Thursday, October 22

प्रशासन

पूर्वसूचनाबिना कतै विद्युत् बन्द सिधै उर्जा मन्त्रालयमा खबर गर्नु
प्रशासन, समाचार

पूर्वसूचनाबिना कतै विद्युत् बन्द सिधै उर्जा मन्त्रालयमा खबर गर्नु

नेपाल अखबार, काठमाडाैं। पूर्वसूचनाबिना कतै विद्युत् बन्द भएमा सीधै ऊर्जा मन्त्रालय वा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा जानकारी गराउन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीको सचिवालयले उपभोक्तालाई अनुरोध गरेको छ। ऊर्जामन्त्री वर्षमान पुन अनन्तका प्रेस संयोजक दयानिधि भट्टले काठमाडौंका कतिपय ठाउँमा विद्युत् बन्द हुने भनेर भ्रम छर्ने गरिएको पाइएकाले यसमा सचेत हुन सर्वसाधारण सबैमा आग्रह गरेका हुन्। ऊर्जामन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले सामाजिक सञ्जालमार्फत दिएको सूचना-...
पेरिसडाँडाबाट बालिका खड्का प्रहरी नियन्त्रणमा
प्रशासन, समाचार

पेरिसडाँडाबाट बालिका खड्का प्रहरी नियन्त्रणमा

नेपाल अखबार, काठमाडौं । आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी महिला बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।उनले नेताहरुलाई भेट्नुपर्ने बताउँदै कार्यालयमा छिर्न खोजेकी थिइन् । हाल उनलाई महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले बताए । दोलखाकी नेकपा कार्यकर्ता खड्काले मुख्यमन्त्री राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् । तर, उनले ३१ भदौमा अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको उल्लेख गर्दै मुद्दा फिर्ताका लागि निवेदन दिएक...
बागमती प्रदेशका २८ स्थानीय तहमा प्रहरीको गुनासो पेटिका
प्रदेश ३, प्रशासन, समाचार

बागमती प्रदेशका २८ स्थानीय तहमा प्रहरीको गुनासो पेटिका

नेपाल अखबार, हेटौंडा । आफूविरुद्ध गुनासो संकलन गर्न प्रहरीले बागमती प्रदेशका २८ वटा स्थानीय तहमा गुनासो पेटिका स्थापना गरेको छ । प्रदेशको राजधानी हेटौंडाबाट थालिएको अभियानको प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले उपमहानगरपालिका कार्यालय परिसरमा पेटिका राख्दै सुरुवात गरेका हुन् । नागरिकबाट प्रहरीसँग भएका गुनासो तथा सुझाव संकलन गरी सेवालाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेश भरीका हरेक स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राख्ने निर्णय गरेको हो । प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीबाट सम्पादन भएका काम कारबाहीको बारेमा नागरिकबाट प्राप्त हुने सल्लाह, सुझाव तथा गुनासोलाई उचित सम्बोधन गरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटिका सञ्चालनसम्बन्धी कार्ययोजना निर्माण गरिएको प्रहरी नायब महानिरीक्षक लामाले बताए । कार्य...
दुई महिनादेखि कृषि विश्वविद्यालयमा तालाबन्दी
प्रशासन, शिक्षा, समाचार

दुई महिनादेखि कृषि विश्वविद्यालयमा तालाबन्दी

नेपाल अखबार, काठमाडाैं। अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दासम्म खुल्न सकेको छैन । पदाधिकारीको अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको नेतृत्वमा अस्थायी र करार कर्मचारीहरु सहितले विश्वविद्यालयमा साउन १२ गते तालाबन्दी गरेका हुन् । उनीहरुले केन्द्रीय कार्यालयसँगै कृषि र भेटेरिनरी सङ्कायमा पनि तालाबन्दी गरेका छन् । सङ्गठनका अध्यक्ष अचल शाक्यले त्यहाँ कार्यरत २४ करार कर्मचारीलाई स्थायी र ८५ ज्यालादारी कर्मचारीलाई करारसहितका विभिन्न माग राख्दै तालाबन्दी गरिएको बताए । हाल उपकुलपतिको जिम्मेवारी पाउनुभएका डा शारदा थपलियाले आफ्नो अधिकारबाहिर गएर अन्य सबै काम गरेको भए पनि आफ्ना मागहरु सम्बोधन गर्ने विषयमा अनुदार भएकै कारण तालाबन्दी ...
पोखरा महानगरद्धारा चार प्राविधिक शिक्षालयसँग सम्झौता
प्रशासन, शिक्षा, समाचार

पोखरा महानगरद्धारा चार प्राविधिक शिक्षालयसँग सम्झौता

नेपाल अखबार, पाेखरा।  राष्ट्रिय विज्ञान दिवसका अवसरमा पोखरा महानगरपालिका कार्यालयले आज यहाँस्थित विभिन्न चार वटा प्राविधिक शिक्षालयसँग शिक्षालयको ज्ञान,सीप र जनशक्तिको उपयोग गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । महानगरस्थित प्राविधिक क्याम्पसहरुको क्षमतालाई स्थानीय निकायको विकासमा जोडेर लैजाने उद्धेश्यका साथ इन्जिीनियरिङ अध्ययन संस्थान अन्तर्गतको पश्चिमाञ्चल क्याम्पस, वन विज्ञान अध्ययन संस्था अन्तर्गतको वन क्याम्पस, नर्सिङ क्याम्पस तथा जेन्टा क्लब पोखरासँग साझेदारी पत्रमा हस्ताक्षर गरिएको महानगरले जनाएको छ । महानगरपालिकाको तर्फबाट महानगर प्रमुख मानबहादुर जिसी तथा पश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख राम प्रसाद पौडेल, वन क्याम्पस पोखराका प्रमुख विनोद हयेजु, नर्सिङ क्याम्पस प्रमुख निता ताम्राकार र जेन्टा क्लबका उपाध्यक्ष निरुता थापाले प्राविधिक ज्ञान, सीप र जनशक्ति विकासमा सहकार...
गण्डकी प्रदेशमा ४० भन्दा बढी ऐनकानून निर्माण भइसकेका छन् : मन्त्री चुमान
प्रदेश ४, प्रशासन, समाचार

