तटीय क्षेत्रमा आइपुग्यो चक्रवात दाना, लाखौँ सर्वसाधारणलाई सुरक्षित स्थानमा सारियो
नेपालअखबार,नयाँ दिल्ली । भारतको ओडिशा राज्यको तटीय क्षेत्रमा चक्रवात ‘दाना’ टक्राउने प्रक्रिया सुरु भएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो प्रक्रिया शुक्रबार बिहानसम्म जारी रहने छ।
ओडिशाको झण्डै आधा जनसङ्ख्या यस चक्रवाती आँधीबाट प्रभावित हुने सम्भावना छ। आईएमडीका एक वरिष्ठ अधिकारीका अनुसार आँधी ‘दाना’ पछिल्लो छ घण्टामा सुरुवातमा पन्ध्र किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–उत्तरपश्चिममा सरेको थियो । त्यसपछि केन्द्रपारा जिल्लाको भिटकर्णिका र भद्रक जिल्लाको धामराको बिचमा पुग्यो। यस अवधिमा हावाको गति करिब ११० किलोमिटर प्रतिघण्टा पुगिसकेको थियो।’
‘दाना’ आँधीको प्रभाव ओडिशामा मात्र नभई पश्चिम बंगालमा पनि देखिएको छ । यस आँधीका कारण पश्चिम बंगालको तटीय क्षेत्रमा तीव्र हावा चलिरहेको छ र लगातार पानी परिरहेको छ । समाचार एजेन्सी एएनआईका अनुसार चक्रवाती आँधी ‘दाना’ लाई ध्यानमा ...










