Saturday, November 15

प्रशासन

गाउँपालिका एक हप्ता बन्द
प्रशासन, स्वास्थ्य

गाउँपालिका एक हप्ता बन्द

नेपाल अखबार, तनहुँ। तनहुँमा सोमबार १७ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत छन् । बन्दीपुर गाउँपालिकामा थपिएका ११ मध्ये चिकित्सकसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र आठ क्वारेन्टिनमा बसेका सर्वसाधारण छन् । गाउँपालिकाबाट ३४ जनाको स्वाब सङ्कलन गरी जेठ २८ गते परीक्षणका लागि पठाइएकामा सोमबार उनीहरुमा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी दिए । बन्दीपुर गाउँपालिकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत कोरोना पुष्टि भएसँगै गाउँपालिकाले असार ९ गतेदेखि लागू हुने गरी गाउँपालिकाले प्रदान गर्दै आइरहेको सबै सेवा र इलाका प्रहरी कार्यालय बन्दीपुर एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाको सोमबार साँझ बसेको आकस्मिक बैठकले थप सङ्क्रमण हुन नदिन गाउँपालिका र प्रहरी कार्यालय एक हप्ताका लागि बन्द गर्ने निर्ण...
अस्ट्रेलियामा अलपत्र नेपाली उद्धार गर्न सुरु, आज आउँदै २५९ जना
प्रशासन, समाचार

अस्ट्रेलियामा अलपत्र नेपाली उद्धार गर्न सुरु, आज आउँदै २५९ जना

नेपाल अखबार, काठमाडाैंं। कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियामा अलपत्र नेपालीलाई फर्काउन सुरु गरिएको छ। आज (मंगलबार) पहिलो उडानअन्तर्गत नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत त्यहाँबाट २ सय ५९ नेपाली काठमाडौं आइपुग्दैछन्। जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे उड्ने नेपाली दूतावासले जनाएको छ। छोराछोरी भेट्न अस्ट्रेलिया पुगेका ती नेपाली लकडाउनका कारण चार महिनादेखि रोकिएका थिए। साथै आजकाे जहाजमा फर्किनेमा न्युजिल्यान्डका ११ नेपाली पनि छन्। नेपाल फर्किन उनीहरू आजै बिहान अस्ट्रेलिया विमानस्थल आइपुगेका हुन्। नेपाल फर्किन १३ सय जनाले फाराम भरेका छन्। तीमध्ये पहिलो चरणमा आज २ सय ५९ जनालाई काठमाडौं पठाउन लागिएको नेपाली दूतावासले जानकारी दिएको छ। फर्किने नेपाली आफैंले भाडा तिर्नुपर्नेछ। प्रतियात्रु भाडा २ हजार ३ सय ५० अस्ट्रेलियन डलर तोकिएको छ। जहाज चढ्नुअघि सबै यात्रुको स्वाब परीक्षण गरिएको छ भ...
कोरोना संक्रमित थपिएपछि गल्कोट नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द
प्रशासन

कोरोना संक्रमित थपिएपछि गल्कोट नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द

नेपाल अखबार,  बागलुङ। कोरोना भाइरस संक्रमण समुदायमा फैलिन नदिन भन्दै बागलुङको गल्कोट नगरपालिका क्षेत्रमा आजबाट अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन एक हप्ताका लागि बन्द गरिएको छ । नगरप्रमुख भरत शर्माले विरामी, औषधि पसल, बिउबिजन तथा दाना उद्योगबाहेकका सबै व्यापार व्यवसाय र सवारी साधन एक हप्तासम्म बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । नगरप्रमुख शर्माले नगरवासीलाई हतोत्साही नहुन र स्वतःस्फूर्तमा व्यापार व्यवसाय, व्यवसाय र आवतजावतलाई पूर्णरुपमा बन्द गरी नगरपालिकालाई सुरक्षित बनाउने अभियानमा सघाउन प्रेस विज्ञप्तिमार्फत् अनुरोध पनि गरेका छन् । आइतबार बिहान गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा  गल्कोट नगरपालिकाका चार जनामा काेराेना पुष्टि  भएको छ । यससँगै गल्कोटमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको नगरप्रम...
एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै
प्रशासन, शिक्षा

एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै

नेपाल अखबार, काठमाडाैं। माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ २८ गते संवत् २०७६ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा यसलाई संरचनाका रुपमा विकास गर्न कानूनमा परिवर्तन आवश्यक हुन्छ । उक्त निर्णयलाई शिक्षा क्षेत्रमा सकारात्मक मानिएको छ । मुलुकमा सङ्घीयता लागू भइसकेको र माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्मलाई जनाइने नीति जारी भइसकेको अवस्थामा यसअघि नै कक्षा १० को एसइई परीक्षा राष्ट्रियस्तरमा गरिरहन आवश्...
राती १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक, १५ भन्दा बढी भेला हुन नपाइने
प्रशासन, समाचार

राती १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक, १५ भन्दा बढी भेला हुन नपाइने

नेपाल अखबार, काठमाडौं। कोरोना संक्रमण नियन्त्रण गर्न गृह मन्त्रालयले राती १० बजे देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने निर्णय गरेको छ । “लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७” अन्तर्गत अब अत्यावश्यक अवस्थामा बाहेक राती १० बजे देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न पाइनेछैन । उक्त मापदण्डलाई कडाईका साथ लागू गर्न निर्देशन दिइएको छ यसको अनुगमन प्रहरीले गर्ने जनाइएको छ ।मापदण्ड अनुसार अब साँस्कृतिक वा सामाजिक कार्यमा १५ भन्दा बढी व्यक्ति सहभागी हुन समेत पाइने छैन । त्यस्तै भौतिक पुर्वाधार तथा विकास निर्माण, उत्पादनमूलक र औद्योगिक कामकाजमा पनि १० भन्दा बढी व्यक्ति एकै पटक एकै स्थानमा भेला हुन पाउने छैनन् ।...
इन्स्पेक्टरले हवल्दारसँग मिलेर आधा किलो सुन गायब बनाएपछि
प्रशासन, समाचार

इन्स्पेक्टरले हवल्दारसँग मिलेर आधा किलो सुन गायब बनाएपछि

नेपाल अखबार, काठमाडौं । रसुवाको टिमुरेमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत रहँदा प्रहरी निरीक्षक खेमप्रसाद नेपालले ५ सय ३३ ग्राम सुन गायब बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट खुलेको छ । कार्यालयमा कार्यरत हवल्दार रामशरण रिमालसँग मिलेमतो गरेर सुन आपसमा बाँडेको निष्कर्षसहित अख्तियारले भ्रष्टाचारसम्बन्धी कसूरमा विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २२ मंसिरमा १११ ग्राम र ११ पुस २०७६ मा रिमालले ना ६ ख ४९३२ नम्बरको कन्टेनरमा सवार यात्रुबाट ४२२ ग्राम सुन बरामद गरेका थिए । तर, सम्बन्धित निकायमा बुझाउनुपर्नेमा कसैलाई जानकारी नदिई अभियुक्तलाई पनि छाडेर विदामा बसेका थिए । त्यस क्रममा इन्स्पेक्टर नेपाल र रिमालबीच पटकपटक टेलिफोन सम्पर्क भएको देखिएको छ । रिमालले सुन बरामद गरेको थाहा भए पनि नेपालले उल्टै आउट विदामा छाडेको भेटिँदा नेपालको ...
सैनिक कल्याणकारी बाेर्डमा सीईओको जागिर खुल्यो
प्रशासन

