विद्यार्थीलाई यौन सम्पर्कका लागि बाध्य बनाउने अमेरिकन शिक्षिका पक्राउ
नेपालअखबार, न्युयोर्क । अमेरिकाको नेब्रास्काको विन्साइड पब्लिक स्कुलकी एक विज्ञान शिक्षकको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले आफूभन्दा धेरै वर्ष कान्छा विद्यार्थीसँग अवैध सम्बन्ध बनाएकी थिइन । यी शिक्षिकाको नाम केली हाइक्स हो, जसको ट्रायल सकिएको छ र अब उनलाई अर्को महिना सजाय सुनाइनेछ ।
यी शिक्षकमाथि लगाइएको आरोप सत्य साबित भएको छ । अमेरिकाको यो प्रान्तको कानुन अनुसार यहाँ शारीरिक सम्बन्ध राख्ने कानुनी उमेर १६ वर्ष तोकिएको छ । तर यहाँ यी शिक्षक प्रहरी र कानुनको नियन्त्रणमा आएका छन् किनभने यहाँ शिक्षक र विद्यार्थीबीचको सम्बन्ध गैर कानुनी छ, यसका लागि विद्यार्थी कम्तीमा २१ वर्षको हुनुपर्छ । त्यसकारण केलीलाई अदालतले आफ्नो विद्यार्थीसँग सम्बन्ध राखेकोमा दोषी ठहर गरेको छ।
डेली स्टारको रिपोर्टका अनुसार २६ बर्सिया काली हाइक्सले १७ वर्षीय छात्रालाई प्रेमको जालमा फसाएर उनीसँग पटकपटक श...







