Wednesday, April 22

प्रशासन

राष्ट्रिय झण्डा जलाएर ‘म्यूजिक भिडियो’ बनाउने समूहका एकजना पक्राउ
प्रशासन, समाचार

राष्ट्रिय झण्डा जलाएर ‘म्यूजिक भिडियो’ बनाउने समूहका एकजना पक्राउ

नेपाल अखबार, काठमाडौं । राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो सुट गर्ने समूहका एक जनालाई प्रहरीले पक्रेको छ । ‘देशद्रोही’ शीर्षकको विवादास्पद भिडियो बनाउने समूहका इशाक लिम्बुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । ललितपुरको नखिपोट घर भएका इशाकले सो भिडियोमा क्यामरापर्सनको भूमिका निभाएका थिए । सो समूहका अरु चारजना फरार छन् । मकवानपुरमा सुट गरिएको सो म्यूजिक भिडियो सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो । नेपालको झण्डा जलाएको दृश्य समावेश गरिएको सो भिडियोबारे सामाजिक संजालमा चर्को विरोध भएको छ ।...
१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार : एक गोरखा सैनिकको घर र जागीर पनि गुम्यो, अढाइ वर्ष कैद
प्रशासन, समाचार

१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार : एक गोरखा सैनिकको घर र जागीर पनि गुम्यो, अढाइ वर्ष कैद

नेपाल अखबार,गोरखा । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बेलायती अदालतले एक गोरखा सैनिकलाई साढे दुई वर्ष जेल सजाय सुनाएको छ। साथीकी १३ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा बेलायती सेनामा कार्यरत ४४ वर्षीय विनोद राईलाई त्यहाँको अदालतले अढाइ वर्ष जेल सजायको फैसला गरेको हो। राईले आरोपलाई अदालतसमक्ष स्वीकारेका भने थिएनन्। गत वर्षको १९ जुलाइमा स्थानीय रेल स्टेशनबाट आफ्ना बालबालिका घर ल्याउने क्रममा उनले १३ वर्षभन्दा सानो उमेर मात्र उल्लेख गरिएकी ती बालिकालाई पनि साथमा ल्याएका थिए। आफ्ना बच्चाहरू घरमा ल्याएर छाडेपछि राईले आफ्नो सिटबाट उठेर गाडीको ढोका खोलेर बालिकालाई गाडीको सिटमा ढल्केर बस्न भनी उनको वक्षस्थल छोएको समाचार बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले उल्लेख गरेको छ। बालिकाका अभिभावकले राईसँगै आफ्नो बच्चालाई घरमा ल्याइदिन अनुमतिसमेत नदिएका बताएका छन्। घटना यो...
गर्भवती महिलाको हत्या आरोपमा पति र सासु पक्राउ
प्रशासन, समाचार

गर्भवती महिलाको हत्या आरोपमा पति र सासु पक्राउ

नेपाल अखबार, सिरहा । गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो । करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि उनका पति र सासूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पक्राउ परेका आमा छोरामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । घटनाको भोलिपल्ट गत साउन २८ गते बिहान छिमेकीहरुले घटनाबारे जानकारी गराएपछि घटना थाहा पाएको र शव परीक्षणको रिपोर्ट आएपछि किटानी उजुरी दिन प्रहरीले भनेकाले साउन ३० गते प...
बारामा भीड भगाउन प्रहरीले गर्‍यो हवाइ फायर
प्रशासन, समाचार

बारामा भीड भगाउन प्रहरीले गर्‍यो हवाइ फायर

नेपाल अखबार,बारा  ।  प्रहरीले बारामा हवाइ फायर गरेको छ। बाराको सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका स्थानीयबीच माछा मार्ने विषयमा विवाद भएपछि झडप भएको थियो। स्थानीयको ढुंगामुढामा परी प्रहरी समेत घाइते भएकाले स्थिति नियन्त्रणमा लिन १३ राउण्ड हवाइ फायर र ६ सेल अश्रुग्यास प्रहार गर्नुपरेको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए। झडपका क्रममा चार जना प्रहरी र १० जना बढी सर्वसाधारणलाई चोटपटक लागेको छ। अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।...
पोखरा आज राती १२ बजेपछि एक हप्ताको लागि पोखरा शिल हुने
प्रशासन, समाचार

पोखरा आज राती १२ बजेपछि एक हप्ताको लागि पोखरा शिल हुने

नेपाल अखबार, पाेखरा।  पोखरामा आज रातिदेखि एक साताका लागि निषेधाज्ञा जारी हुने भएको छ । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले एक साताका लागि कडा निषेधाज्ञा लगाउने निर्णय गरेको हो । महानगरले आज राती १२ बजेपछि एक हप्ताको लागि पोखरा शिल गर्ने बुझिएको छ । पोखरा शिल गर्ने निर्णयको औपचारीक निर्णय भने केहि समयमा सार्वजानिक हुनेछ ।...
कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा जारी
प्रदेश ६, प्रशासन, समाचार

