Sunday, August 9

प्रशासन

राष्ट्रपति पौडेल र स्पेनका लागि नेपाली राजदूत ढकालबीच भेट
प्रशासन, समाचार

राष्ट्रपति पौडेल र स्पेनका लागि नेपाली राजदूत ढकालबीच भेट

नेपालअखबार, काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेल र स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालबीच भेट भएको छ। शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर ढकालले राष्ट्रपति पौडेललाई बधाई दिएकी हुन्। स्पेनमा रहेका नेपाली समुदायको तर्फबाट पनि उनले बधाई दिएकी हुन्। यस्तै उनीहरूबीच नेपाल र स्पेनको सम्बन्ध र आपसी सहयोगलाई थप प्रगाढ बनाउने उपायबारे छलफल भएको थियो। राष्ट्रपति पौडेलले पनि राजदूत ढकालले नेपाल-स्पेनको सम्बन्धलाई प्रवर्द्धन र स्पेनको समुदायमा नेपाली गरेको योगदानप्रति प्रशंसा गरे।...
सेनाले ‘सफा हिमाल अभियान’ सञ्चालन गर्दै
प्रशासन, समाचार

सेनाले ‘सफा हिमाल अभियान’ सञ्चालन गर्दै

नेपालअखबार, काठमाडौँ । नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ । उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर सङ्कलनको लक्ष्य राखिएको छ  । उक्त अभियानका क्रममा सगरमाथाबाट १० हजार, ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट १० केजी फोहर सङ्कलन गर्ने लक्ष्य रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । प्रकृति र पर्यावरण  प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रम कार्यान्वनलाई सेनाले प्राथमिकतामा राखेको छ । विश्व वातावरणमा परेको प्रतिकूल असरबारे सचेतना फैलाउन र हिमशृङ्खलाको मनोरम सौन्दर्यलाई अक्षुण राख्ने सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ । सन् १९५३...
बेनी-जोमसोम सडकमा दैनिक ६ घण्टा यातायात बन्द
प्रशासन, समाचार

बेनी-जोमसोम सडकमा दैनिक ६ घण्टा यातायात बन्द

नेपालअखबार, म्याग्दी। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ६ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ। म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिए। ‘चैते दशैंको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ,’ उनले भने, ‘पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको कामसँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय त...
पाँच जना डीआईजी एआईजी बढुवामा सिफारिस
प्रशासन, समाचार

पाँच जना डीआईजी एआईजी बढुवामा सिफारिस

नेपालअखबार, काठमाडौँ। सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक(डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस हुने डीआईजीहरुमा क्रमशः बसन्त बहादुर कुबर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन्। पाँच जना एआईजीको पद लामो समयसम्म खाली रहेपनि बढुवा हुन सकेको थिएन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पछि बढुवा समितिको बैठकले उम्मेदवार सूचीको नाम टुंग्याउँदै पाँच जना डीआईजीको सिफारिस गरेको हो।...
उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नगर्न आयोगको निर्देशन
प्रशासन, समाचार

उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नगर्न आयोगको निर्देशन

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले चैत ५ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदवारको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको छ। शुक्रबार बसेको आयोगको बैठकले खस-आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो। कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपराष्ट्रपतिमा पुरूषको उम्मेदवारी दर्ता नहुने बताए। ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने भन्ने कुरा संविधानमा लेखिएको छ। आयोगले त्यसै अनुसार निर्देशन दिएको हो,’ थपलियाले भने,‘हिजो रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले खस-आर्य समुदायका महिलाले पनि उम्मेदवारी दिन पाउनु हुन्न।’ उपराष्ट्रपतिका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ।...
चितवन–२ उपनिर्वाचन: दलहरूलाई चिन्ह प्रदान
प्रशासन, समाचार

चितवन–२ उपनिर्वाचन: दलहरूलाई चिन्ह प्रदान

नेपालअखबार, काठमाडाैं । आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ। दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको हो। सोही दफाको उपदफा (७) बमोजिम उपनिर्वाचन हुँदाका बखत प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ती दलले २०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याका आधारमा र प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमका आधारमा उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालल...
आज प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
प्रशासन, समाचार

आज प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

नेपालअखबार,  काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ। उनीमाथि पाँच हजार जनाको हत्या गरेको साबित बयानलाई आधार बनाएर गत मंगलबार मुद्दा दायर भएकोमा आज त्यसमाथि सुनुवाइ हुने भएको हो। प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्ध कालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए । सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा दायर गरेका थिए । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका हुन् । शन्ति प्रक्रियासँग सम्बन्धित मुद्दा सार्वोच्चमा दर्ता भएपछि नेपालको राजनीति तरङ्गीत भएको छ । माओवादी पृष्ठभूमिका विभिन्न आठ राजनीतिक दलले शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने जु...
रविलाई पक्राउ गरेर अनुसन्धान गर्न बाटो खुल्यो
प्रशासन, समाचार

रविलाई पक्राउ गरेर अनुसन्धान गर्न बाटो खुल्यो

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई राहदानी प्रकरणमा पक्राउ गरि छानविन गर्न बाटो खुलेको छ । सर्वोच्चको आदेशबाट प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका तत्कालीन उपप्रधान एवं गृहमन्त्री लामिछाने अहिले चितवनमा चुनावी अभियानमा जुटिसकेका छन् । तर, लामिछानेलाई प्रहरीले राहदानी दुरुपयोगमा अदालतबाट तत्कालै पक्राउ पूर्जी जारी गरेर पक्राउ गरि अनुसन्धानको दायरामा ल्याउने बाटो खुलेको संविधानविद्हरुको भनाई छ । लमिछानेले अमेरिकी नागरिकता नत्याग्दै नेपाली राहदानी लिएर विदेश भ्रमणसमेत गरिसकेका छन् । लामिछानेले १० फागुन, २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट शुरुमा नागरिकताको प्रमाणपत्र लिएका थिए ।अमेरिका पुगेको उनले २१ फेब्रुअरी, २०१४ (तदनुसार ९ फागुन २०७०) मा त्यहाँको नागरिकता प्राप्त गरे । करिब तीन वर्षपछि ११ मे २०१५ (२८ वैशाख २०७२) मा उनी नेपाल ...
राष्ट्रपति निर्वाचनको अघिल्लो ४८ घण्टादेखि प्रचारप्रसार निषेध
प्रशासन, समाचार

राष्ट्रपति निर्वाचनको अघिल्लो ४८ घण्टादेखि प्रचारप्रसार निषेध

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरेको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । आयोगले निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको जानकारी दिएका हुन् । निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को ...
यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने ५ जना  पक्राउ
प्रशासन, समाचार

यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने ५ जना पक्राउ

नेपालअखबार, काठमाडौं । यात्रुसँग निर्धारित भन्दा बढी भाडा असुल्ने पाँच जना पक्राउ परेका छन् । आज शनिबार बिहान काठमाडौंको बल्खुबाट ट्राफिक प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुविधा काउण्टरमा कार्यरत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरमा काम गर्ने काठमाडौंको चन्द्रागिरि नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्णबहादुर योञ्जन रहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले आज बिहानै बल्खु क्षेत्रमा अनुगमन ...