Saturday, August 8

प्रशासन

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको आवेदन खुल्ने
प्रशासन, समाचार

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको आवेदन खुल्ने

नेपालअखबार, काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षाका लागि आवेदन खुला गर्ने भएको छ । परिषद्ले आइतबार सूचना जारी गर्दै लाइसेन्स परीक्षाका लागि आवेदन खुला गर्ने जानकारी दिएको हो । लाइसेन्स परीक्षाका लागि जेठ १ देखि २८ गतेसम्म आवेदन खुला हुनेछ । यस्तै, जेठ १९ देखि ३ असारसम्म दोब्बर शुल्कमा आवेदन दिन सकिने परिषद्को सूचनामा उल्लेख गरिएको छ । परिषद्ले प्रमाणपत्र, स्नातक र स्नातकोत्तर तहको एकै साथ लाइसेन्स परीक्षाको आवेदन खुला गर्न लागेको हो । हो ।...
मदन राईलाई ७ दिन थुनामा राख्न अनुमति
प्रशासन, समाचार

मदन राईलाई ७ दिन थुनामा राख्न अनुमति

नेपालअखबार, काठमाडौं । बाल यौन दुरूपयोग मुद्दामा पक्राउ परेका कृषि विज्ञ मदन राईलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत खोटाङले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर बेनुकुमार कार्कीका अनुसार जिल्ला अदालत खोटाङले राईमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । गत शुक्रबार शुभम् फाउन्डेसनबाटै राईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । शुभम् फाउन्डेसनले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यमिक विद्यालयमा ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ । राईमाथि विद्यालयमा अध्ययनरत छात्रामाथि बाल यौन दुरुपयोग गरेको आरोप छ ।...
राजमार्गमा गुड्ने सवारी साधनसँग अवैध असुली गर्ने ४ जना पक्राउ
प्रशासन, समाचार

राजमार्गमा गुड्ने सवारी साधनसँग अवैध असुली गर्ने ४ जना पक्राउ

नेपालअखबार, बारा । पथलैया–वीरगञ्ज औधोगिक करिडोरमा गुड्ने सवारी साधनलाई रोकेर जबरजस्ती अवैध रकम असुली गर्ने ४ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई पक्राउ गरी कारबाही अगाडि बढाएको हो । राजमार्गमा गुड्ने मालवाहक तथा खाली गाडीसँग अवैध रकम असुली गरिरहेको छ। अवैध रकम असुली गरिरहेको अवस्थामा आइतबार सुरज गुप्ता, चन्दन गुप्ता, पप्पु गुप्ता र श्रीकान्त पटेललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । सो ठाउँमा प्रहरी पुगेपछि  ठेकदारका कामदारहरू भागेको बताइएको छ । कागजपत्रसहित ४ जनालाई कारबाही गर्न सफल भएको प्रहरीले बताएको छ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जथाभाबी कर असुली नगर्न पटकपटक निर्देशन दिएपनि ठेकदार कम्पनीले अटेर गरेका कारण कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए । जीतपुर सिमरा उपमहानगरले २ करोड ५६ लाख र परवानीपुर गाउँपालिकाले २७ करोडमा एच.एण्ड जे...
अनुमतिबिना रुख काटेको आरोपमा सामुदायिक वनका अध्यक्ष पक्राउ
प्रशासन, समाचार

अनुमतिबिना रुख काटेको आरोपमा सामुदायिक वनका अध्यक्ष पक्राउ

नेपालअखबार, उदयपुर । अनुमति बिना रुख काटेको आरोपमा एक सामुदायिक बनका अध्यक्ष पक्राउ परेका छन् । कटारी–३ स्थित सदावहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री घिमिरे पक्राउ परेका हुन् । जिल्ला वन कार्यालयका अनुसार कुनै पनि अनुमति नलिई अवैध रुपमा सामुदायिक वनभित्रका रुख कटान गरेर आफना उपभोक्तालाई वितरण गरेको आरोपमा अध्यक्ष घिमिरेलाई पक्राउ गरिएको हो । डिभिजन वन प्रमुख अनिरुद्ध कुमार साहका अनुसार सदावहार वन क्षेत्रबाट एकै पटक ४८ वटा रुख काटेर उपभोक्तालाई बाँडेपछि उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि हिरासतमा राखिएको हो । तर, अध्यक्ष घिमिरेले भने सव डिभिजन वन कार्यालय वेलसोतबाट अनुमति लिएर रुख कटानी गरेको दाबी गरेका छन । सव डिभिजनका रेन्जर युवराज खरेलको अनुमतिमा उक्त रुखहरु काटेर उपभोक्तलाई वितरण गरेको उनको भनाई छ ।...
८२ दललाई निर्वाचन आयोगको निर्देशन : ७ दिनभित्र लेखापरीक्षण सार्वजनिक गर्नु
प्रशासन, समाचार

