Monday, April 20

प्रदेश ४

मैले भोट माग्नु पर्दैन ः नारायणकाजी श्रेष्ठ
प्रदेश ४, राजनीति, समाचार, हाइलाइट-समाचार

मैले भोट माग्नु पर्दैन ः नारायणकाजी श्रेष्ठ

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सभामुख नेकपाको पक्षमा राख्नका लागि उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार गृहजिल्ला गोरखा आएका श्रेष्ठले पत्रकार भेटघाटका क्रममा सो कुरा बताएका हुन् । ‘संविधानले एउटै पार्टीका सभामुख र उपसभामुख हुन नपाउने व्यवस्था गरेको छ । हाम्रो पार्टी संसद्को सबैभन्दा ठूलो पार्टी भएकाले रिक्त पदमा आफ्नो दाबी गर्नु र सभामुख पद हासिल गर्नु स्वाभाविक हो’ उनले भने ‘त्यसको लागि वर्तमान उपसभामुखले राजीनामा दिएर बाटो खोलिदिनुपर्ने आवस्यक देखिन्छ ।’ सभामुखको निर्वाचन प्रकृया अघि बढाउनका लागि पनि शिवमाया तुम्बाहाम्फेले पदबाट राजिनामा दिनुपर्ने उनको तर्क छ । ‘उहाँले राजीनामा नदिँदासम्म सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाको अन्त्य हुन्छ’ नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले भने ‘स्वविवेक प्रयोग गरेर पहिला नै पद छोड्न...
राम्चेको ३१ औं बार्षिकउत्सव सम्पन्न
प्रदेश ४, शिक्षा, समाचार

राम्चेको ३१ औं बार्षिकउत्सव सम्पन्न

शहिद लखन गाउँपालिका ८ मा रहेको राम्चे आधारभुत विद्यालयको ३१ औं बार्षिकउत्सव सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम कै अवसर पारेर राम्चे भू.पू. विद्यार्थी मञ्चले अध्ययनरत विद्यार्थीलाई छात्रबृद्धि समेत वितरण गरेको सचिव राजेश श्रेष्ठले जानकारी दिए । सो अवसरमा स्थानीय बुद्धिराम श्रेष्ठले आफ्नी स्वर्गिय बुवा आमाको सम्झनामा विद्यालयमा झम्कसुन्तली स्मृती अक्षय कोषको समेत स्थापना गरेका छन् । कार्यक्रममा विद्यालयमा योगदान पु¥याउने ब्यक्तिहरुलाई सम्मान समेत गरिएको विद्यालयले जनाएको छ । बार्षिकउत्सव समारोहमा शहिद लखन गाउँपालिका ७ का वडाध्यक्ष शरण श्रेष्ठ, ड का वडाध्यक्ष काशीनाथ अम्गाई लगायतले बोलेका थिए ।...
दोस्रो भट्टबेसी कपको उपाधी सनराईज युथ क्लवलाई
खेलकुद, प्रदेश ४, समाचार

दोस्रो भट्टबेसी कपको उपाधी सनराईज युथ क्लवलाई

गोरखा नगरपालिका वडा नम्बर १४ मा भएको दोस्रो भट्टबेसी कपको उपाधी सनराईज युथ क्लव जितेको छ । मंगलबार भएको फाइनल खेलमा आयोजक भट्टबेसी युथ क्लव बि समुहलाई २—१ गोल अन्तरले पछि पार्दै सनराइज क्लब तीनकिलोले उपाधी जितेको हो । बिजेता टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफि मेडल र प्रमाण पत्र पाएको छ भने उपबिजेताले १५ हजार ट्रफि, मेडल र प्रमाणपत्र पाएको हो । प्रतियोगिताको सेमिफाईनमा पुगेका ग्रिनल्याण्ड युथ क्लव ढुङगेटारी र आयोजक टिम भट्टबेसी युथ क्लव ए समुहले नगद पाँच/पाँच हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । क्लवका राजेन्द्र ठकुरीको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा बिजेता टिमलाई गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले पुरस्कार बितरण गरेका हुन् । गोरखा नगरपालिका १४ भट्टबेसी मैदानमा २२ गतेदेखि सुरु भएको प्रतियोगितामा २१ टिमको सहभागीता रहेको थियो । प्रत...
भूकम्पले भत्काएको मन्दिर पुर्ननिर्माणमा स्थानीयको लगानी
धर्म/संस्कृति, प्रदेश ४, समाज

