Friday, July 24

Blog

भूकम्पका बेला आएकाे करोडौंको जस्तापाता साढे ४ वर्षदेखि अलपत्र
अर्थ, प्रदेश २, समाचार, समाज, हाइलाइट-समाचार

भूकम्पका बेला आएकाे करोडौंको जस्तापाता साढे ४ वर्षदेखि अलपत्र

भूकम्पबाट क्षतिग्रस्त सरकारी विद्यालय पुनर्निर्माणका लागि सरकारले भारतबाट आयात गरेको करौडौ मूल्य बराबरको जस्तापातामा खिया लागेको छ। नेपाल सरकारको निर्देशनमा साल्ट ट्रेडिङ कर्पोरेसनले भारतको कोलकतास्थित जिन्दल कम्पनीबाट आयात गरेको २६ करोड ६ लाख मूल्य बराबरको ३० लाख २२ हजार ६ सय ६२ केजी जस्तापाता वीरगन्जमा साढे चार वर्षदेखि अलपत्र छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार २०७२ साल साउन ६ देखि २० गतेसम्मको अवधिमा साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट वीरगञ्ज नाका हुँदै ५० हजार बण्डलमा रहेको ३० लाख २० हजार ६ सय ६२ केजी जस्तापाता आयात गरेको थियो। खुल्ला चौरमा राखिएको करोडौंको जस्तापाता खिया लागेर नष्ट हुँदै गए पनि सम्वन्धित निकायले त्यस बारेमा अहिलेसम्म चासो दिएको छैन। खुल्ला चौरमा राखिएको जस्तापाता ढाक्न प्रयोग गरिएको त्रिपाल धेरै समय भएकाले घामपानीका कारण सडेर ठाउँ ठाउँमा च्यातिएको छ। वर्षाको प...
सडक विभागमा पौने पाँच सय कर्मचारी थप्ने तयारी
समाचार, समाज

सडक विभागमा पौने पाँच सय कर्मचारी थप्ने तयारी

सडक विभागले पौने पाँच सय कर्मचारीको दरबन्दी थप गर्ने पहल गरेको छ। लामो समयदेखि कर्मचारी थप नगरिएका कारण प्राविधिक काममा समस्या परेको भन्दै विभागले तत्काल चार सय ७४ कर्मचारी थपगर्ने पहल गरेको हो। विभागका उपमहानिर्देशक शिवहरि सापकोटाका अनुसार साबिकको दरबन्दी अनुसार कामगर्न र सडकको गुणस्तर कायम गर्न समस्या परेपछि प्राविधिक कर्मचारी थप गर्नुपर्ने अवस्था आइलागेको हो। विभागले कर्मचारी थपगर्न गरेको प्रस्ताव यतिखेर संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेको छ।...
अधिकांश बैँकको नाफा सामान्य बढ्यो
अर्थ, समाचार

अधिकांश बैँकको नाफा सामान्य बढ्यो

काठमाडाैँ । आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका केही बैँकहरुको नाफा सामान्य बढेको छ। हालसम्म वित्तीय विवरण सर्वाजनिक गरेका एक दर्जन बैँकमध्ये तीन बैंकको नाफा घटेको छ। चालु आवको दोस्रो पुस मसान्तसम्म नेपाल बैँक, सिद्धार्थ बैँक र सिटिजन्स बैँकको नाफा घटेको वित्तीय विवरण सार्वजनिक भएको हो। गत आवको तुलनामा चालु आवमा कर्जा लगानीमा वृद्धि नभएका कारण बैँकको नाफा घटेको राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए। निक्षेप संकलन र कर्जा लगानीको सन्तुलन नमिलेका कारण बैँकहरुले ग्राहकसँग लिन ब्याजदर घटाएका छन् भने दिने ब्याजदर बढाएका छन्। चालु आवको ६ महिनाको अवधिमा बैँकको नाफा सामान्य बढेको उनले बताए। नेपाल राष्ट्र बैँकले स्प्रेड दरमा कडाइ गरी रेट गणना विधि नै परिमार्जन गरेका कारण बैँकको नाफा घटेको उनले बताए। चालु आवको पुस मसान्तसम्म एन...
एन्फाले सागमा स्वर्ण जित्नेलाई साढें पाँच लाख दिने
खेलकुद, समाज