सैनिक कल्याणकारी बाेर्डमा सीईओको जागिर खुल्यो

नेपाल अखबार, काठमाडौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ । कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमुख कार्यकारी अधिकृतदेखि पेट्रोल पम्पमा प्रबन्धकसम्मका पद रिक्त भएपछि सेनाले पदपूर्ति सम्बन्धी सूचना जारी गरेको हो । जसअनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कल्याणकारी योजना निर्देशनालयमा सम्पर्क गर्न भनिएका छ । सेनाका अनुसार कल्याण्कारी बोर्डमा प्रमुख कार्यकारी अधिकृतका लागि योग्यता अवकाश प्राप्त रथी वा उपरथी हुनुपर्नेछ । लघुवित्त शाखा प्रमुखका लागि अवकाश प्राप्त महासेनानी हुनुपर्नेछ । इपिसेन्टर कार्यालय, पोखराको कार्यालय प्रमुखका लागि पनि अवकाश प्राप्त महासेनानी अथवा प्रमुख सेनानी मागिएको छ । कल्याणकारी योजना निर्देशनालय, जंगीअड्डाका लागि सेनाबाट अवकाश प्राप्त लेखा अधिकृत र अवकाश प्राप्त माउसे वा सुक माग गरिएको छ । स...
१२ वर्षीया बालिका बलात्कारको आरोपमा दुई पक्राउ
प्रशासन, समाचार

१२ वर्षीया बालिका बलात्कारको आरोपमा दुई पक्राउ

नेपालअखबार,  कैलाली।  कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई पक्राउ गरेको जनाएको छ । पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस...
रुकुमपश्चिम घटनाका दोषीमाथि कारवाही प्रारम्भः गृह मन्त्रालय
प्रशासन

रुकुमपश्चिम घटनाका दोषीमाथि कारवाही प्रारम्भः गृह मन्त्रालय

नेपाल अखबार, काठमाडौं । सरकारले जातीय विभेदका घटना दोहोरिन नदिने र रुकुम पश्चिम घटनाको दोषीमाथि कानूनी कारवाही गर्न संवेदनशील रहेको जनाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले आज प्रेस विज्ञप्ति जारी गरी पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको जनाएका छन् । उनले सो घटनाका सम्बन्धमा विस्तृत छानबिन तथा अनुसन्धानपछि न्यायिक निरुपणका लागि अभियोजन भइसकेको जनाएका छन् । उनले मृतकको परिवार तथा घाइतेलाई मनासिव क्षतिपूर्ति भराउन अदालतमा माग दाबी भई पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको बताए । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती भन्ने स्थानमा गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ बस्ने नवराज विकसहित ६ जनाको मृत्यु भएको थियो । घटनाका सम्बन्धमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले घटनाका सम्बन्धमा विस्तृत छानबिन गरी दोषी...
सरकारले भन्यो : बाहिरबाट आउँदैमा कोरोना परीक्षण गर्न बाध्य नपार्नू
प्रशासन, समाचार

सरकारले भन्यो : बाहिरबाट आउँदैमा कोरोना परीक्षण गर्न बाध्य नपार्नू

नेपाल अखबार, काठमाडौं । सरकारले लकडाउन खुकुलो भएपछि एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्तिलाई कोरोना परीक्षणका लागि बाध्य नपार्न आग्रह गरेको छ । लकडाउन खुकुलो भएपछि घरबाट काठमाडौं र अन्य जिल्लामा काममा फर्किने मानिसको संख्या बढेसँगै त्यस्ता मानिसलाई स्थानीय तह, घरधनीहरुले कोरोना परीक्षण गराउन बाध्य पार्ने गरेका छन् । यसप्रति ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूले जारी गरेको निर्देशिका विपरीत कोरोना परीक्षण हुन नसक्ने बताएको छ । उसले निर्देशिकाभन्दा बाहिर गएर कोरोना परीक्षण नगर्न प्रयोगशाला, स्वास्थ्यकर्मी र अस्पतालहरुलाई पनि आग्रह गरेको छ । ‘बाहिर गएर आउँदा, यात्रा गर्दा संक्रमित हुने जोखिम हुन्छ नै त्यसो भनिरहँदा यात्रा गर्दा वा घरबाहिर गएर आउँदैमा परीक्षण गराइहाल्नुपर्छ भन्ने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको व्प्यवस्था निर्देशिकामा छैन’ मन्त्रालयका प्र...