भूकम्पले भत्काएको मन्दिर पुर्ननिर्माणमा स्थानीयको लगानी

२०७२ सालको भूकम्पले भत्काएको ताप्लेको अकला मन्दिर स्थानीयकै सकृयतामा पुर्ननिर्माण भएको छ । गोरखा नगरपालिका १ ताप्लेमा रहेको सो मन्दिर पुर्ननिर्माणका लागि स्थानीयले झण्डै ९ लाख रकम चन्दा मार्फत संकलन गरेका थिए । त्यस्तै मन्दिर निर्माणमा गोरखा नगरपालिकाबाट ५ लाख गरी कुल १४ लाख लागतमा मन्दिर पुर्ननिर्माण भएको हो । मन्दिरको मंगलवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरे । मन्दिर उद्घाटन गर्दै नगरप्रमुख पन्तले स्थानियको सक्रियतामा मन्दिर निर्माण हुनु गौरबको कुरा भएको भन्दै वडामा हुने अन्य बिकास निर्माणका काममा पनि सक्रिय हुन अनुरोध गरे । धार्मिक र ऐतिहासिक संरचनाको संरक्षणमा नगर जुटेको भन्दै पन्तले यसैबाट पर्यटन प्रवद्र्धन हुने विश्वास समेत ब्यक्त गरे । कार्यक्रमकै अवसरमा मन्दिर पुर्ननिर्माणमा सहयोग गर्ने चन्दादातालाई सम्मान समेत गरिएको छ । मन्दिर...
पन्थेश्वाँराका ८३ धुरीमा घरैपिच्छे धारा
Uncategorized, प्रदेश ४, समाज

पन्थेश्वाँराका ८३ धुरीमा घरैपिच्छे धारा

गोरखा नगरपालिका वडा नम्बर ४ फिनामको पन्थेस्वाँराका ८३ धुरीमा घरैपिच्छे धारा जडान भएको छ । तुलसी मेयर युनेस्को क्लव, गोरखा नगरपालिका र स्थानीयको श्रमदानमा निर्माण भएको पन्थेस्वाँरा खानेपानी उपभोक्ता आयोजनाबाट सो संख्याका घरमा घरघरै धारा जडान गरिएको हो । क्लवको ३९ लाख ४१ हजार, १४ लाख ९६ हजार स्थानीयको श्रमदान र ८ लाख ५० हजार गोरखा नगरपालिकाको लगानी गरी ६२ लाख ८० हजार लागतमा निर्माण भएको आयोजनाको मंगलबार एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरेका छन् । लिफ्टीङ प्रणालीद्धारा ल्याइएको खानेपानी आयोजनामा उपभोक्तालाई न्यूनतम मासिक तीन सय रुपैयाँ दर तोकिएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख पन्त, वडा नम्बर ४ का अध्यक्ष रामशरण अधिकारी, तुलसीमेयर युनेस्को क्लवका अध्यक्ष धिरजबहादुर मास्के, सचिव कृष्णकुमार श्रेष्ठ, ...
सर्वसाधारण भन्छन् ः ‘पृथ्वीजयन्ती मनाउदैमा राजा फर्किदैन’
ग्यालरी, धर्म/संस्कृति, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

सर्वसाधारण भन्छन् ः ‘पृथ्वीजयन्ती मनाउदैमा राजा फर्किदैन’

मोहसिन अलि मियाँगोरखा । ‘पृथ्वीनारायण शाह हाम्रो इतिहास हो’ गोरखा नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा भेटिएका पोखरीथोकका ७४ बर्षिय विष्णुहरी अर्यालले भने ‘उहाँ नभइदिएको भए हामी न गोर्खाली हुनेथियौ न नेपाली नै’ दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको सन्दर्भमा सृजना भएको परिस्थिती देशका लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्दै उनले इतिहासलाई बिर्सन नहुने बताए । ‘२०६३ ताका एक हुल मान्छे आएर पृथ्वीनारायण शाहको शालिक ढाले, बजार बजार घिसारेर अपमान गरे’ अर्यालले थपे ‘अचम्म छ, अहिले तिनैले फेरी पृथ्वीजयन्ती बनाउन थालेका छन् ।’ त्यतिबेला शाह वंशको अनुहारै हेर्न नहुनेले आज भाषणमा उहाँको योगदानको चर्चा गर्नु हास्यास्पद रहेको उनको तर्क छ । कार्यक्रममै भेटिएका ८० बर्षिय हिक्मत बहादुर थापा त झनै पृथ्वीनारायण शाह आफ्नो भगवान भएको बताउछन् । पछिल्लो समय शाहको योगदान र ...
शालिक अगाडी पृथ्वीनारायण शाहको चर्चा
ग्यालरी, धर्म/संस्कृति, पर्यटन, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

शालिक अगाडी पृथ्वीनारायण शाहको चर्चा

मोहसिन अलि मियाँगोरखा । पहिलो पटक सार्वजानिक विदा नै दिएर गोरखा नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा भब्य कार्यक्रम आयोजना ग¥यो । १४ वटै वडाबाट झाँकी सहित बिभिन्न जातजातीको संस्कृती झल्कने ¥याली सहित कार्यक्रम स्थल गोरखा संग्रहालयभित्र शाहको शालिकअघि उभिएर धेरैले उनको योगदानको प्रशंसा गरे । ‘हाम्रो देश चार जात छत्तिस वर्णको फुलबारी हो’ शाहकै भनाई दोहो¥याउदै जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले भने ‘उहाँको दिव्योपदेश मात्रै पालना गर्ने हो भने पनि देशको मुहार फेरिने निश्चित छ ।’ पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गर्दै जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ कार्यक्रमका अध्यक्ष समेत रहेका गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले इतिहासलाई बद्नाम गराउन खोज्नेहरुको योजना असफल भएको टिप्पणी गरे । ‘हिजोका दिनमा जुन किसिमले इतिहासलाई बद्नाम गर्न खोजियो, कलंक सोचियो, त्यो आज ...
गोरखा जेसिजको ३९ औं पदस्थापना सम्पन्न
प्रदेश ४, समाचार, समाज

