Sunday, July 5

विदेश

उत्तरी भियतनाममा पहिरोमा परी ७ जनाको मृत्यु
विदेश, समाचार, समाज

उत्तरी भियतनाममा पहिरोमा परी ७ जनाको मृत्यु

नेपालअखबार,भियतनाम । उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिदा कम्तीमा सात जनाको मृत्यु भएको शनिबार राज्य सञ्चार माध्यमले जनाएको छ । हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान बिहान ४ बजे पहिरोमा परेको हो । उत्तरी भियतनाममा वर्षाको मौसम प्रवेश गरेसँगै भारी वर्षा र बाढी पहिरोले पहाडी सडकमा यात्रालाई जोखिमपूर्ण बनाइरहेको छ । उद्धारकर्ताहरूले घटनास्थलबाट एक बालकसहित सात जनाको शव उद्धार गरेका छन् ।  भ्यानमा सवार अन्य ६ जना जीवित फेला परेको र उपचारका लागि नजिकैको अस्पतालमा लगिएको  राज्य सञ्चार माध्यमले जनाएको छ । उद्धारकर्ताहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।रासस...
सामसङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा
अर्थतन्त्र, विदेश, समाचार

सामसङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा

नेपालअखबार , सोल । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको कारखानाका ३० हजार कर्मचारीहरू अनिश्चितकालीन हडताल गरेका छन् । मंगलबारदेखि तलब र अन्य सुविधाको माग गर्दै कर्मचारी संगठनले हड्तालको घोषणा  गरेको हो । तीनदिने आम हडतालको अन्तिम दिन नेशनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू)ले यस्तो घोषणा गरेको हो । व्यवस्थापन आफ्ना मागमा वार्ता गर्न तयार नभएकाले यस्तो निर्णय गर्न बाध्य भएको युनियनले जनाएको छ । युनियनको वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिलो आम हड्तालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले हामी जुलाई १० गतेदेखि दोस्रो अनिश्चितकालीन आम हड्तालको आह्वान गर्दछौँ ।’ एनएसईयूले दक्षिण कोरियामा सैमसंग इलेक्ट्रोनिक्समा कार्यरत एक चौथाई कामदारहरूको प्रतिनिधित्व गर्दछ । हडतालले उत्पादन अवरुद्ध भएको युनियनले बताएको छ । तर सामसङले यो दाबीलाई अस्वीकार गरेको छ । गत महिना य...
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न आदेश
राजनीति, विदेश, समाचार

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न आदेश

नेपालअखबार,काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले धराैटीमा छाड्न आदेश दिएको छ । बिहीबार पनि इडीका वकिलहरूले थप अनुसन्धानका लागि अझै हिरासतमा राख्न अनुमति मागेका थिए । तर न्यायाधीश न्याय बिन्दुको इजलासले उनलाई बिहीबार जमानतमा छाड्न आदेश दिएको ‘लाइभ ल डटइन’ले लेखेको छ । मदिरा नीतिमा अनियमितता गरेको अभियोगमा भारतको प्रवर्तन निर्देशनालय (इडी) ले केजरिवाललाई १२ मार्चमा पक्राउ गरेको थियो । भारतको लोक सभा चुनावलाई लक्षित गरेर अदालतले यसअघि १० मेमा उनलाई अन्तरिम जमानतमा छाड्न आदेश दिएको थियो । त्यसअनुसार २१ दिन जेलबाहिर रहेर उनी चुनावपछि फेरि तिहाड जेल फर्किएका थिए । चुनावअघि भएको गिरफ्तारीलाई लिएर नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि प्रश्नसमेत उठेको थियो । विपक्षी दलहरूले उनलाई नियतवश थुनिएको आरोप लगाएका थिए ।...
भारतमा आगलागी हुँदा ४ वन अधिकारीको मृत्यु
विदेश, समाचार, समाज

भारतमा आगलागी हुँदा ४ वन अधिकारीको मृत्यु

नेपालअखबार, नयाँदिल्ली । उत्तरी भारतीय राज्य उत्तराखण्डको वन्यजन्तु आरक्षणमा भएको आगो निभाउँदा ४ जना वन अधिकारीको मृत्यु हुनुका साथै अन्य ४ जना जलेको अधिकारीहरूले शुक्रबार बताएका छन् । उत्तराखण्डको राजधानी सहर देहरादुनबाट करिब तीन सय ७० किलोमिटर पूर्वमा रहेको अल्मोडा जिल्लाको सिभिल सोयाम वन डिभिजनअन्तर्गत रहेको बिनसर वन्यजन्तु आरक्षणमा आगलागी भएको उनीहरूले बताएका छन् । वन विभागका अधिकारीहरूका अनुसार बिहीबार साँझ आगो निभाउन ८ सदस्यीय टोली घटनास्थलमा पुगेको थियो । यद्यपि तीव्र हावाले आगो अझ फैलिँदा टोलीका ४ सदस्यहरूको मृत्यु भयो र अन्य ४ जना गम्भीररूपमा जलेका थिए । घाइतेहरूलाई एयरलिफ्ट गरेर अस्पताल लगिएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै बिनसर वन्यजन्तु आरक्षणमा लागेको आगो तत्काल नियन्त्रण गर्न वायुसेनाको सहयोगमा वन विभागका शीर्ष अधिकारी...
नासिकमा भारतीय वायुसेनाको लडाकु विमान दुघर्टनाग्रस्त
दुर्घटना, विदेश, समाचार

