अनमी र सीएमए पढाउने १३७ सीटीईभीटीका कलेजको सम्बन्धन खारेज
नेपाल अखबार, काठमाडाैं। राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) सँग सम्बन्धन लिएर सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ।
आयोगको साउन ३० गते बसेको बैठकले चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ अनुसार प्रमाणपत्र तहभन्दा मुनिका सबै कार्यक्रम खारेज गरेको हो । यो निर्णय यसै शैक्षिक सत्रदेखि लागू हुनेछ ।
आयोगका उपाअध्यक्ष श्रीकृष्ण गिरीले ऐनकै व्यवस्थाअनुसार सीटीईभीटीले चलाउँदै आएको प्रमाणपत्र तहमुनिका स्वास्थ्य विषयका कार्यक्रममा यस वर्षदेखि भर्ना लिन नपाउने निर्णय गरिएको जानकारी दिए । उनले भने, ‘चिकित्सा शिक्षा ऐन अनुसार नै हाम्रो छलफलले निर्णय गरेको हो ।’
योसँगै अनमी, सीएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ। त्यसैगरी त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आए...
