरोना संक्रमित

नेपाल अखबार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका छन् । यीमध्ये ६० प्रतिशत उत्तर र दक्षिणी अमेरिकामा छन् । पछिल्लो समय विश्वका धेरैजसो मुलुकले बिस्तारै लकडाउन खुकुलो पार्दै गइरहेको समयमा डब्ल्यूएचओले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । अमेरिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित भएको मुलुक हो । अहिलेसम्म अमेरिकामा समग्रमा २२ लाख ७९ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । त्यस्तै दोस्रो सबैभन्दा प्रभावित मुलुक ब्राजिलमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब ११ लाख पुगेको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८९ लाख नाघिसकेको छ । मृत्यु हुनेको संख्या पनि चार लाख ६७ हजारभन्दा ...
हेटौंडा-काठमाडौं सडकखण्डमा पहिरोले अवरूद्ध
समाचार

हेटौंडा-काठमाडौं सडकखण्डमा पहिरोले अवरूद्ध

नेपाल अखबार, मकवानपुर । हेटौंडा-कुलेखानी-काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएका ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । बेँसीशहर–चामे सडक पुनः अवरुद्ध लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडक पुनः अवरुद्ध भएको छ । शनिबार बिहानदेखि गएको पहिराबाट अवरुद्ध सडक आइतबार साँझदेखि चले पनि आज बिहान विभिन्न स्थानमा पहिरो जाँदा पुनः अवरुद्ध भएको हो । आइतबार रातिदेखि परेको वर्षाबाट लमजुङको उत्तरी क्षेत्र मस्र्याङ्दी गाउँपालिकाका रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनल...
चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
दुर्घटना

चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

नेपाल अखबार, चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ । कालिका नगरपालिका–६, स्थित भित्री सडक खण्डमा गएराति १ बजेतिर कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको मोटरसाइकल कल्भर्टबाट खसेको थियो । दुर्घटनामा गम्भिर घाइते भएको अन्दाजी ३२ वर्षीय पुरुषलाई तत्काल भरतपुर अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा सोमबार विहान २ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन । शव भरतपुर अस्पतालमा राखिएको छ ।...
सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या ८ सय ६५ पुग्यो
प्रदेश ७, समाचार, स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या ८ सय ६५ पुग्यो

नेपाल अखबार, कैलाली । आइतबार थप ७६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ८ सय ६५ पुगेको छ । आइतबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ३३ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणबाट ४३ जनामा पुष्टि भएको हो । यसअघि नै १ सय ३८ जना संक्रमित निको भइ घर फर्किसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भइसकेको छ । पुष्टि भएका मध्ये कैलालीका २४ पुरुष र ८ महिला, कञ्चनपुरका २ पुरुष र १ महिला, बैतडी २ पुरुष, डडेल्धुराका १३ पुरुष र ३ महिला रहेका छन् । त्यसैगरी डोटीका १८ पुरुष र ३ महिला, बाजुराका १ परुष र १ महिलामा संक्रमण पुष्टि भएको  सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया व्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो । पोजिटभ देखिएका संक्रमितको विभिन्न अस्पतालमा उपचार...