Sunday, August 9

प्रशासन

५० प्रतिशत कैद भुक्तान भएका थुनुवा मुद्दामा छुट्टै सुनुवाइ गरिने
प्रशासन, समाचार

५० प्रतिशत कैद भुक्तान भएका थुनुवा मुद्दामा छुट्टै सुनुवाइ गरिने

सर्वोच्च अदालतले विचाराधीन थुनुवा रहेका मुद्दामध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका थुनुवाका मुद्दा पहिचान गरी त्यस्ता मुद्दालाई निश्चित दिन छुट्टै पेसी चढाई सुनुवाइ गर्ने भएको छ । अदालतले त्यस्ता मुद्दाको समूह स्थगित नहुने गरी अभियानका मुद्दासरह पेसी व्यवस्थापन गरी सुनुवाइ गर्ने प्रबन्ध मिलाउने निर्णय सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ११३ बमोजिम गठित मुद्दा व्यवस्थापन समितिको सिफारिसबमोजिम यही कात्तिक १६ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले उक्त निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । सर्वोच्च अदालतमा विचाराधीन रहेका प्रतिवेदनको सुनुवाइ हप्ताको एकदिन शुक्रबार मात्र हुने गरेको थियो । एक दिन १ः३० बजेसम्म मात्र सुनुवाइ गर्दा त्यस्ता प्रतिवेदनको अपेक्षितरूपमा फर्छ्योट हुन नसकी सङ्ख्या बढ्दै गएकाले प्रत्येक हप्ताको शुक्रब...
एकपक्षीय समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको ध्यानाकर्षण
प्रशासन, समाचार

एकपक्षीय समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको ध्यानाकर्षण

प्रेस काउन्सिल नेपालले निर्वाचन केन्द्रित समाचार तथा विज्ञापनहरू एकपक्षीय रूपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । सोमबार काउन्सिलले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यमलाई निर्वाचनको प्रचारप्रसारको क्रममा निर्वाचनमा सहभागी राजनीतिक दलका आमसभा र भेला जस्ता कार्यक्रम चलिरहेको अवस्थामा यस्ता कार्यक्रमहरूको समाचार एकपक्षीय रूपमा सम्प्रेषण नगर्न भनेको हो । साथै सञ्चारमाध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको मत आह्वान विज्ञापनहरू प्रकाशन तथा प्रशारण गर्दा निर्वाचन आचारसंहिता बमोजिम सो विज्ञापनमा सशुल्क भएको जनाउ दिनुपर्नेमा समेत ध्यानाकर्षण भएको काउन्सिलले जनाएको छ । काउन्सिलले आफ्नो अधिकार क्षेत्रभित्र रहेर गरिएका कतिपय अनुगमन, कारबाही, अपीलजस्ता विषयलाई अन्यथा रूपमा नबुझ्न सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ । ‘प्रेस काउन्सिल नेपाल स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वर्द्ध...
निर्देशिका बमोजिम सञ्चालन नगर्ने २० वटा स्कुल बस प्रहरी नियन्त्रणमा
प्रशासन, समाचार

निर्देशिका बमोजिम सञ्चालन नगर्ने २० वटा स्कुल बस प्रहरी नियन्त्रणमा

नेपालअखबार,काठमाडौँ | विधार्थीहरुको सुरक्षित आवागमनको लागि स्कुल बस निर्देशिका अनुसार सवारी साधन सञ्चालन नगर्ने २० वटा स्कुल बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनीहरूलाई  १५ दिन भित्र मापदण्ड पूरा गरी ट्राफिक प्रहरी कार्यालयमा देखाउने सर्तमा छाडिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोमबार गरिएको चेकजाँचमा सवारी चालक अनुमतिपत्र नभएको एक, बसको झ्यालमा डण्डी नराख्ने १०,कागजपत्र साथमा नराख्ने ४ वटा र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५ वटा स्कुल बसलाई नियन्त्रणमा लिएको हो । विशेष गरी पछिल्लो समयमा मापदण्ड विपरीत विद्यार्थी बोक्ने सवारी साधन सञ्चालन गर्दा दुर्घटना समेत बढी हुने  गरेकाले मापदण्ड विपरीत स्कुल बस सञ्चालन नगर्नु काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । मापदण्ड अनुसार स्कुल बस सञ्चालन भए नभएको निरन्तर अनुगमन गरिने साथै मापदण्ड ...
वडाअध्यक्ष रिजाललाई पाँच हजार जरिवाना
प्रशासन, समाचार

वडाअध्यक्ष रिजाललाई पाँच हजार जरिवाना

नेपालअखबार, काठमाडाैं । काठमाडाैँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो । रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो । रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको छ ।  ...
मेयर बालेन्द्र शाहलाई निर्वाचन आयोगको स्पष्टीकरण
प्रशासन, समाचार

