Thursday, May 21

प्रदेश

गोरखाबाट बिप्लव समूहका दुई कार्यकर्ता पक्राउ
प्रदेश ४, राजनीति, समाचार, हाइलाइट-समाचार

गोरखाबाट बिप्लव समूहका दुई कार्यकर्ता पक्राउ

जिल्ला सदरमुकामबाट बिप्लव समूहमा आवद्ध दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्व जनपरिषद् प्रमुख ६७ वर्षीय विष्णुप्रसाद रिजाल र किसान संगठनका जिल्ला अध्यक्ष ४८ वर्षीय रोहितप्रसाद पन्त रहेका छन् । उनीलाई गोरखा नगरपालिका–१० विरेनचोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए । उनीहरुलाई शान्ती विरुद्धको कसुरमा मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले बताएको छ । रिजाल गण्डकी गाउँपालिका–७ घ्याल्चोक र पन्त शहिद लखन गाउँपालिका–४ ताक्लुङ निवासी हुन् । उनीहरुलाई राजद्रोह सम्बन्धी गतिबिधि गरेको प्रहरीले आरोप लगाएको छ । यो सँगै बिप्लब समूहका २१ नेता कार्यकता पक्राउ परेका छन् । सरकारले २०७५ माघमा विप्लब नेतृत्वको नेकपामा माथि प्रतिबन्धको घोषणा गरेपछि हालसम्म २१ जनालाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय गोरखा...
प्रशासन कार्यालयमा बाणिज्यको एटिएम
अर्थ, प्रदेश ४, समाचार, समाज

प्रशासन कार्यालयमा बाणिज्यको एटिएम

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर र एटिएम बुथ उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमका वीच जिल्ला प्रशासन कार्यालयमा रहेको काउन्टर र प्रहरी कार्यालय परिसरमा रहेको एटिएम बुथ औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । बैंकको ५५ औं वार्षिक उत्सवको अबसरमा प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले रुपमा दुबै सेवाको उद्घाटन गरेका हुन् । उक्त दुबै सेवा यस अघि नै सञ्चालनमा आइसकेका थिए । सरकारी कार्यालयको राजस्व संकलनका लागि एक्सटेन्सन काउन्टर र हरमटारी क्षेत्रका सेवाग्राहीलाई लक्षित गरी एटियम बुथ राखिएको बैंक प्रबन्धक कपिल कार्कीले बताए ।...
फिनाममा कफी खेती सम्बन्धी तालिम
कृषि, प्रदेश ४, समाचार

फिनाममा कफी खेती सम्बन्धी तालिम

गोरखा नगरपालिका–४ फिनाममा कृषकहरुलाई कफि खेति सम्बन्धी तालिम दिइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा फिनामका झण्डै ३० जना कृषकहरुलाई एक दिने तालिम दिइएको हो । वडाध्यक्ष खोपबहादुर अधिकारीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नगरप्रमख राजनराज पन्तले वडा नम्बर ४ लाई कफीको पकेट क्षेत्रमा रुपमा विकास गर्न चाहेको बताए । ‘यो वडामा कफीको प्रचुर सम्भावना छ भन्ने अध्ययनले देखाएको छ’ उनले भने ‘आर्थिक आय, स्वरोजगारसँगै पर्यटन प्रवद्र्धनमा समेत यसले टेवा पु¥याउँछ भन्ने हाम्रो विश्वास हो ।’ खेती गर्न इच्छुकलाई नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत उनले जनाए । तालिमको सहजीकरण बोर्डका कृषि प्राविधिक नगेन्द्र सुवेदीले गरेका थिए ।...
लुदी दामगाडे वनमा पुनः कट्टेल
प्रदेश ४, समाचार, समाज

लुदी दामगाडे वनमा पुनः कट्टेल

गोरखा नगरपालिका–८ को लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समुहको १२ औं अधिवेशनले पुनः रामजीप्रसाद कट्टेललाई अध्यक्षमा सर्वसमत चयन गरेको छ । शनिबार भएको समुहको २६ औं साधारण सभा तथा १२ औं अधिवेशनले कट्टेललाई आगामी ३ बर्षका लागि अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा शरदबाबु कट्टेल र पशुपती खत्री, सचिवमा निर्मला कुवँर, सहसचिवमा हरीभक्त कट्टेल र कोषाध्यक्षमा भगीरथ केसी चयन भएका छन् । समुहका अध्यक्ष कट्टेलको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले गरेका थिए ।...
सोनाम लोसार मनाइयो
धर्म/संस्कृति, प्रदेश ४, समाचार

सोनाम लोसार मनाइयो

गोरखा । तामाङ समुदायले सोनाम लोसार नयाँ वर्ष पर्व रुपमा धुमधामले मनाएका छन् । मञ्जुश्री पात्रोअनुसार २८५६ औँ वर्ष शुरु भएको अवसरमा शुभकामना आदानप्रदान गरी पर्व मनाइएको हो । शनिवारदेखि सुँगुर वर्ष समाप्त भई मुसा वर्ष वर्ष सुरु भएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । तामाङ लोसारको अबसरमा नेपाल तामाङ घेदुङ नगर कार्यसमिति गोरखाले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नगर अध्यक्ष सूर्यबहादुर तमाङ अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् गोरखाका सचिव प्रेमध्वज थापामगर, गोरखा ब्रिटिस वल्डफयेर कार्यालयका प्रमुख श्रीप्रसाद तामाङ, तमाङ घेदुङका पूर्व सचिव श्याम तामाङ, महिला घेदुङकी पूर्व अध्यक्ष स...
सामुदायिक सेवा केन्द्र गोरखामा श्रेष्ठ
प्रदेश ४, समाचार, समाज

