गोरखा–तनहुँ जोड्ने निर्माणाधिन पुल भत्कियो, यस्तो छ कारण
गोरखा । गोरखाको पालुङटार र तनहुँको तुरतुरे जोड्ने निर्माणाधिन पुल भत्किएको छ । ढलानको तयारीका लागि निर्माण गर्दै गरेको फर्मामा लगाइएको टेका मंगलबार बेलुका करिब साडे ५ बजे एक्कासी भाँचिएको थियो । मस्र्याङ्दी नदीमाथी बन्दै गरेको सो पुलको फलामे फर्मा भत्किदा काम गर्दै गरेका तिन जना कामदार घाइते समेत भएका छन् ।
ठेकेदारकाे चरम लापरवाही भयाे : स्थानीय
ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल भत्किएको स्थानीयले आरोप लगाएका छन् ।
‘हिजो बेलुकातिर म तुरतुरे जादा बाइक रोकेर पुलको मुखमा सेल्फी खिचेको गएको हो, फर्किदा त पुल पुरै लडिसकेछ’ पालुङटारका दिपेन्द्र गिरीले भने ‘ठेकेदारको चरम लापरवाहीका कारण घटना भएको हुन सक्छ, पुलको काममा त इन्जिनियरको निगरानी चाहियो नि, कामदारलाई जिम्मा लगाएर हुन्छ ?’ उनले प्रश्न गरे ।
२०७२ साल असारमा सम्झौता भई गौरी पार्वती निर्माण सेवाले सो पुल निर्माण गरिरहेको छ । ३ ...