गोरखा जेसिजको ३९ औं पदस्थापना सम्पन्न

गोरखा जेसिज गोरखाको ३९ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बर्ष २०१९ का अध्यक्ष राजिव अधिकारीले बर्ष २०२० का अध्यक्ष सुवास मल्लालाई पद हस्तान्तरण गरेका हुन । कार्यक्रममा बैशाख ६ गते भएको अधिवेशनबाट चयन भएका र मनोनित भएका पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको थियो । बर्ष २०२० का लागि कार्यकारीणी उपाध्यक्षमा मिलनसिं बस्नेत र सन्तोष दवाडी, उपाध्यक्षमा सजना श्रेष्ठ, सुरेश गुरुङ, सुमन गुरुङ, राजेश श्रेष्ठ, सहसचिवमा अर्जुन रसाइली चयन भएका थिए । त्यस्तै महासचिवमा शिवहरी तिमिल्सिना, कोषाध्यक्षमा पुष्कर गुरुङ, कानुनी सल्लाहकारमा अश्विन ढुंगाना, अध्यक्ष सल्लाहकारमा सुरज श्रेष्ठ मनोनित भएका छन् । यसैगरी पर्यटन प्रवद्र्धन संयोजकमा प्रविन बस्नेत, सहकोषाध्यक्ष रमेशकुमार श्रेष्ठ, एरिया बि डाइरेक्टरमा बालकुमार विक, लोन अडिटरमा रुवेन्द्र कुवँर, जनसम्पर्क संयोजकमा सावित्र...
आज पृथ्वी जयन्ती ! हिजो के के भए र आज के छ कार्यक्रम ?
धर्म/संस्कृति, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

आज पृथ्वी जयन्ती ! हिजो के के भए र आज के छ कार्यक्रम ?

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मोत्सव विभिन्न कार्यक्रम गरी धुमधामले मनाइदै छ ।एकता दिवशको अबसरमा गोरखा नगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेको छ । ‘बर्तमान नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै औपचारिक रुपमा दिवश मनाउने हाम्रो प्रयास हो’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘राष्ट्रले उहाँलाई सम्झनु पर्ने हो । तर त्यस्तो हुन सकेन्, स्थानीय सरकारको हैसियतमा हामी दिवश मनाउदैछौं ।’ झाँकी सहितको ¥याली र कोणसभासो अबसरमा आज आइतबार १४ वटै वडाका सांस्कृतिक झाकी सहितको ¥याली प्रर्दशन गर्ने तयारी गरिएको छ । खेलकुद मैदान हरमटारीबाट सुरु हुने ¥याली गोरखा संग्राहलय परिसरमा पुगेर कोण सभामा परिणत हुनेछन् । ‘सकेसम्म सबै जातजाती धर्म र सम्प्रदायको पहिचान झल्काउने प्रयास गरेका छौं’ ¥याली संयोजक भगवानबाबु मास्केले भने ‘यो कार्यक्रमले गोरखा सदरमुकाम आसपासमा रहेका क...
दरौदी कृषि सहकारीमा संगिता
अर्थ, कृषि, प्रदेश ४, समाचार

दरौदी कृषि सहकारीमा संगिता

दरौंदी कृषि तथा सहकारी संस्थामा संगिता कुमाल अध्यक्षमा चयन भएकी छिन् । गोरखा नगरपालिका १२ मा रहेको संस्थाको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनले कुमाललाई अध्यक्षमा सर्वसमत चयन गरेको हो । त्यस्तै संस्थाको उपाध्यक्षमा कृष्ण प्रसाद अर्याल, सचिवमा पूण्यकुमारी कुमाल, सहसचिवमा केशरबहादुर विक र कोषाध्यक्षमा सुशिला खनाल चयन भएका छन् । संस्थाका अध्यक्ष हर्कबहादुर कुमालको अध्यक्षतामा भएको अधिवेशनबाट सदस्यहरुमा निर्मलादेवी श्रेष्ठ, मुना कुमाल, राधिका कुमाल, खगुमाया लामिछाने, देव थापा मगर र तिलकुमारी कुमाल चयन भएको संस्थाले जनाएको छ । कार्यक्रमको उद्घाटन गोरखा नगरपालिका १२ का वडाध्यक्ष डिलबहादुर थापाले गरेका हुन् ।...