Sunday, April 19

प्रदेश ४

महाकाली सहकारीको ८ औं साधारणसभा सम्पन्न
अर्थ, प्रदेश ४, समाचार

महाकाली सहकारीको ८ औं साधारणसभा सम्पन्न

महाकाली बचत तथा ऋण सहकारी संस्थाको ८ औं साधारण सभा सम्पन्न भएको छ । गोरखा नगरपालिका १३ मा रहेको सहकारीमा ३ सय ९० जना महिला शेयर सदस्य रहेका छन् ।सहकारीकी अध्यक्ष मित्रा परियारको अध्यक्षतामा भएको सभामा गोरखा नगरपालिका उपप्रमुख विनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभाकै अवसरमा सहकारीमा आवद्ध उद्यमशिल ४ जना महिला सम्मानित भएका छन् ।सम्मानित हुनेमा दिलमाया गुरुङ, राधा आले, टिका अधिकारी र तेज कुमारी गुरुङ रहेका छन् ।सभामा उपप्रमुख श्रेष्ठ, वडाध्यक्ष हरी बहादुर खनाल, वडासदस्य पूर्णिमा दराई, रामशाह टोल विकास संस्थाका अध्यक्ष मिन बहादुर गुरुङ लगायते बोलेका थिए ।कार्यक्रममा संस्थाका गतिविधीका बारे सचिव राजकुमारी भण्डारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पवित्रा भुजेलले प्रस्तुत गरेका थिए ।...
आइतबार सार्वजानिक विदा
Uncategorized, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

आइतबार सार्वजानिक विदा

२९८ औं पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते आइतबार सार्वजानिक विदा हुने भएको छ । नेपाल एकिकरणका नायकका रुपमा मानिने पृथ्वीनारायण शाहको सम्मान गर्दै गोरखाका पाँच वटा स्थानीय तहले बिदा दिएका हुन । गोरखा र पालुङटार नगरपालिकासहित सिरानचोक, अजिरकोट र भीमसेन थापा गाउँपालिकाले आइतबार बिदा दिएका हुन् ।
गोरखामा अज्ञात समुहले जलाए एनसेलको टावर
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

गोरखामा अज्ञात समुहले जलाए एनसेलको टावर

गोरखाको शहिद लखन गाउँपालिका १ भोगटेनीमा रहेको एनसेल टावरमा गएराती अगजनी भएको छ । गएराती करिब ११ः३० बजे सो स्थानमा रहेको टावरमा अज्ञात समुहले आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘हामीलाई राती साडे ११ बजे अगोलागी भयो भनेर खबर आयो, हामी १२ बजे पुग्दा टावरमा कनेक्सन दिइएको तारहरु जलिरहेको रहेछ’ एसपी ओम प्रसाद अधिकारीले सिभिलखबरसंग भने ‘आगो कसले लगायो भन्ने बारे अनुसन्धान भइरहेको छ ।’...
पृथ्वी जयन्तीमा गोरखामा साइकल ¥याली
खेलकुद, प्रदेश ४, समाचार, समाज

पृथ्वी जयन्तीमा गोरखामा साइकल ¥याली

गोरखा । पृथ्वी जयन्तीका सन्दर्भमा गोरखामा साइकल ¥याली हुने भएको छ । पृथ्वी नारायण शाहको २९८ औं जन्मजयन्तीका अवसरमा प्याङ्क वाइक नामक संस्थाको आयोजनामा केबलकारदेखि गोरखा बजारसम्म साइकल ¥याली हुन लागेको संयोजक प्रताप न्यौपानेले जानकारी दिए । एकिकरणको झल्को दिन र काठमाण्डौको दरवार स्क्वायरसंग गोरखा दरवार जोड्नका लागि ¥यालीको आयोजना गरिएको संयोजक न्यौपानेले बताए । झण्डै १५ जनाको टोली पुष २७ गतेका दिन साइकलमा पृथ्वीनारायण शाहको जन्मस्थल गोरखा दरवार आउने बताइएको छ । साथै सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० को प्रचार प्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्नमा समेत ¥यालीले टेवा दिने आयोजकको विश्वास छ । २ जना एक हात नभएका ब्यक्तिहरु समेत ¥यालीमा सहभागी हुने न्यौपानेले जानकारी दिए । ¥यालीमा सहभागी हुन १५ जनाको टोली आजै काठमाण्डौबाट हिडेको समेत उनले बताए ।...
दुई बर्षको तलबभत्ता समाजिक काममा
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

