अर्को चुनावमा मौन अवधि नहुने, ३३ प्रतिशत महिला प्रत्यक्षमा उठाउनैपर्ने कानुनको प्रस्ताव
नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले ७ वटा निर्वाचन कानुनलाई समेटेर बनाएको एकीकृत निर्वाचन कानुनको मस्यौदामा मौन अवधिको व्यवस्था नहुने प्रस्ताव गरिएको छ । बुधवार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अब बन्ने कानुनमा मौन अवधिलाई हटाइएको बताए ।
उनले भने– ‘अब बन्ने कानुनमा मौन अवधिलाई हटाइएको छ । त्यसको सट्टामा मतदान हुने समयभन्दा २४ घण्टा अगाडि चुनाव प्रचार प्रसार गर्न नपाइने प्रावधान राखिएको छ ।’ हाल कायम रहेको निर्वाचन सम्बन्धी कानुनमा निर्वाचन कार्यक्रम अन्तर्गत मतदानको अवधिभन्दा अगाडि ७२ घण्टा अर्थात ३ दिन मौन अवधिको व्यवस्था रहेको छ ।
समितिको बैठकमा मौन अवधिमा चुनाव जित्नका लागि व्यापक मात्रामा पैसाको चलखेल हुने बताएका थिए । जसले धेरै पैसा बाँड्छ उसले चुनाव जित्ने अवस्था रहेकोले मौन अवधिको समय राख...









