Thursday, July 30

कृषि

वार्षिक २० लाखसम्म कमाउँदै गाउँका ‘गौपालक’
अर्थ, कृषि, समाचार

वार्षिक २० लाखसम्म कमाउँदै गाउँका ‘गौपालक’

नेपालअखबार, भोजपुर । कृषि पेसामा युवा कमै भेटिन्छन्। खास गरेर छोटो समयमा राम्रो आम्दानी गर्ने सबैमा अभिलाषा हुन्छ। छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन्। युवाले स्वदेशमा मेहनत गर्नुभन्दा विदेशप्रति नै बढी मोह देखाउने गरेको अवस्था छ। तर भोजपुर नगरपालिका–४ सिद्धेश्वरका २४ वर्षीय युवा गणेश विष्ट कृषि व्यवसायमा उदाहरणीय बनेका छन्। विदेशप्रतिको मोह त्यागेर समाजमा उदाहरणीय काम गर्ने लक्ष्यले सानै उमेरमा कृषिमा होमिएका उनी युवाको उत्प्रेरणाको स्रोत बनेका छन्। करिब पाँच वर्षअघि इलामबाट उन्नत गाई ल्याएर व्यावसायिक पशुपालनमा लागेका उनी यही पेसामा रमाइरहेका छन्। हालसम्म व्यावसायिक गाईपालनका लागि १५ लाख रूपैयाँ बढी लगानी गरिसकेको उनको भनाइ छ। पशुपालनबाट निस्केको मलको सदुपयोग गर्दै उनले व्यावसायिकरुपमा सुन्तला तथा तरकारी खेतीसमेत गर्दै आएका छन्। दाँवाली कृषि तथा प...
छाडा चौपाया व्यवस्थापन भएपछि किसान खुसी
कृषि, समाचार, समाज

छाडा चौपाया व्यवस्थापन भएपछि किसान खुसी

नेपालअखबार, कैलाली। कैलालीको भजनी नगरपालिका–१ का रामकुमार महतो कृषिमा आबद्ध छन् । कृषिबाटै जनजीविका चलाउँदै आएका उहाँको वर्षौंदेखिको दुःख यतिबेला हराएको छ । गाउँको भलमन्सा समेत रहनुभएका किसान महतोलाई आफ्नोभन्दा बढी चिन्ता र चासो  गाउँलेको हुन्थ्यो । सामुदायिक छाडा चौपायाका कारण लगाएको अन्न बाली बर्सेनि नष्ट हुनथालेपछि कुनै बेला उनी खेती गर्न छोड्ने मनस्थितिमा पुगेका थिए ।  रामकुमार नगरपालिकाले सामुदायिक छाडा चौपाया व्यवस्थापनमा सफल भएपछि महतो जस्ता कैयौँ किसानलाई राहत भएको छ । “केही वर्षदेखि सामुदायिक चौपायाका कारण रातदिन खेतमै बास बस्नुपर्ने बाध्यता थियो । यसवर्ष आनन्दले गहुँ खेती भित्र्याउन पाइयो”, उनी भन्छन्,  “अरु काम कस्ता भए त्यो थाहा छैन । नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापनमा देखाएको सक्रियताले सयौँ किसानलाई राहत भएको छ ।” आउँदो आर्थिक वर्षमा पनि सामुदायिक चौपाया व्यवस्था...
तनहुँमा ड्रागन खेती
कृषि, समाचार, समाज

तनहुँमा ड्रागन खेती

नेपालअखबार, तनहुँ । यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लागेकी हुन् । करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक रू बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताइन् । “गत वर्ष भारतको हैदरावादबाट प्रतिबिरुवा रू एक सयका दरले दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएकी थिएँ । यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ”, उनले भनिन् । कृषक गौलीले खेतीका लागि सुरुमा करिब रू ७० लाख लगानी गरेको बताइन् । उनले भनिन्, “फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायत बहुआयामिक किसिमले खेती गरेको छु ।” फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिइन् । एउटा पोलमा करिब रू दश...
डोटीमा वर्षे रोपाइँ सुरु
कृषि, समाचार, समाज