दुई बर्षको तलबभत्ता समाजिक काममा

मोहसिन अलि मियाँगोरखा । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले हालसम्मको तलब सुविधा समाज सेवामा लगाएको बताएका छन् । नेपाल प्रेस युनियन गोरखाले सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै साँसद दवाडीले प्रदेश सभा सदस्य बापत सरकारले दिने तलबमा आफ्नो समेत केहि रकम थप गरी समाज सेवामा खर्च गरेको बताएका हुन् । दुई बर्षमा उनले झण्डै २२ लाख रुपैया समाज सेवामा लगाएको बताए । ‘मैले साँसदको सपथग्रहण गरेकै दिन घोषणा गरेको थिए, मैले पाउने सम्पूर्ण सुविधा आफ्नो निर्वाचन क्षेत्रको विकासमा लगाउछु भनेको थिए’ उनले भने ‘सोही अनुसार मलाई सरकारले दिएको तलबमा मेरो ब्यक्तिगत रकम समेत थपेर बिभिन्न क्षेत्रमा खर्च गरेको छु ।’ उनले बिहिबार पत्रकार सम्मेलन मार्फत दुई बर्षमा खर्च गरेको रकमको विवरण समेत सार्वजानिक गरेका छन् । साँसद निर्वाचित भएपछि अघिल्लो बर्षको पुससम्म उनले सरकारबाट पाएको सुविधा ७ लाख ३० ...
पृथ्वी जयन्तीलाई गोरखामा उत्सवका रुपमा मनाइने
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

पृथ्वी जयन्तीलाई गोरखामा उत्सवका रुपमा मनाइने

मोहसिन अलि मियाँगोरखा । पृथ्वी जयन्तीलाई बिभिन्न कार्यक्रम गरी मनाउन गोरखा नगरपालिकाले तयारी तिब्र बनाएको छ । पहिलो पटक सार्वजानिक विदा गरेको नगरपालिकाले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २९७ औं जन्मजयन्ती भब्य रुपमा मनाउने गरी तयारी गरेको हो । आगामी पुष २७ गते जन्मजयन्ती परेपनि नगरपालिकाले २६ गतेदेखि नै बिभिन्न कार्यक्रम तय गरेको बताएको छ । ‘हामी इतिहासको सम्मान गर्छौ, प्रचार गर्न चाहान्छौ’ नगरप्रमुख राजनराज पन्तले बुधबार पत्रकार सम्मेलन गर्दै भने ‘सोही अनुरुप पहिलो पटक विदा नै घोषणा गरेर सो दिनलाई उत्सवका रुपमा मनाउने तयारीमा छौ ।’ ऐतिहासिक बिषयहरुको उजार र प्रचार गर्दै पर्यटक भित्राउने दाउमा रहेको नगरपालिकाले २६ गते नेपाल पत्रकार महासंघ गोरखासंगको सहकार्यमा पृथ्वी नारायण शाह र एकिकरण सम्बन्धी प्रवचन र अन्तरकृया समेत आयोजना गरेको छ । कार्यक्रममा इतिहास महासंघका केन्द्रिय महा...
गोरखा नगरपालिकाले दियो प्रहरीलाई २ वटा मोटरसाइकल
प्रदेश ४, समाज

गोरखा नगरपालिकाले दियो प्रहरीलाई २ वटा मोटरसाइकल

गोरखा नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई दुई वटा मोटरसाइकल प्रदान गरेको छ । जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी र चुस्त बनाउन भन्दै नगरपालिकाले १५० सिसिको २ वटा पल्सर मोटरसाइकल प्रहरीलाई दिएको हो । बुधबार नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम प्रसाद अधिकारीलाई माेटरसाइकलकाे साँचो हस्तान्तरण गरेका हुन् ।...
१४ बर्षपछि गोरखा युथ क्लबको अधिवेशन, अध्यक्षमा सुमन
खेलकुद, प्रदेश ४, समाचार, समाज

