Saturday, October 10

प्रशासन

जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै
प्रशासन, समाचार, समाज

जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै

नेपालअखबार,धनुषा । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरू हुने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म बाँकी रेलमार्ग निर्माण हुन लागेको छ। रेलमार्गमा पर्ने जग्गामा लगाइएको बालीनाली आगामी मङ्सिर १५ गतेभित्र भित्र्याउन विभागले आग्रह गरेको छ। विभागले भङ्गहा (विजलपुरा)–बर्दिबास रेलमार्ग उपखण्ड एवं पूर्वपश्चिम विद्युतीय रेलमार्ग खण्डमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणको काम अन्तिम चरणमा रहेको र सो खण्डमा रेलमार्गको निर्माण कार्य सुरु हुन लागेकाले अधिग्रहण गरिएको जग्गामा लगाइएको बालीनाली भित्र्याउन आग्रह गरेको हो।मङ्सिर १५ गतेपछि बालीनाली लगाएमा किसानलाई त्यसको क्षतिपूर्ति नदिने विभागले जनाएको छ। भारतको जयनगरबाट महोत्तरीको बर्दिबासम्म रेल सञ...
अपांगमैत्री सडक बनाउँदै खैरहनी नगरपालिका
प्रशासन, समाचार, समाज

अपांगमैत्री सडक बनाउँदै खैरहनी नगरपालिका

नेपालअखबार, खैरहनी। पूर्वी चितवनको खैरहनी नगरपालिकाले नगरपालिकाभित्र सडकलाई अपांगमैत्री बनाउन थालेको छ। नगरपालिकाले शारीरिक रूपमा अशक्त भएकाका लागि ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न थालेको हो। खैरहनी नगरपालिकाभित्र खैरहनी चोकदेखि वाड नं १२ को कुमरोज पुग्ने सडक, चैनपुर चोक उत्तरतर्फ पुलदेखि बिन्दवासिनी चोक हुँदै शिवालय जाने सडक, सिमल टाँडी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक, नगरपालिका गेटदेखि चैनपुर चोकसम्म पुग्ने सडक, मगनी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक र चैनपुर चोकबाट माथि लदारी पुलसम्म जाने सडकलाई अपांगमैत्री बनाउन लागेको नगर प्रमुख शशीकुमार खनियाले जानकारी दिएका छन्। ती सडकलाई नगर गौरवका योजनामा समावेश गरेर अपांगमैत्री बनाउन लागेको उनले बताए। नगरपालिकाको क्षेत्राधिकार पर्ने आठ मिटरसम्मको सडकमा सकेसम्म सबै ठाउँमा अपांगमैत्री सडक निर्माण गर्ने नगरपालिकाको...
मुग्लिन-पोखरा सडक : डुम्रे–छिर्कने खण्डमा थालियो कालोपत्र गर्न
प्रशासन, समाचार, समाज

मुग्लिन-पोखरा सडक : डुम्रे–छिर्कने खण्डमा थालियो कालोपत्र गर्न

नेपालअखबार, तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ। मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रको काम सुरु भएको हो। तिहारअघि नै सक्ने गरी डुम्रेको नाला पुलबाट छिर्कनेतर्फको तीन किलोमिटर सडक कालोपत्र सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। तिहारपछि भने नालापुलबाटै छिर्कनेसम्मको करिब छ किलोमिटर खण्ड कालोपत्र हुनेछ। उनले भने, ‘यस खण्डमा ‘अस्फाल्ट प्रविधि’मा कालोपत्र सुरु गरिएको छ। सडक आवागमनलाई सहज बनाउन अहिले एकतर्फी मात्रै काम भइरहेको छ।’ यसअघि आयोजनाले आँबुखैरेनी खण्डमा कालोपत्र गरेको थियो। आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डेढ किलोमिटर सडक कालोपत्र भइसकेको जनाइएको ...
भूकम्प पीडित राहत कोषका लागि उड्डयन प्राधिकरणले १ करोड दिने
प्रशासन, समाचार

भूकम्प पीडित राहत कोषका लागि उड्डयन प्राधिकरणले १ करोड दिने

नेपालअखबार, काठमाडौँ । पश्चिम नेपालको भूकम्प पीडित राहत कोषका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प पीडितलाई सहयोग स्वरूप प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। १ करोड जम्मा गर्ने घोषणा गरेको हो । साथै नेपालगंज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने वायुयानहरुको शुल्कमा सतप्रतिशत छुट दिने घोषणा समेत प्राधिकरणले गरेको छ।...
पोखरा महानगरले पठायो भूकम्प प्रभावित क्षेत्रमा राहतसहित उद्धार टोली
प्रशासन, समाचार

पोखरा महानगरले पठायो भूकम्प प्रभावित क्षेत्रमा राहतसहित उद्धार टोली

नेपालअखबार,पोखरा । कास्कीको पोखरा महानगरपालिकाले भूकम्पका कारण ठूलो जनधनको क्षति बेहोरेको जाजरकोट र रुकुम पश्चिममा उद्धार एवम् खोजतलासका लागि राहतसहित नगर प्रहरीको टोली पठाएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा महानगरका वडाध्यक्षद्वय सहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा उद्धार टोली प्रभावित क्षेत्रमा पठाएको जानकारी दिए । उनका अनुसार महानगरका २ वटा सानो गाडी र १ ट्रक राहतसहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ । टोलीले राहत सामग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्ल्यांकेट र औषधि एवम् उपचारका आवश्यक सामग्री लिएर गएको मेयर आचार्यले जानकारी दिए । पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको एक महिनाको पारिश्रमिकबाट सोध भर्ना हुने गरी १३ लाख १५ हजा...
बेँसीसहर–चामे सडकमा कालोपत्र सुरु
प्रशासन, समाचार, समाज

