Friday, July 24

Blog

राष्ट्रिय गौरवका २३ आयोजना : कुनको कति प्रगति ?
समाचार, समाज, हाइलाइट-समाचार

राष्ट्रिय गौरवका २३ आयोजना : कुनको कति प्रगति ?

चालू आर्थिक वर्षको छ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति अत्यन्तै न्यून देखिएको छ। चालू आर्थिक वर्ष २०७६/७७ मा कुल १ खर्ब २ अर्ब ८ करोड विनियोजन गरिएकोमा २० अर्ब २१ करोड मात्रै खर्च भएको समाचार नेपालखबर डटकममा बसन्त अर्यालले लेखेका छन् । अर्थमन्त्री युवराज खतिवडाले चालू आर्थिक वर्षको ६ महिनामा १९ प्रतिशत मात्रै खर्च भएको बताए। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने क्रममा रहेको बताए। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्ग र उत्तरदक्षिण लोकमार्गको प्रगति उत्साहजनक रहेको दाबी गरेका छन्। कुन आयोजनाको खर्च कति?१ पुष्पलाल (मध्यपहाडी) मार्गपाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म २५ जिल्ला जोड्ने पुष्पलाल मार्गको चालू आर्थिक वर्षमा १२ अर्ब १९ करोड ९२ लाख बजेट विनियोज...
स्कुटरको सिटमुनी लागुऔषध, आँबुखैरेनीबाट समातिए २ कारोबारी
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

स्कुटरको सिटमुनी लागुऔषध, आँबुखैरेनीबाट समातिए २ कारोबारी

गाेरखा । तनहुँको आँबुखैरेनीमा ठुलो परिमाणको लागु औषध फेला परेको छ । आँबुखैरेनीबाट डुम्रे तर्फ जाँदै गरेको ग. १७ प. ३३७२ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा सिटमुनी लुकाएर लैजादै गरेको अबस्थामा १६६ थान लागु औषध फेला पारेको हो । बरामद भएको मध्ये ५२ थान डाईजेपाम, ५१ थान नुर्फिन र ५३ फेनारगन रहेको प्रहरी निरीक्षक वुद्धिप्रसाद सुवेदीले जानकारी दिए । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको टोलीले उक्त स्कुटरमा सबार लम्जुङको दूधपोखरी गाउँपालिका ६ घर भई हाल सुन्दरबजार नगरपालिका ८ ठाडो लाइन बस्ने ३० बर्षका आइते तामाङ र सुन्दरबजार नगरपालिका ६ तार्कु निबासी २४ बर्षीय सुजन तामाङलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
गोरखा दरबार पुर्ननिर्माणमा भएको ढिलाईले भ्रमण बर्षलाई गिज्यायो ः साँसद अधिकारी
धर्म/संस्कृति, पर्यटन, समाचार, समाज, हाइलाइट-समाचार

गोरखा दरबार पुर्ननिर्माणमा भएको ढिलाईले भ्रमण बर्षलाई गिज्यायो ः साँसद अधिकारी

गाेरखा । गोरखा दरबार पुर्ननिर्माणमा भइरहेको ढिलाईप्रति साँसदले चासो देखाएका छन् । बुधबार भएको प्रतिनिधी सभा बैठकमा गोरखा क्षेत्र नम्बर १ का साँसद हरिराज अधिकारीले दरबार पुर्ननिर्माणमा भएको ढिलाईका बारे समय लिएर बोलेका हुन् । ‘गोरखा दरबारलाई भूकम्पले नराम्ररी क्षती ग¥यो, तर बर्षौ भयो पुर्ननिर्माणमा लापरवाही भइरहेको छ’ सभामुखको ध्यानाकर्षण गराउदै साँसद अधिकारीले भने ‘अहिलेसम्म पनि पुर्ननिर्माणको चरण सुरुवाती अवस्थामै रहनुले भ्रमण बर्षलाई गिज्याइरहेको छ ।’ त्यस्तै उनले गोरखा लगायतका जिल्लामा अवैद्य रुपमा सञ्चालन भइरहेका क्ररशहरु बन्द गराउन माग समेत गरेका छन् । बुढीगण्डकी, दरौंदी लगायतका नदीहरुको अवैद्य रुपमा दोहन भइरहेको जानकारी गराउदै उनले अवैद्य धन्दाहरु बन्द गराई सरकारले क्रशरहरुलाई बैद्यानिक सिमा भित्र ल्याउन माग समेत गरेका छन् ।...
जबरजस्ती करणी प्रयास गरेकाे आरोपमा रुकुमका दुई युवक गोरखामा पक्राउ
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

जबरजस्ती करणी प्रयास गरेकाे आरोपमा रुकुमका दुई युवक गोरखामा पक्राउ

गाेरखा । जबरजस्ती करणी प्रयास गरेको आरोपमा गोरखामा दुई युवक पक्राउ परेका छन् । रुकुम जिल्लाको चौरजहारी नगरपालिका ६ घर भएका २० बर्षिय राज बिक र सोही स्थानका ३४ बर्षिय प्रेमबहादुर नेपालीलाई प्रहरीले गोरखाको भीमसेन थापा गाउँपालिकाबाट पक्राउ गरेको जनाएको छ । भीमसेन थापा गाउँपालिका ३ बास भञ्ज्याङमा गत शनिबार एक युवतीलाई बाटो छेकेर करणी प्रयास गरेको आरोप उनीहरुलाई लागेको छ । प्रहरीले आइतबार उनीहरुलाई पक्राउ गरी जबरजस्ती करणी उद्योग शिर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।...
बाबुराम र माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै न्यौपानेले हाले सर्वाेच्चमा रिट
राजनीति, समाचार, हाइलाइट-समाचार

