Sunday, August 9

प्रशासन

महानगर प्रहरी प्रमुख पाण्डेमाथि आक्रमण गरेको आरोपमा २ जना पक्राउ
प्रशासन, समाचार

महानगर प्रहरी प्रमुख पाण्डेमाथि आक्रमण गरेको आरोपमा २ जना पक्राउ

नेपालअखबार, काठमाडौं । काठमाडौं महानगरपालिकका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ नेपाल प्रहरीले सुनसरीबाट नारायण परिश्रमिक र काठमाडौंको शंखमुलबाट हुकुमबहादुर लामालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए । काठमाडौं महानगरले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुरुलाई पक्राउ गरेर ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरेको जनाएको छ । १२ मंसिरमा थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गर्न जाँदा महानगर प्रहरी पाण्डेमाथि बस्तीका स्थानीयले आक्रमण गरेका थिए । सोही आक्रमणमा पाण्डे सहित ३६ जना नगर प्रहरी घाइते भएको महानगरले जनाएको थियो ।महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले बारम्बार महानगरपालिकाले दिएको उजुरीमा प्रशासन र प्रहरीले असयोग गर...
आज रातिदेखि बिमलनगर-घाँसीकुवा सडकखण्ड दैनिक ४ घन्टा बन्द
प्रशासन, समाचार

आज रातिदेखि बिमलनगर-घाँसीकुवा सडकखण्ड दैनिक ४ घन्टा बन्द

नेपालअखबार, तनहुँ। मुग्लिन-पोखरा सडक योजना (पूर्वीखण्ड) तनहुँले आज रातिदेखि दैनिक ४ घन्टा सडक बन्द गरेर काम गर्ने भएको छ। तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो। फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने भएको हो। सडक बन्द गरिएका बेला यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि योजना कार्यालयले आग्रह गरेको छ। यस्तो छ सूचना:...
सहकारीमा अनियमितता गरेको अभियोगमा ४ जना पुर्पक्षका लागि कारागार चलान
प्रशासन, समाचार

सहकारीमा अनियमितता गरेको अभियोगमा ४ जना पुर्पक्षका लागि कारागार चलान

नेपालअखबार, सर्लाही । सर्लाहीको एक सहकारीमा अनियमितता गरेको आरोपमा प्रबन्धकसहित चारजना पुर्वपक्षका लागि कारागार चलान भएका छन् । सर्लाहीको मलंगवा नगरपालिका ८ मा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धकसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका हुन् । सर्लाही जिल्ला अदालतको आदेशमा संस्थाका प्रबन्धक मलंगवा नगरपालिका ९ का दीपक लाल अमात्य, संस्थाका खजान्ची वडा नं. १० का निर्मलकुमार श्रेष्ठ, फिल्ड सहायक सर्लाहीकै बलरा नगरपालिका २ का कामेश्वर प्रसाद सिंह, संस्थाका ऋणी मलंगवा २ का उमेश प्रसाद अधिकारीलाई पुर्पक्षका लागि जेल चलान भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी कैलाश राईले जानकारी दिए । उनका अनुसार रकम हिनामिना भएको सम्बन्धमा संस्थाका उपाध्यक्ष जयप्रकाश अग्रवाल र लेखा समितिका संयोजक शान्ताप्रसाद श्रेष्ठसमेतले उनीहरुलाई विपक्षी बनाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज...
स्ववियु निर्वाचन: देशभरका क्याम्पसमा निर्वाचन समिति गठन
प्रशासन, राजनीति, समाचार

स्ववियु निर्वाचन: देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

नेपालअखबार, काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ। आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै क्याम्पसले स्ववियु निर्वाचन गर्नका लागि निर्वाचन समिति गठन गरेको जानकारी दिए। प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको उनले बताए। उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ। त्रिविका सबै आङ्गिक क्याम्पसमा विद्यार्थी कल्याण प्रमुख रहने व्यवस्था रहेको छ। यसअघि त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अ...
किसानलाई कृषि सामग्री सहयोग
प्रशासन, समाचार

किसानलाई कृषि सामग्री सहयोग

नेपालअखबार, इलाम । इलाम नगरपालिका–१० ले किसानलाई रु १४ लाख बराबरका कृषि सामग्री वितरण गरेको छ । वडाका एक सय १० किसानलाई व्यावसायिक बन्न प्रेरित गर्ने उद्देश्यले कृषि सामग्री वितरण गरिएको हो । कृषि तथा पशुपालन प्रवद्र्धन कार्यक्रमअन्तर्गत ७० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए । किसानलाई २२ थान घाँस काट्ने मेसिन, ३५ थान जाली नेट, ४० थान टनेल प्लाष्टिक र दुई हजार एक सय मिटर प्लाष्टिकको पाइप वितरण गरिएको छ । यस्तै गोठ सुधारअन्तर्गत २८ किसानलाई गिट्टी, सिमेन्ट, बालुवा र रड वितरण गरिएको छ । वडा कार्यालयको रु १० लाख र किसानको रु तीन लाख ९८ हजारको लागत साझेदारीमा कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष प्रधानले बताए । किसानलाई इलाम नगरपालिकाका प्रमुख केदार थापाले सो सामग्री हस्तान्तरण गरे । उनले व्यावसायिक किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले विभिन्न कार्य...
राष्ट्रपति निर्वाचन: आजदेखि आचारसंहिता लागु
प्रशासन, समाचार