गण्डकी प्रदेशमा ४० भन्दा बढी ऐनकानून निर्माण भइसकेका छन् : मन्त्री चुमान

वासुदेव पौडेल, पाेखरा । संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएसँगै शुरु भएको कार्यान्वयन प्रक्रिया क्रमिक रुपमा अघि बढेको छ । संविधानतः गठित सङ्घ, प्रदेश र स्थानीय तहले आफ्ना कामकारवाही अघि बढाइरहेका छन् । सरकारले संविधान घोषणा गरिएको दिन प्रत्येक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसकै रुपमा संविधान दिवस मनाउँदै आएको छ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयनमा अधिकारको बाँडफाँटलगायत विषयमा अझै पनि कतिपय अस्पष्टताले समस्या ल्याउने गरेको छ । नेपालको संवैधानिक इतिहासमा पहिलो संविधान नेपाल सरकार वैधानिक कानून, २००४ घोषणा भएयता वर्तमान संविधानसमेत गरी सात संविधान जारी भइसकेका छन् । राज्यको मूल कानून संविधानकै मर्म र भावनानुरुप अन्य कानून निर्माण हुने संवैधानिक प्रचलन छ । वर्तमान संविधानले २५० वर्षदेखिको एकात्मक र...
आजबाट काठमाडौं उपत्यकामा निषेध अझ खुकुलो
प्रशासन, समाचार, समाज

आजबाट काठमाडौं उपत्यकामा निषेध अझ खुकुलो

नेपालअखबार, काठमाडौं । काठमाडौं उपत्यकामा आज (बिहीबार) देखि निषेध अझ खुकुलो बनाइएको छ। उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले एकसाथ आदेश जारी गरी असोज १ देखि ५ बुँदामा उल्लेख (विज्ञप्ति अन्तिममा राखिएकाे छ) बाहेक अन्य सबै गतिविधि खुला गरेका हुन्। तर यसको अर्थ कोरोना भाइरसको जोखिम कम भएको भनेर पटक्कै नबुझ्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालले सुझाव दिएका छन्। जनजीविकाका लागि सहज होस् भनेर आजदेखि प्रतिबन्ध केही खुकुलो मात्र बनाइएको उल्लेख गर्दै सीडीओ दाहालले बिहीबार बिहान  भने, ‘वरिपरि भाइरस छन्, हिजोभन्दा १० गुना बढी सतर्कता अपनाउन जरुरी छ।’ उनका अनुसार सरकारले नागरिकलाई प्रमुख दुइटा कुरा भनेको छ– १.   ६ महिनामा जे सिक्यौं- कोरोना भाइरस कस्तो हो, कसरी सर्छ, यसको रोकथाम/नियन्त्रण गर्न के गर्नुपर्छ? यी कुरा जीवनशैलीमा उताराैँ। २.   भाइरस वरिपरि छन्, आँगनमा, पस...
भोलि देशभरका सबै अदालत बन्द
प्रशासन, समाचार, हाइलाइट-समाचार

भोलि देशभरका सबै अदालत बन्द

नेपाल अखबार, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।सप्तरी जिल्लामा १९७६ सालमा जन्मिएका सिंहले २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थिए । विसं २००३ देखि सरकारी सेवामा बडाहाकिम पदबाट सिंहले सेवा प्रारम्भ गरेका थिए । रासस...
नयाँ नक्सा भएको सिक्का निष्कासन हुने
अर्थ, प्रशासन, समाचार

नयाँ नक्सा भएको सिक्का निष्कासन हुने

नेपाल अखबार, काठमाडौं । सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो । नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्नका केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएको नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघिका नोट र सिक्काहरुमा पुरानो नक्सा छन् । सरकारको अनुमति पाएसँगै अब लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहितको सिक्का निष्कासनको प्रक्रिया शुरु हुने राष्ट्र बैंकले बताएको छ ।...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बन्द
प्रदेश ४, प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बन्द

नेपाल अखबार, पाेखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका-१० की २४ वर्षीया महिलामा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि शल्यक्रिया विभाग तथा वार्डको निर्मलीकरणका लागि प्रसूति सेवा बन्द गरिएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो । महिलाको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र उनीहरुको नतिजा नेगेटिभ नआएसम्मका लागि अत्यावश्यक शल्यक्रिया गर्नुपर्ने बाहेकका अन्य सेवाहरु बिहीबारसम्म बन्द गरिएको उहाँको भनाइ छ । अस्पतालले प्रसूति बाहेकका अस्पतालले प्रदान गर्दै आएको अन्य सम्पूर्ण सेवाहरु भने सञ्चालनमा रहेको सेवाग...