एन्फाले सागमा स्वर्ण जित्नेलाई साढें पाँच लाख दिने

काठमाडौं । नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत फुटबलमा स्वर्ण पदक विजेता नेपाली यु–२३ पुरुष टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। एन्फाको आइतबार बसेको कार्यसमितिको बैठकले सागमा स्वर्ण विजेता टोलीका प्रत्येक सदस्यलाई नगद सम्मान प्रदान गर्ने निर्णय गरेको हो। उक्त बैठकले रजत विजेता महिला फुटबल टोलीका प्रत्येक सदस्यलाई एक लाख ५० हजार रूपैयाँ पुरस्कार दिने निर्णयसमेत गरेको छ। आइतबारको बैठकले विभिन्न तहको लिगका पुरस्कार रकमबारे पनि निर्णय गरेको थियो।   महिला लिगको पुरस्कार रकम पनि तय भएको छ। महिला लिगको विजेताले १५ लाख र दोस्रोले ८ लाख, तेस्रोले ५ लाख र चौथोले ३ लाख रुपैयाँ पाउने भएका छन्। बैठकले सहिद स्मारक ‘बी’ र ‘सी’ डिभिजनमा भाग लिने क्लबलाई तयारीस्वरूप आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ। जसअनुस...
पूर्वसचिव कार्की पत्नीको 'घाटी थिचेर' हत्या भएको पुष्टि
प्रदेश ३, समाचार, समाज, हाइलाइट-समाचार

पूर्वसचिव कार्की पत्नीको 'घाटी थिचेर' हत्या भएको पुष्टि

काठमाडौं ।  पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्टले घाटी थिचेर हत्या भएको पुष्टि गरेको हो। ललितपुरको सानेपास्थित आफ्नै घरमा सोमबर बिहान रगताम्मे अवस्थामा भेटिएकी कार्किको उपचरको क्रममा अस्पतालमा मृत्यु भएको थियो।
ठाकुर ज्ञवाली भए नयाँ आईजीपी
समाचार, समाज, हाइलाइट-समाचार

ठाकुर ज्ञवाली भए नयाँ आईजीपी

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेपाल प्रहरीको नयाँ आईजीपीमा डीआईजी ठाकुर ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रहरी महानिरीक्षकबाट सर्वेन्द्र खनालले अवकाश पाउने भएपछि सरकारले नयाँ आईजीपी नियुक्तिको निर्णय गरेको हो। बैठकमा गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई नयाँ आईजीपी बनाउने प्रस्ताव गरेका थिए। यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नै नयाँ आईजीपी नियुक्ति गर्ने भनिए पनि निर्णय हुन सकेको थिएन। उनी प्रदेश १ मा डीआईजी थिए।...
ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के भयाे कुराकानी !
राजनीति, समाचार, हाइलाइट-समाचार

ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के भयाे कुराकानी !

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुुसार दुई अध्यक्षबीच मंगलबार बिहान साढे १० बजेतिर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको हो। ‘उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो,’ प्रेस सल्लाहकार थापाले नेपालखबरसँग भने, ‘अहिले उहाँहरू निस्किनुभएको छ।’ भेटवार्ता के विषयमा भएको हो भन्ने विषयमा उनले खासै खुलाएनन्। तर स्रोतका अनुसार ओलीको स्वास्थ्यमा समस्या आएपछि अवरुद्ध नेकपा सचिवालयको बैठक पुनः राख्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको हो। साथै भेटवार्तामा पार्टी एकता प्रक्रिया टुंग्याउने, जनयुद्ध तथा जनआन्दोलनका सहिदका शहीदरुको स्मृति दिवसलगायत विषयमा छलफल भएको बताइएको छ। माघ १५–१९ मा भएको नेकपा केन्द्रीय कमिटी बैठकले १...
माधव नेपाल, विष्णु पौडेलहरु निर्दोष भए गच्छादार कसरी दाेषी ? : कांग्रेस नेता सत्तार
राजनीति, विचार, हाइलाइट-समाचार