राष्ट्रपति निर्वाचन: आजदेखि आचारसंहिता लागु

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ। निर्वाचन आयोगका अनुसार बुधबारदेखि चैत ५ गतेसम्म आचारसंहिता कायम रहनेछ। यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति निर्वाचन हुँदैछ। त्यसैलाई मध्यनजर गर्दै आयोगले आचारसंहिता लागु गरेको हो। आयोगका अनुसार ११ व्यक्ति, संघसंस्था र निकायलाई आचारसंहिता लागु हुनेछ। नेपाल सरकार, प्रदेश सरकार, कर्मचारी, सुरक्षाकर्मी, सञ्चार प्रतिष्ठान, राजनीतिक दल, राजनीतिक दलका भ्रातृ संघसंस्थाले आचारसंहिता पालना गर्नुपर्ने हुन्छ। सरकारले पनि कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न पाउने छैन। यस्तै कुनै पनि आयोजनाको शिलान्यास तथा उद्घाटन वा सर्भेलगायत गर्न रोक लगाइएको छ। यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि भएको मनोनयनमा नेपाली कांग्रेससहित ८ दलको समर्थनमा रामचन्द्र पौडे...
चितवन–२ को उपनिर्वाचनका लागि १८ दल दर्ता
प्रशासन, समाचार

चितवन–२ को उपनिर्वाचनका लागि १८ दल दर्ता

नेपालअखबार, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आगामी वैशाख २ गते हुने उपनिर्वाचनका लागि आयोगले यही फागुन १० गतेदेखि १६ गतेसम्म दल दर्ताको समय तोकेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक हप्ताको समयसीमा १८ दल दर्ता भएको जानकारी दिए । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दल दर्ता गरेका छन् । यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, नेपाली कांग्रेस (बीपी) मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय जनमुक्ति, नेकपा माओवादी समाजवादी, पुनर्जागरण पार्टी, मौलिक जरोकिलो, राष्ट्रिय मुक्ति आन्दोलन र जय जनमुक्ति पार्टीले पनि द...
सात सहसचिवको जिम्मेवारी हेरफेर
प्रशासन, समाचार

सात सहसचिवको जिम्मेवारी हेरफेर

नेपालअखबार, काठमाडौं । गृह मन्त्रालयअन्तर्गत कार्यरत सात सहसचिवको जिम्मेवारी हेरफेर भएको छ। जसअनुसार सहसचिव झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशक, सहसचिव फणीन्द्र मणि पोखरेललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक, आस्मान तामाङलाई आन्तरिक व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । यसैगरी रुद्रादेबी शर्मालाई  नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा, नारायण रिसाललाई जिल्ला प्रशासन कार्यालय बर्दिया, बन्धुराज बास्तोलालाई जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पामा कार्यरत जगन्नाथ पन्तलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।  अधिकारी केही दिन अघि मात्रै प्रधानमन्त्री तथा  मन्त्रिपरिषद् कार्यालयबाट गृहमा सरुवा भएर आएका थिए।...
राष्ट्रपति निर्वाचनको आचारसंहिता १७ फागुनदेखि
प्रशासन, समाचार

राष्ट्रपति निर्वाचनको आचारसंहिता १७ फागुनदेखि

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि १७ फागुनदेखि आचारसंहिता लागू गर्ने भएको छ । संघीय संसदका ३३२ र प्रदेशसभााका ५५० जना गरी ८८२ मतदाता रहने निर्वाचनका लागि १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू हुने आयोगले मंगलबार एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री र मन्त्री, प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई लाग्नेछ । त्यस्तै राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, मतदान र मतगणनास्थलमा खटिने उम्मेदवारका प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी र पत्रकार तथा मतदातालाई पनि आचारसंहिता लागू ह...
काभ्रेका भूमिहीनलाई लालपुर्जा दिने तयारी
प्रशासन, समाचार

काभ्रेका भूमिहीनलाई लालपुर्जा दिने तयारी

नेपालअखबार, काभ्रे  ।  काभ्रेपलाञ्चोकको १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको छ ।  जिल्लास्थित राष्ट्रिय भूमि आयोगको कार्यालयको सिफारिसमा २७ वर्षअघि निर्णय गरिएकामध्ये बाँकी १९ परिवारलाई लालपुर्जा दिइने भएको हो । आयोगको तत्कालीन काभ्रेपलाञ्चोक–सिन्धुपाल्चोक जिल्ला समितिको धुलिखेलस्थित कार्यालयले विसं २०५२ मा गरेको निर्णयका आधारमा १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको आयोगका जिल्ला सदस्य रामबहादुर तामाङले जानकारी दिए । उनका अनुसार तत्कालीन समयमा निर्णय गरिएका एक सय २७ भूमिहीन परिवारलाई यसअघि नै लालपुर्जा दिइसकिएको छ । हाल बाँकी रहेका १९ परिवारलाई निर्णयाअनुसार लालपुर्जा दिन मालपोत कार्यालयले श्रेस्ता भिडाउने काम गरिरहेको छ । कार्यालयले १९ मध्ये छ जनाको जमिनको श्रेस्ताबारे आयोगको कार्यालयसँग थप कागजात मागेको उनले बताए । “सबै प्रक्रिया अन्तिम चरणमा पुगेक...