बाबुराम र माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै न्यौपानेले हाले सर्वाेच्चमा रिट

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ।  बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्‍याउने विषयमा मन्त्रिपरिषद्‍बाट भएका निर्णयमा प्रधानमन्त्रीहरू अध्यक्षहरूको भूमिका हुने भन्दै सर्वाेच्चमा रिट दायर गरेका हुन् ।   १७५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै पूर्वप्रधानमन्त्रीलाइ भने मुद्दा चलाएको थिएन ।...
भगिनी सम्बन्धले बेलायतमा बस्ने नेपालीकाे शिर उच्च बनायो (भिडियो सहित)
Uncategorized, विचार, विदेश, समाचार, हाइलाइट-समाचार

भगिनी सम्बन्धले बेलायतमा बस्ने नेपालीकाे शिर उच्च बनायो (भिडियो सहित)

गोरखा । गोरखा नगरपालिका र बेलायत स्थित रश्मोर बरो काउन्सिलबिच स्थापना भएको भगिनी सम्बन्धले भावनालाई उच्च बनाएको मेयर राजनराज पन्तले बताएका छन् । मंगलबार बेलायत स्थित लण्डन नेपाल न्यूजसंगको अन्तरवार्तामा पन्तले गोरखा र रश्मोरबिचको सम्बन्धले दुई देशबिचको भावनात्मक सम्बन्धलाई समेत उचाईमा पु¥याएको बताएका हुन् । देशभर रहेका ७ सय ५३ स्थानीय तहमध्ये गोरखा नगरपालिकासंग रश्मोर बरो काउन्सिलले भगिनी सम्बन्धका लागि प्रस्ताव गर्नु गौरबको बिषय रहेको भन्दै मेयर पन्तले यो सम्बन्धले दुर्व पक्षबिचको भावना प्रगाढ बन्ने बताए । आधुनिक नेपाल निर्माणको जग गोरखासंग रश्मोर काउन्सिलले स्थापना गरेको भगिनी सम्बन्धले बेलायतमा बस्ने गोर्खाली लगायत सारा नेपालीकै शिर उच्च भएको उनले बताए । त्यस्तै संसारभर नेपाललाई गोरखा भनेर चिनिने भएकाले यो सम्बन्धले बेलायतमा नेपालीले गरेको योगदानको समेत सम्मान भएको उनको तर्क छ...
विप्लव समूहका तनहुँ इञ्चार्ज पुन पक्राउ
प्रदेश ४, राजनीति, समाज, हाइलाइट-समाचार

विप्लव समूहका तनहुँ इञ्चार्ज पुन पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) समूहका तनहुँ इञ्चार्ज पक्राउ परेका छन् ।  रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुनलाइ प्रहरीले पक्राउ गरेकाे हाे । उनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएकाे छ ।
सिन्धुपाल्चोकको जुगल हिड्याे स्वास्थ्य मन्त्रालयकाे टाेली
प्रदेश ३, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

सिन्धुपाल्चोकको जुगल हिड्याे स्वास्थ्य मन्त्रालयकाे टाेली

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेपछि स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ । टाेली बुधबार साँझसम्म सिन्धुपाल्चोकको जुगल पुग्ने बताइएकाे छ । सिन्धुपाल्चोकको बिरामीको अवस्था सुन्दा कोरोनाकाे लक्षण नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।...
सरकार गण्डकी विश्वविद्यालय खोल्ने तयारीमा छ ः मन्त्रि थापा
प्रदेश ४, शिक्षा, समाचार, हाइलाइट-समाचार

सरकार गण्डकी विश्वविद्यालय खोल्ने तयारीमा छ ः मन्त्रि थापा

गोरखा । प्रदेश सरकारले गण्डकी विश्वविद्यालय खोल्ने तयारी अघि बढाएको कृषि सहकारी तथा भुमि ब्यवस्था मन्त्रि लेखबहादुर थापाले बताएका छन् । गोरखा नगरपालिका २ स्थित महालक्ष्मी माध्यामिक विद्यालयको ६५ औं बार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै मन्त्रि थापाले त्यसका लागि आवस्यक ऐन निर्माण भइसकेको र सिप सिकाउने खालको विश्वविद्यालय स्थापनाका बारे छलफल भइरहेको जानकारी दिए । ‘सरकारले गण्डकी यूनिभरसीटीको कन्सेप्ट अघि सारेको छ, त्यसका लागि ऐन बन्यो, अब अवधारणा निर्माणको चरणमा छ’ उनले भने ‘गण्डकीमा भोकेसनल शिक्षालाई जोड दिने खालको विश्वविद्यालय बन्छ ।’ सार्वजानिक शिक्षालाई प्राविधीक र प्रयोगात्मक बनाउनुपर्ने उनको जोड थियो । दिनप्रतिदिन सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएको भन्दै तिनै तहका सरकार रणनीतिक रुपमा अघि बढे शिक्षा क्षेत्रमा सुधार हुने उनले विश्वास गरे । ‘अब सार्वजानिक श...
सिन्धुपाल्चाेकमा काेराेना भाइरसकाे लक्षण, गाउँपालिकाले बाेलायाे विशेषज्ञ चिकित्सक (पत्र सहित)
प्रदेश ३, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

सिन्धुपाल्चाेकमा काेराेना भाइरसकाे लक्षण, गाउँपालिकाले बाेलायाे विशेषज्ञ चिकित्सक (पत्र सहित)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत बिरामी बढेपछि त्रास फैलिएकाे छ । केहिदिनयता गाउँमा बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखेका छन् । त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको छ। हेर्नुस पत्र :...