माधव नेपाल, विष्णु पौडेलहरु निर्दोष भए गच्छादार कसरी दाेषी ? : कांग्रेस नेता सत्तार

नेपाली कांग्रेसको आन्दोलन आफ्ना नेता बचाउन नभई भ्रष्ट्राचारीलाई कारबाहीका लागि भएको कांग्रेस नेता अब्दुल सत्तारले बताएका छन् । ललिता निवास जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारको दुरुपयोग गरेको भन्दै उनले आक्रोश ब्यक्त गरे । ‘वालुवाटार जग्गा विवादमा हाम्रो आन्दोलन गच्छदारलाई बचाउन हुदैहोइन, हाम्रो माग त दोषीलाई उन्मुक्ति दिएको बिरोधमा हो’ सिभिलखबरसंगको कुराकानीमा नेता सत्तारले भने ‘एउटै केश र एउटै प्रकृयामा संलग्न हुने माधव नेपाल, विष्णु पौडेलहरु निर्दोष हुने अनि विजयकुमार गच्छादार कसरी भ्रष्ट्राचारी ? वालुवाटारमा ५० हजार रुपैयामा जग्गा खरिद गरेको देखाएर विष्णु पौडेलले सरकारलाई कर समेत छली गरेकाले उनलाई दोहोरो कारबाही गर्नुपर्ने उनको माग छ । ‘वालुवाटारमा ५० हजारमा जग्गा पाइन्छ ? सस्तो मुल्य राखेर विष्णु पौडेलले सरकारलाई कर छलेका छन्’ उ...
पूर्वसचिव कार्कीको विलापः मुना तिमी किन चिच्याइनौ ?
प्रदेश ३, समाज, हाइलाइट-समाचार

पूर्वसचिव कार्कीको विलापः मुना तिमी किन चिच्याइनौ ?

‘ओ गड, मैले दुई घण्टा लगाएर गरेको प्रार्थनाको के सजाय दियौ?’ सोमबार बिहान मर्निङवाक र पूजापाठ सकेर घर आइपुग्दा श्रीमतीलाई मृत फेला पारेपछि भावविह्वल भएका पूर्वसचिव अर्जुन कार्की पशुपतिनाथसँग गुनासो गरिरहेका थिए। सरकारी सेवाबाट अवकाश पाएपछि कार्की सधैँजसो बिहान गल्फ खेल्न सिनामंगल जाने गर्थे। सोमबार पनि गए तर, उनले गल्फ खेलेनन्। पशुपतिनाथको मन्दिर गएर दुई घण्टा लगाएर पूजापाठ गरे। ११ बजेतिर घर फर्केर हर्न बजाए तर ढोका खुलेन। आफैँले खोलेर गाडी पार्क गरे र घरभित्र पसे। घरभित्र पस्नेबित्तिकै कामदार विजय चौधरी झुण्डिएको अवस्थामा देखे। उनको सातो उड्यो। हतार हतार दौडिएर पहिलो तल्लामा रहेको भान्सामा पुग्दा उनले जस्तो दृश्य देखे, तत्काल उनलाई सारा जीवन अन्धकार लाग्न थाल्यो। उनकी ४९ वर्षीया श्रीमती मुना कार्की रगतको आहालमा डुबेकी थिइन्। उनले केही सोच्नै सकेनन्। उनी त्यहीँ मुर्छा परेर ढ...
विदा भए प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल
समाचार, समाज, हाइलाइट-समाचार

विदा भए प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

काठमाण्डाै । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हिजाेबाट अनिबार्य अवकाश पाएका छन् । महानिरीक्षक खनालसँगै आजबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र र हरिभक्त प्रजापतिले पनि अनिवार्य अवकाश पाएकाछन ।...