डोटीमा वर्षे रोपाइँ सुरु

नेपालअखबार,डोटी । डोटीका विभिन्न स्थानमा वर्षे धान रोपाइँ सुरु भएको छ । सिँचाइ समस्या नभएका खोला तथा ढाप खेतमा धान रोपाइँ सुरु भएको हो ।  खोलीखेका फाँटमा अहिले वर्षे धान रोप्ने चटारो छ । विशेष गरी खोला खेतमामा हलगोरुले रोपाइँ गर्न किसान व्यस्त छन् । जिल्लामा करिब १० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने कृषि ज्ञानकेन्द्र डोटीको दाबी छ । जिल्लाको बोगटान फुड्सिल, बडीकेदार र जोरायल गाउँपालिकालगायतका ठाउँमा धमाधम रोपाइँ सुरु भएको छ ।  कृषि ज्ञानकेन्द्र डोटीका अनुसार जिल्लामा ३२ हजार दुई सय ७६ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये करिब  २५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा खेती गर्दै आए पनि  १० हजार छ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जिल्लाका अधिकांश पाखा खेतमा भने साउनसम्म पनि रोपाइँ हुने गर्दछ । पछिल्ला वर्षमा श्रमशक्ति र रोपाइँका लागि गोरुको अभाव हुँदै आएको छ । गोरुको अ...
रासायनिक मलका लागि ३० अर्ब, प्रधानमन्त्री कृषि आधुनिकीकरणमा ३ अर्ब २२ करोड
अर्थ, कृषि, समाचार

रासायनिक मलका लागि ३० अर्ब, प्रधानमन्त्री कृषि आधुनिकीकरणमा ३ अर्ब २२ करोड

नेपालअखबार, काठमाडौं । सरकारले रासायनिक मलका लागि  ०८० /८१ मा ३० अर्ब बजेट विनियोजन गरिएको छ । यो बजेट अगिल्लो वर्षको तुलनामा दोब्बरले वृद्धि भएको हो । यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपैयाँको बजेट विनियोजन गर्नु भएको हो । यो कार्यक्रम मार्फत १ सय १६ स्थानमा सिक्दै कमाउँदै कार्यक्रम संचालनमा रहेका छन्।...
तनहुँमा ६४६ पशुमा लम्पीस्किन, ४३ गाईगोरू मरे
कृषि, समाचार, समाज

तनहुँमा ६४६ पशुमा लम्पीस्किन, ४३ गाईगोरू मरे

नेपालअखबार, तनहुँ। अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गएको छ । तनहुँमा पनि हाल लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। यही जेठ १४ गतेसम्म तनहुँमा छ सय ४६ गाईगोरुमा लम्पीस्किनको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। जिल्लाका १० वटै पालिकामा लम्पीस्किन फैलिएको उनले बताए। लम्पीस्किनको सङ्क्रमणबाट आँबुखैरेनी गाउँपालिका बढी प्रभावित रहेको डा श्रेष्ठले बताए। उनका अनुसार आँबुखैरेनीमा दुई सय ३५, भिमाद नगरपालिकामा एक सय ८५, देवघाट गाउँपालिकामा ३८, घिरिङ गाउँपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा ४५, बन्दीपुर गाउँपालिकामा २४, भानु नगरपालिकामा २१ र व्यास नगरपालिकामा १० पशु लम्पीस्किनको सङ्क्रमणबाट प्रभावित भएका छन्। म्याग्दे गाउँपालिकाको हालसम्म तथ्याङ्क नआएको उनले बताए। ऋषिङ ...
पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान
कृषि, समाचार, समाज

पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान

नेपालअखबार, पाल्पा । चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा लगाउन छाड्दै गएका छन् । गाउँमा बसेर खेती गर्ने जनशक्ति नहुनु, वर्षेधान लगाउने र चैतेधान स्याहार्ने समय एकैपटक पर्ने, खानामा त्यति स्वाद नहुने, कतिपय ठाउँमा सिँचाइको समस्यालगायतका विभिन्न कारणले खेती कम गरिन थालेको पाइएको छ । वर्षमा २५–३० मुरी चैतेधान स्याहार्दै आए पनि १० वर्षयता लगाउन छाडेको रामपुर नगरपालिका–२ सिम्ले बस्ने सीता जिसी बताउछिन्। चैतेधानलाई भन्दा वर्षे धानलाई महत्व दिँदा हिजोआज धान लगाउने जग्गामा मकैखेती गरिँदै आएको उनको भनाइ छ । खेती गर्न झन्झट, स्याहार्ने बेला वर्षेधान लगाउने चटारो हुने भएकाले किसानले यसको खेती कम गर्दै गएका हुन् । वर्षेधानले मात्र खान नपुग्ने हुँदा अनिका...
जुम्लामा मार्सी धान रोपाइँको चटारो
कृषि, समाचार, समाज

जुम्लामा मार्सी धान रोपाइँको चटारो

नेपालअखबार, जुम्ला। जुम्ला मात्र उत्पादनहुने मार्सीधान रोपाइँको याम सुरु भएपछि यहाँका किसानलाई भ्याइनभ्याइ भएको छ।  जिल्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा उत्पादन हुने मार्सी धानको पर्यटकीय प्रवर्द्धन गर्नेका लागि धान रोपाइँ महोत्सव समेत आयोजना गरिएको छ। कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भीमप्रकाश शर्माले मार्सी धानको बीउ रोपी महोत्सवको शुभारम्भ गरे।  कृषिमन्त्री खेतमा पुगेपछि मार्सी धानको महत्व अझै बढेको किसान बताउँछन्। पछिल्लो समयमा मार्सी धानमा रोगको सङ्क्रमण बढेको जनाउँदै किसानले धान रोप्न छोडेका थिए। मार्सी धानको उत्पादनमा लाग्न किसानलाई थप हौसला बढेको स्थानीयवासी मुनबहादुर ऐडीले बताए। जुम्लाबाट उत्पादन हुने हरेक अर्गानिक फलफुललाई बजारीकरण गर्नदेखि छुमचौरमा उत्पादन हुने काली मार्सी धानलाई संरक्षण गर्नेका लागि प्रदेश स...
रासायनिक मल कारखाना स्थापनालाई बहुवर्षीय आयोजनामा राखिने
अर्थ, कृषि, समाचार

रासायनिक मल कारखाना स्थापनालाई बहुवर्षीय आयोजनामा राखिने

नेपालअखबार, काठमाडौं । सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई बहुवर्षीय आयोजनामा राखेर कार्यान्वयन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । रासायनिक मल समयमै उपलब्ध गराउने घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।उनले स्थानीय तहमा जैविक मल कारखान स्थापना गर्न प्रोत्साहन गर्ने नीति रहेको समेत बताए । बाँझो जमिनमा युवालाई प्रोत्साहन गर्ने नीति रहेको समेत उनको भनाइ छ । प्रदेश र स्थानीय तहमा शीतभण्डार निर्माण गरिने उनले बताए ।...
पढ्दै, अदुवा खेतीमा रमाउँदै विद्यार्थी
अर्थ, कृषि, शिक्षा, समाचार, समाज

पढ्दै, अदुवा खेतीमा रमाउँदै विद्यार्थी

नेपालअखबार, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ। गाउँपालिकाले पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम थालनी गरेको हो। विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। ‘विद्यार्थीलाई आत्मनिर्भर बनाउनुपर्छ, सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्छ’, उनले भने, ‘सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरुआत गरेका हौं।’ विद्यालयस्तरका बालबालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले पढ्दै कमाउँदै परियोजनाअन्तर्गत पहिलो विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिएको चुमानको भनाइ छ । यो परियोजनाअन्तर्गत विद्यार्थीले अदुवा खेतीक...