मेयर बालेन्द्र शाहलाई निर्वाचन आयोगको स्पष्टीकरण

नेपालअखबार,काठमाडाैं । निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई स्पष्टिकरण सोधेको छ । इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टीकरण मागेको हो । आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टीकरण दिन मेयर साहलाई निर्देशन दिएको छ ।...
मतपत्र छापेर सकियो
प्रशासन, समाचार

मतपत्र छापेर सकियो

नेपालअखबार, काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र छापिएको छ । निर्वाचन आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समयसीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छापेर सकेको हो । शुक्रवार जनक शिक्षा सामग्रीमा मतपत्र छपाइ सम्बन्धी कामको अवलोकन गर्दै निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधि भन्दा दुई दिन अगावै सबै मतपत्र छापिएको बताए । उनले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाइ सकिएको र नमूना मतपत्र २२ लाख गरी कुल करिब ८ करोड २५ लाख मतपत्र छापिएको बताए । उनले दुर्गम ठाउँमा यसअघि नै मतपत्र पठाइएको पनि बताए । ‘कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको छ, प्रदेश १, मधेस प्रदेश र वागमती प्रदे...
१७ वटा सञ्चारमाध्यमले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरे : प्रेस काउन्सिल
प्रशासन, समाचार

१७ वटा सञ्चारमाध्यमले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरे : प्रेस काउन्सिल

नेपालअखबार, काठमाडाैं  । प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन केन्द्रित आचारसंहिता अनुगमनका क्रममा १७ वटा समाचार माध्यमबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको छ ।  काउन्सिलद्वारा आज जारी प्रेस विज्ञप्तिमा यही कार्तिक १६ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार २ वटा छापा माध्यम, २ वटा टेलिभिजन र १३ वटा अनलाइनले निर्वाचन आचारसंहिता प्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको जनाइएको छ । यी समाचार माध्यममध्ये ४ वटालाई निर्देशन, २ वटालाई ध्यानाकर्षण, ६ वटालाई सचेत र ४ वटालाई स्पष्टीकरण पत्र पठाइएको र दर्ता÷सूचीकरण नभएका २ वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको काउन्सिल वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘अनुगमनको क्रममा केही सञ्चारमाध्यमबाट राजनीतिक द...
चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न
प्रशासन, समाचार

चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न

नेपालअखबार, काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको हो । बिहीबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको हो । शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रदेश नं. १ को मतपत्र ढुवानी शुरु हुने छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ । यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने छ । जसमध्ये अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी छ । शुक्रबारसम्म सबै मतपत्र छपाइ सम्पन्न ...
चुनाव प्रचार आजदेखि हेलिकोप्टर प्रयोग गर्न पाउने
प्रशासन, समाचार

चुनाव प्रचार आजदेखि हेलिकोप्टर प्रयोग गर्न पाउने

नेपालअखबार, काठमाडौं । मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार आजदेखि गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । हालसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने छन् । साथै उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न पाउँछन् । चुनाव प्रचारका लागि दलका शीर्ष नेताहरु देश दौडाहामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा गएका छन् । सरकारी स्रोतसाधन दुरुपयोग नगर्ने गरी आयोगले देउवालाई चुनाव प्रचारको अनुमति दिइसकेको छ । कांग्रेस सभापतिसमेत रहेका देउवाले मुख्य प्रचारकको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति पाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आयोगबाट हेलिकोप्टर प्रयोगको अनुमति पाएका छन् । ओलीले मुख्य प्रचारकको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति पाएक...
आजदेखि सबै सरकारी कार्यालय एक घण्टा अगाडि नै बन्द हुने
प्रशासन, समाचार

आजदेखि सबै सरकारी कार्यालय एक घण्टा अगाडि नै बन्द हुने

नेपालअखबार, काठमाडाैं । आजदेखि सबै सरकारी कार्यालय तीन महिनाका लागि एक घण्टा अगाडि नै बन्द हुने भएको छ। गृह मन्त्रालयले वैशाख २६ गते राजपत्रमै सूचना जारी गरेको थियो। उक्त सूचनामा कात्तिक १६ गते देखि माघ १५ गतेसम्म एक घण्टा अगाडि नै कार्यालय बन्द हुने उल्लेख छ। कात्तिक १६ गते देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि अपरान्ह साढे चार बजेसम्म रहनेछ। यसअघि साढे ५ सम्म कार्यालय समय थियो। गृह मन्त्रालयले सोही समय प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर उक्त निर्णय असार २ गते राजपत्रमै सूचना जारी गरी खारेज गरेको थियो।...