पोखरा महानगरद्धारा चार प्राविधिक शिक्षालयसँग सम्झौता
नेपाल अखबार, पाेखरा। राष्ट्रिय विज्ञान दिवसका अवसरमा पोखरा महानगरपालिका कार्यालयले आज यहाँस्थित विभिन्न चार वटा प्राविधिक शिक्षालयसँग शिक्षालयको ज्ञान,सीप र जनशक्तिको उपयोग गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
महानगरस्थित प्राविधिक क्याम्पसहरुको क्षमतालाई स्थानीय निकायको विकासमा जोडेर लैजाने उद्धेश्यका साथ इन्जिीनियरिङ अध्ययन संस्थान अन्तर्गतको पश्चिमाञ्चल क्याम्पस, वन विज्ञान अध्ययन संस्था अन्तर्गतको वन क्याम्पस, नर्सिङ क्याम्पस तथा जेन्टा क्लब पोखरासँग साझेदारी पत्रमा हस्ताक्षर गरिएको महानगरले जनाएको छ ।
महानगरपालिकाको तर्फबाट महानगर प्रमुख मानबहादुर जिसी तथा पश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख राम प्रसाद पौडेल, वन क्याम्पस पोखराका प्रमुख विनोद हयेजु, नर्सिङ क्याम्पस प्रमुख निता ताम्राकार र जेन्टा क्लबका उपाध्यक्ष निरुता थापाले प्राविधिक ज्ञान, सीप र जनशक्ति विकासमा सहकार...