१४ बर्षपछि गोरखा युथ क्लबको अधिवेशन, अध्यक्षमा सुमन

गोरखा । गोरखा युथ क्लबको छैटौ अधिवेशन सम्पन्न भएको छ । झण्डै १४ बर्षदेखि निष्कृय रहेको क्लबको छैटौ अधिवेशनबाट अध्यक्षमा सुमन गुरुङ सर्वसमत चयन भएका छन् । २०४७ साउन १० गते जिल्ला प्रशासन कार्यालय गोरखामा दर्ता भई २०६२ सालसम्म जिल्लाको बिभिन्न खेलकुद लगायत सामाजिक कार्यमा सकृय रहेको क्लब १४ बर्षअघिदेखि निष्कृय अवस्थामा थियो । क्लबलाई पुर्नजन्म दिई सामाजिक कार्यमा सकृय बनाउने उदेश्यले अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको पूर्व अध्यक्ष भगवानबाबु मास्केले जानकारी दिए । क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनले गुरुङलाई अध्यक्षको जिम्मेवारी दिएको हो । जसको उपाध्यक्षमा प्रविन बस्नेत, सचिवमा अमित खत्री, सहसचिवमा आनन्द गुरुङ, कोषाध्यक्षमा कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा संगमबाबु श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बाल विक, सुमन कार्की, दिपक थापा, सरोज श्रेष्ठ, विक्रमराज ...
अवसरबाट बञ्चित भयौ ः महिला जनप्रतिनिधि
प्रदेश ४, समाज, हाइलाइट-समाचार

अवसरबाट बञ्चित भयौ ः महिला जनप्रतिनिधि

गोरखा । स्थानीय तहको निर्वाचन भएको झण्डै साढे २ बर्ष बितिसकेको छ । नयाँ संबिधानले स्थानीय तहको हरेक वडामा महिला तथा दलित समुदायबाट प्रतिनिधत्व सुनिश्चित ग¥यो । तर निर्वाचनबाट हरेक वडामा निर्वाचित भएर आएका महिला तथा दलित सदस्यहरुले भने आफुहरु अवसरबाट बञ्चित बन्नुपरेको दुखेसो पोखेका छन् । ‘हाम्रो भुमिका कार्यक्रममा आसन ग्रहण बन्ने मात्रै हो ?’ प्रश्न गर्दै गोरखा नगरपालिका ३ कि महिला सदस्य सिता दानीले भनिन् ‘हैन भने खोई के हो हाम्रो अधिकार, कहाँ हुन्छ हाम्रो भुमिका ।’ सोमबार नगरप्रमुख राजनराज पन्तले एक कार्यक्रमका बिच महिला र दलित जनप्रतिनिधिसंग गरेको अन्तरकृया कार्यक्रममा उनिहरुले यस्तो दुखेसो गरे । ‘वडामा के हुन्छ हामीलाई थाहै हुदैन’ वडा नम्बर ८ कि सदस्य राधिका कट्टेलले भनिन् ‘अवसर पाउने ठाउँमा पुरुषलाई नै अघि बढाउछन्, हामी हेरेको हे¥यै ।’ त्यस्तै नगरकार्यपालिका सदस्य समेत रहेकी...
नारायणकाजी श्रेष्ठलाई प्रश्‍न : उमेदवारी अर्थमन्त्री बन्‍न हो ?
प्रदेश ४, राजनीति, हाइलाइट-समाचार

नारायणकाजी श्रेष्ठलाई प्रश्‍न : उमेदवारी अर्थमन्त्री बन्‍न हो ?

०७४ प्रतिनिधीसभाको निर्वाचनमा पराजय भइसकेपछि पाँच वर्षे कार्यकालमा फेरि संसद नछिर्ने बताउँदै आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको लागि अन्य सदस्य पदमा उमेदवारी दिए । उनको उमेदवारीलाई भावी अर्थमन्त्रीको रुपमा लिइएको चर्चा नेकपा वृत्तमा नै हुने गरेको छ । सचिवालय सदस्य समेत रहेका श्रेष्ठले उमेदवारी दर्ता गरेपछि प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा गए । त्यहाँ उनलाई पत्रकारले प्रश्‍न सोधे, "अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि तपाई अर्थमन्त्री बन्‍ने भनेर उमेदवारी दिनु भएको हो ?" घुमाउरो तरिकाले जवाफ दिँदै श्रेष्ठले भने, “आज मनोनयन मात्रै गरिएको हो, के बन्‍ने हो भनेर सोचेर अगाडि बढ्ने होइन्, पार्टीले दिएको भूमिका अनुसार उमेदवारी दिइयो, मतदाताले मत दिए राष्ट्रियसभा...