सामुदायिक सेवा केन्द्र गोरखामा श्रेष्ठ

गोरखा । सामुदायिक सेवा केन्द्र गोरखाको अध्यक्षमा शुसिलबाबु श्रेष्ठ (कैलाश) चयन भएका छन् । जिल्ला सदरमुकाममा भएको तेश्रो साधारण सभा एवं दोस्रो अधिवेशनले श्रेष्ठलाई सर्वसम्बत रुपमा अध्यक्षमा चुनेको हो । सेवा केन्द्रका आजिवन तथा साधारण सदस्यहरुको भेलाले रामहरी केसीलाई उपाध्यक्ष, सरदबाबु कट्टेललाई सचिव, काजिराम श्रेष्ठलाई कोषाध्यक्ष र भोला मरहट्टालाई सह–सचिवमा निबिरोध चयन गरेको छ । यसैगरी बाबुराम श्रेष्ठ, देवु मास्के, शान्तीदेवी श्रेष्ठ, मिनादेवी श्रेष्ठ, सुमन श्रेष्ठ, विष्णुबहादुर थापा, अन्जनबाबु खत्री, दण्डपाणी कट्टेल, रिक्त बानियाँ, बिक्रम बस्नेत, शोभा प्रधान दवाडी र फणिन्द्र बानियाँलाई सदस्य बनाइएको छ । १७ सदस्यीय नयाँ कार्यसमितिले जिल्लाको शान्ती सुरक्षा र अपराध नियन्त्रणका लागि विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने योजना बनाएको छ । ‘बजार क्षेत्रमा जडान गरिएको सिसि टिभीलाई प्रभाव...
सिरानचोककाे दोश्रो राष्ट्रपति रनिङ शिल्डकाे उपाधी महेन्द्रलीला माविलाइ
खेलकुद, प्रदेश ४, समाचार

सिरानचोककाे दोश्रो राष्ट्रपति रनिङ शिल्डकाे उपाधी महेन्द्रलीला माविलाइ

सिरानचोक गाउँपालिका स्तरिय दोश्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा महेन्द्रलीला मावि हर्मी पहिलो भएको छ । महेन्द्र लीलाले ८ स्वर्ण, ६ रजत र ४ सहित १८ पदक प्राप्त गरेको छ । यसैगरी ७ स्वर्ण, ३ रजत, ३ कास्य गरी १३ पदक सहित परोपकार आर्दश मावि जौवारी दोश्रो भएको छ । संसारी महेन्द्र मावि नयाँसाघु भने तेश्रो भएको छ । नयाँसाघुले ६ स्वर्ण, ८ रजत, ५ कास्य सहित १९ पदक प्राप्त गरेको छ । वडा नम्बर ७ कोखेलमैदानमा माघ ३ गतेबाट सुरु भएको प्रतियोगिता मंगलबार सकिएको हो । प्रतियोगितामा १६ विद्यालयका विद्यार्थीले विभिन्न ३० विद्यामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको एक कार्यक्रममा वीच जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले समापन गरेका हुन् । सो अबसरमा बोल्दै गुरुङ विद्यार्थीमा लुकेर रहेका प्रतिभा उजागर गर्न प्रतियोगिता सफल भएको बताए । गाउँपालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्य...
‘ब्यवसायमा महिला’ कार्यशाला गोष्ठी सम्पन्न
अर्थ, प्रदेश ४, समाचार

‘ब्यवसायमा महिला’ कार्यशाला गोष्ठी सम्पन्न

गोरखा । महिलालाई ब्यवसायमा आकर्षित गर्ने उदेश्यका साथ सदरमुकाममा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजना तथा पूर्णिमा परियोजनाको सहयोगमा भएको कार्यक्रममा जिल्लाका बिभिन्न स्थानीय तहबाट महिला उद्यमीहरुको सहभागिता रहेको थियो । बिशेष गरेर महिलाहरुले ब्यवासय सञ्चालनका क्रममा भोगिरहेका समस्या, चुनौती, अवरोध पहिचान गर्ने उदेश्यका साथ गोष्ठीको आयोजना गरिएको पूर्णिमा परियोजनाका जिल्ला उद्यम विकास अधिकृत शेर बहादुर बोहोराले जानकारी दिए । त्यस्तै महिला उद्यमीहरुका लागि सम्भावित महिलामैत्री ब्यवसायको पहिचान गर्न समेत कार्यक्रमले सहयोग गर्ने उनले बताए । गोरखा उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समितिका अध्यक्ष रीता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख जनुका अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गोरखा नगरपाल...
अवैद्य लागुपदार्थ गाँजा सहित ३ जना गोरखा प्रहरीको फन्दामा
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

अवैद्य लागुपदार्थ गाँजा सहित ३ जना गोरखा प्रहरीको फन्दामा

अवैध लागूऔषध गाँजा सहित गोरखामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अजिरकोट गाउँपालिका ५ रातामाटाबाट गाँजा खरिद बिक्रीमा संलग्न भएको आरोपमा मंगलबार ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा अजिरकोट ५ का नरबहादुर नेपाली, काभ्रेको दाप्चा नगरपालिका ४ का १९ वर्षीय सागर तामाङ र चितवनको गीतानगर बस्ने २४ वर्षीय गणेश भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट ६ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्एयालय गाेरखाका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।...
धादिङमा मिनिट्रक दुर्घटना: छ जनाको ज्यान गयाे
प्रदेश ३, समाचार, समाज, हाइलाइट-समाचार

धादिङमा मिनिट्रक दुर्घटना: छ जनाको ज्यान गयाे

धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना हुदा ६ जनाकाे ज्यान गएकाे छ भने १९ जना घाइते भएका छन । मंगलबार भएको दुर्घटनामा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको उनले बताए । थप विवरण आउन बाँकी ।