बेँसीसहर–चामे सडकमा कालोपत्र सुरु

नेपालअखबार, लमजुङ । लमजुङ-मनाङ जोड्ने एकमात्र बेँसीसहर-चामे सडक ट्र्याक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको ‘अस्फाल्ट’ कालोपत्र सुरु भएको छ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक बिहीबारदेखि कालोपत्र सुरु भएको हो । स्तरोनन्ति तथा कालोपत्र गर्ने कार्यअन्तर्गत पहिरो चरणको करिब ९० प्रतिशत काम सम्पन्न भएसँगै दोस्रो चरणको काम सुरु भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इञ्जिनियर पुरुषोत्तम अधिकारीले बताए । उनका अनुसार पहिलो चरणमा सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा गर्ने, कटिङ गर्ने कार्यसम्पन्न भएको छ भने नाली र अन्य केही संचरना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ । स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरदेखि खुदीसम्म मोटरबाटोको ट्र्याक खोलेको थियो । उक्त ...
७१ प्रधानाध्यापक र ११ स्रोत शिक्षकका लागि काठमाडौं महानगरले माग्यो दरखास्त
प्रशासन, शिक्षा, समाचार

७१ प्रधानाध्यापक र ११ स्रोत शिक्षकका लागि काठमाडौं महानगरले माग्यो दरखास्त

नेपालअखबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानाध्यापक र स्रोत शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । महानगरले विभिन्न तह गरी ७१ जना प्रधानाध्यापक र ११ स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नुपर्ने भएकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको हो । महानगरले आधारभूत तह (१–५) का लागि ६ जना, आधारभूत तह (१–८) का लागि २२ जना र माध्यमिक तहका लागि ४३ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको छ । विद्यालय समायोजन वा थपघट भएमा संख्या थपघट हुनसक्ने उल्लेख गरेको छ । मंसिर १ गतेसम्म इच्छुक उम्मेद्वारले दरखास्त दिन सक्नेछन् । दरखास्त दिनका लागि सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि भएको हुनुपर्नेछ । ...
सशस्त्र प्रहरीका प्राविधिक पदमा भर्ना खुल्यो
प्रशासन, समाचार

सशस्त्र प्रहरीका प्राविधिक पदमा भर्ना खुल्यो

नेपालअखबार, काठमाडौं । सशस्त्र प्रहरी बलमा प्राविधिक समूह अन्तर्गत नयाँ भर्ना खुलेको छ । सञ्चार निर्देशनालयतर्फका प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक गरी ३५ जनाका लागि भर्ना खुलेको छ । यसैगरी सूचना प्रविधि निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकमा जम्मा १६ जनामा भर्ना खुलेको छ । यस्तै भौतिक पूर्वाधार निर्देशनालयतर्फको इन्जिनियरिङ उपसमूहमा सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियरिङ, सर्भे, स्यानेटरी र सिभिलतर्फ ८ जनामा भर्ना खुलेको छ । यसैगरी अटोमोबाइल, भेटेरिनरी, हातहतियार, एमबीबीएस मेडिकल अफिसर, अस्पताल व्यवस्थापन अधिकृत, स्टाफ नर्स, फिजियोथेरापी, फार्मेसी असिस्टेन्ट, ल्याब असिस्टेन्ट, सीएमए र एएनएममा पनि भर्ना खुलेको छ । दरखास्त दिने म्याद मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म छ । प्रहरी...
एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने
अर्थ, प्रशासन, बैंक-बिमा, समाचार

एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने

नेपालअखबार, पाेखरा । एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो ।एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण राममूर्तिले बिहीबार महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग उनको कार्यकक्षमा भेटवार्ता गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गरे । राममूर्ति बैंकको दिगो विकास र जलवायु परिवर्तन विभागका समेत विशेषज्ञ हुन् । भेटवार्ताका क्रममा राममूर्तिले एडिबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाका बारेमा जिज्ञासा राख्नुका साथै सहकार्यका नयाँ सम्भावनाका विषयमा छलफल गरेको महानगर प्रमुख आचार्यले बताए । उनका अनुसार पूर्वाधार निर्माणसहित दिगो पर्यटन विकासका लागि सञ्चालित विभिन्न परियोजनामा एडिबीको सहयोग रहेको छ । “हाल सञ्चालित परियोजनाका...
तस्करीको ४० किलो चाँदी बरामद, पशुपति ज्वेलर्सका सञ्चालक पक्राउ
प्रशासन, समाचार

तस्करीको ४० किलो चाँदी बरामद, पशुपति ज्वेलर्सका सञ्चालक पक्राउ

नेपालअखबार, विराटनगर । करिब ४० केजी चाँदी तस्करी गरेको आरोपमा प्रहरीले एक जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजीत जान रहेका छन् । प्रहरीले सुनचाँदी पसलबाट आज दिउँसो ४० किलो तस्करीको चाँदीको गरगहना बरामद गरेको थियो । पक्राउ परेका सञ्चालक अहिले विराटनगर भन्सार कार्यालयमा रहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पक्राउ परेका जान भारतीय नागरिक हुन् । उनले पिचरामा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका थिए । विराटनगर भन्सार कार्यालयले भने बरामद चाँदीको परिणामबारे केही बताएको छैन । विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा छापा हानेर चाँदी बरामद गरेको हो ।...