कर्णाली प्रदेशका तीन जिल्लामा निषेधाज्ञा जारी

नेपाल अखार, सुर्खेत । कर्णाली प्रदेशका तीन जिल्लामा आजबाट निषेधाज्ञा जारी गरिएको छ । कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि प्रदेशको सुर्खेत, जुम्ला र मुगुमा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन् । स्थानीय प्रशासनले प्रदेशका केही स्थानमा यसअघि नै निषेधाज्ञा जारी गरिसकेका छन् भने प्रदेश राजधानी वीरेन्द्रनगरलगायतका कतिपय स्थानीय तहमा भने आजदेखि निषेधाज्ञा जारी भएको छ । सुर्खेतको वीरेन्द्रनगर, मुगुको गमगढी र जुम्लाको चन्दननाथमा आजदेखि निषेधाज्ञा लागू भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुम्लामा यसअघि पनि पटक–पटक निषेधाज्ञा लागू गरिसकिएको छ । साथै रुकुम–पश्चिमको मुसिकोट नगरपालिकामा पनि बुधवारदेखि निषेधाज्ञा जारी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । प्रदेश राजधानीसमेत र...
छोरी जन्माउने आमालाई भत्ता
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

छोरी जन्माउने आमालाई भत्ता

नेपाल अखबार, बैतडी। दोगडाकेदार गाउँपालिकाले गत आर्थिक वर्षमा छोरी जन्माउने २१३ आमालाई प्रोत्साहन भत्ता वितरण गरेको जनाएको छ । स्वास्थ्य संस्थामै छोरी जन्माएका ती आमाले रु एक हजारका दरले प्रोत्साहन भत्ता पाएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । उनले भने, “स्वास्थ्य संस्थामै छोरी जन्माएका आमा र शिशुको पोषण अवस्था सुधारका लागि उक्त रकम दिने गरेका हौँ ।” छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा छोराछोरी बीचको समानता कायम गर्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताए ।  उनले भने, “छोरीले पनि छोरा सरह नै काम गर्न सक्छन् भन्ने बुझाउन र समाजले उनीहरुलाई समान दृष्टिकोणले हेर्ने चेतनाको विकासका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको  हो ।” नेपाल सरकारले संस्थागत सुत्केरी भए यातायताबापत दिने रु दुई हजार र चार...
कपिलवस्तुमा भदौ ७ सम्म लम्बियो निषेधाज्ञा
प्रशासन, समाचार, समाज

कपिलवस्तुमा भदौ ७ सम्म लम्बियो निषेधाज्ञा

नेपाल अखबार, बुटवल । कपिलवस्तुमा जारी निषेधाज्ञा एक हप्तासम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा आइतबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको हो । कोरोना संक्रमणको दर पुनः बढेकाले जिल्ला उच्च जोखिममा रहेकोले आइतबार राति १२ बजेसम्म यसअघि जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजे सम्मका लागि थप गर्ने निर्णण गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । निषेधाज्ञा अवधिमा अत्यावश्यक वाहेक सबै खाले ब्यवसाय, सेवा तथा कार्यालयहरु र बजार बन्द रहने छन् । खाद्यान्न, तरकारी, फलफूल, दूध, पेट्रोेलियम पदार्थ, ग्यास, औषधि, पानी र पशुपंक्षी दाना ढुवानी गर्ने सवारी साधनहरु तथा एम्बुलेन्स र शववाहन भने चल्न पाउनेछन् । यस्तै राजमार्ग भएर गुड्ने सवारी साधनहरु जिल्लामा पर्ने सडकमा रोकेर यात्रु ओरा...
सर्लाहीमा एक साता थपियो निषेधाज्ञा
प्रशासन, समाचार, समाज

सर्लाहीमा एक साता थपियो निषेधाज्ञा

नेपाल अखबार, सर्लाही । कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि सर्लाहीमा निषेधाज्ञाको म्याद थप गरिएको छ । पछिल्लो पटक साउन ३२ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समय सकिन लागेपछि आइतबार निषेधाज्ञाको म्याद थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आगामी भदौ ७ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको उनले बताए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि समय थप गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सर्लाहीमा यसअघि साउन २६ गतेदेखि साउन मसान्तसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसअघि २१ साउनदेखि अति आवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय गरिएको थियो ।...
काभ्रेका ६ नगरपालिकामा उच्च सतर्कता
प्रशासन, समाचार

काभ्रेका ६ नगरपालिकामा उच्च सतर्कता

नेपाल अखबार, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका छ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् । जिप्रकाले शुक्रबार सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण जिल्लामा समेत बढ्दै गइरहेको सन्दर्भमा मानिसको जमघट, भेला भीडभाडबाट उक्त रोगको सङ्क्रमण फैलिन सक्ने भएकाले धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकालगायतका बजार क्षेत्रमा अत्यावश्यक बाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल भेलाजस्ता काम नगर्न÷नगराउन सबैमा अनुरोध गरेसँगै नगपालिकाहरुले सूचना जारी गर्दै सतर्कता अपनाउन आम नगरवासीमा आग्रह गरेका हुन् । यसैबीच बनेपा नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै शनिबारबाट अत्यावश्यकबाहेकका अन्य सबै सेवा बन्द गर्ने जनाएको छ । पछिल्लो समयमा कोभिड–१९ सङ्क्...