८२ दललाई निर्वाचन आयोगको निर्देशन : ७ दिनभित्र लेखापरीक्षण सार्वजनिक गर्नु

नेपालअखबार,काठमाडौँ । निर्वाचन आयोगले ८२ वटा राजनीतिक दललाई आर्थिक वर्ष ०७८/०७९को लेखा परीक्षण सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षणको प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्थाको स्मरण समेत गराएको छ । आयोगको वैशाख २७ गते बसेको बैठकले यस्तो निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् । ‘आर्थिक वर्ष २०७८/०८९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेस गर्ने ८२ राजनीतिक दललाई आयोगमा पेस गरेको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जा...
नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
प्रशासन, समाचार

नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालअखबार, काठमाडाैं । ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्। एक हजार दुई सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षका लागि थुनामा राखिएको र जेल चलान भएका गरी एक हजार पाँच सय सात छन्। क्षमताभन्दा बढी भएता पनि हाललाई अन्य कारागारको जस्तो नख्खु कारागारमा व्यवस्थापनको समस्या नरहेको कारागार प्रशासक कल्पना घिमिरेले जानकारी दिइन्। उनका अनुसार आगामी दिनमा हालको सङ्ख्याभन्दा बढी कैदीबन्दी थपिएमा व्यवस्थापनमा समस्या हुन सक्नेछ। हाल नख्खु कारागारमा छ सय ९५  पुर्पक्षका लागि थुनामा राखिएकामा ४५ विदेशी नागरिक  छन्। त्यसैगरी, आठ सय १२  कैदीबन्दीमध्येमा ५७  विदेशी नागरिक  छन्। कैदीबन्दी रिहाइ हुने र अदालतको फैसलाअनुसार चलान हुने भएकाले यो सङ्ख्या प्रत्येक दिन फेरबदल हुने कारागार कार्यालयका अधिकृत मुरारी कार्कीले जानकारी दिए। हाल कारागारमा तीन  ब्लक  छन्। पुर्पक्...
क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
प्रशासन, समाचार

क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

नेपालअखबार, काठमाडाैं । क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल काठमाडौँको नयाँ बजार बस्ने ३४ वर्षका उद्धव नेपाल भन्ने सुवर्ण मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । उनले बाबुराम सापकोटासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा चेक रिपब्लिकलगायतका देशमा पठाउने लोभ देखाएर त्यहाँ जानका लागि प्रतिव्यक्ति १० लाख लाग्ने भन्दै रकम असुलेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। त्यहाँ पुगेपछि प्रतिष्ठित अटोमोबाइल कम्पनीमा जनरल वर्करको काम लगाइदिने र त्यहाँबाट मासिक दुई लाखसम्म तलब पाइने भन्दै उनले पीडितबाट पाँच लाख असुलेको फेला परेको छ । यसरी रकम लिएपछि फरार भएका उनलाई वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन गरेको अ...
बालकृष्ण खाणलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रशासन, समाचार

बालकृष्ण खाणलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ४ दिन हिरातमा राख्न अनुमति दिएको छ । अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँलाई ४ दिनको म्याद थप गरेर अनुसन्धान गर्न समय प्रदान गरेको हो ।  नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा मुछिएपछि बुधबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । अदालतमा लैजानुअघि खाणको स्वास्थ्यजाँच गरिएको थियो । स्वास्थ्य जाँचका लागि खाँणलाई कान्तिपुर अस्पतालमा लगिएको थियो ।  खाँणलाई यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा बुधबार प्रहरीले निवासबाटै नियन्त्रणमा लिएको थियो ।  यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका हुन् । खाण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या १२ पुगेको छ । यसअघि प्रहरीले रामशरण क...
बालकृष्ण खाणका स्वकीय सचिव पनि समातिए
प्रशासन, राजनीति, समाचार

बालकृष्ण खाणका स्वकीय सचिव पनि समातिए

नेपालअखबार,  काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा केसीलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । प्रहरीले उनलाई बुधवार बिहान जडिबुटीबाट पक्राउ गरेको हो । यस्तै बुधबार नै पूर्व गृहमन्त्री खाणलाई प्रहरीले चुच्चेपाटी स्थित निवासबाट पक्राउ गरेको थियो । यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ जना पुगेको छ ।...
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ
प्रशासन, समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

नेपालअखबार, काठमाडाैं । भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी छन्। केसी र चौधरीले बिचौलियाको भूमिका खेलेको आरोप छ। योसँगै यस प्रकरणमा पक्रउ पर्नेको संख्या १० पुगेको छ। यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। टोपबहादुर रायमाझी भने फरार छन्। मंगलबार नै जिल्ला प्रहरी परिसर काठमाडौंको टोली सातदोबाटोस्थित उनको घरमा पुगेको थियो। तर उनी फेला परेका छैनन...