नासिकमा भारतीय वायुसेनाको लडाकु विमान दुघर्टनाग्रस्त

नेपालअखबार, नयाँ दिल्ली । भारतीय वायुसेनाको सुखोई लडाकु विमान मंगलबार दुर्घटनाग्रस्त भएको छ । दुर्घटना महाराष्ट्रको नासिकमा भएको हो । दुर्घटनाग्रस्त विमान सुखोई एसयू–३० एमकेआई भएको र यसका पाइलट र को–पाइलट सकुशल निस्किन सकेको नासिक रेन्जका विशेष महानिरीक्षक डीआर करालेले बताए । विमान शिरसगाउँ गाउँ नजिकैको खेतमा दुर्घटना भएको थियो । विमानलाई विङ कमाण्डर बोकिल र उनका सेकेन्ड इन कमान्ड विश्वास उडाइरहेका थिए । दुवै पाइलटलाई सामान्य चोटपटक लागेको बताइएको छ । उनीहरूलाई एचएएल अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनापछि विमानमा आगो लागेको थियो । आगो  निभाइएको बताइएको छ । सुखोई एसयु–३० एमके आईलाई भारतीय वायुसेनाको सबैभन्दा शक्तिशाली विमान मानिन्छ । भारतीय वायुसेनासँग २७२ थान सक्रिय सुखोई एसयू–३० एमकेआई विमान छ । दुई जना पाइलट बस्न मिल्ने यस विमानमा दुई ओटा इन्जिन छ । यी मध्ये केही विमानलाई सुपर...
भारतीय निर्वाचनमा ६४ करोड २० लाख मतदाता सहभागी
राजनीति, विदेश, समाचार

भारतीय निर्वाचनमा ६४ करोड २० लाख मतदाता सहभागी

नेपालअखबार,नयाँदिल्ली । ६ हप्ता लामो भारतीय निर्वाचनमा ६४ करोड २० लाख भारतीय मतदाताहरूले मतदान गरेको मुख्य निर्वाचन आयुक्त राजीव कुमारले सोमबार बताएका छन् । अधिकांश निर्वाचन सर्वेक्षण नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल जित्ने अनुमान गरिएको छ । आयुक्त कुमारले ६४ करोड २० लाख भारतीयले मतदान गरी विश्व कीर्तिमान बनाएको जिकिर गर्दै यो सबैका लागि ऐतिहासिक क्षण भएको बताए । कुल मतदातामध्ये लगभग आधा अर्थात् ३१ करोड २० लाख महिला मतदाताको सहभागिता रहेको छ । यसले भारतका मतदाताहरूको अविश्वसनीय शक्तिलाई देखाउने उनले उल्लेख गरे । आयोगको ९६ करोड ८० हजार योग्य मतदाताको तथ्याङ्कको आधारमा, योग्य मतदाताको ६६.३ प्रतिशत मतदान भएको र यो सन् २०१९ को निर्वाचनको तुलनामा थोरै कम रहेको जनाएको छ । मतदानमा केहीले एकाध स्थानमा उदासीनता, सनकीपनमाथि विश्वास गर्दै हिंसात्मक रूपमा प्रस्तुत हुन खोज...
जापानमा ५.९ म्याग्निच्युडको भूकम्प
विदेश, समाचार, समाज

जापानमा ५.९ म्याग्निच्युडको भूकम्प

नेपालअखबार, काठमाडौं । जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । समाचार एजेन्सी एनएचकेका अनुसार भूकम्पबाट कुनै क्षति भएको छैन । सुनामीको चेतावनी पनि जारी भएको छैन । सोमबार बिहान स्थानीय समय अनुसार करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस भएको थियो । पहिलो धक्का ५.९ म्याग्निच्युडको र दोस्रो धक्का ४.८ म्याग्निच्युडको मापन भएको थियो । बीबीसीका अनुसार जापानमा भूकम्पको शक्ति म्याग्निच्युडमा भनिँदैन । जमिनको कम्पनको आधारमा मापन गरेर त्यसको आधारमा एकदेखि सातसम्म मान दिइन्छ । गत जनवरीमा इशिकावामा भूकम्प जाँदा जमिन अधिकतम सात अंकको मानसम्म पुग्ने गरी हल्लिएको थियो । सो भूकम्पमा परी ४८ जनाको मृत्यु भएको थियो । आज बिहानको भूकम्पको धक्कालाई ५.९ मान दिइएको छ । यो धक्काले इशिकावा प्रान्तको वाजिमा, सुजु, नोटो, नानो र अनामिजु लगायत शहरहरुमा महसुस भएको थियो । भू...
भारतको राजकोटमा आगलागी हुँदा २८ जनाको मृत्यु
विदेश, समाचार, समाज

भारतको राजकोटमा आगलागी हुँदा २८ जनाको मृत्यु

नेपालअखबार, काठमाडौँ । भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ । सो सहरका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिवार भएको आगलागीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको हो । बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । ‘आगलागीमा मृत्यु हुनेहरूको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ । शवको पहिचानका लागि डीएनए परीक्षणको तयारी भइरहेको छ,’ बीबीसीले लेखेको छ । सहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको सङ्ख्यामा दमकल परिचालन गरिएको थियो । अहिले आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ । गेम जोनमा वेल्डिङको काम भइरहेको र सर्टसर्किटका कारण आगलागी भएको जनाइएको छ । तर आधिकारिकरुपमा भने यसबारे कुनै पुष्टि भइसकेको छैन । त्यहाँको राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइ...
मोदीको ग्यारेन्टीको काउन्टरमा आम आदमीले अघि सार्‍यो केजरीवाल ग्यारेन्टी
राजनीति, विदेश, समाचार

मोदीको ग्यारेन्टीको काउन्टरमा आम आदमीले अघि सार्‍यो केजरीवाल ग्यारेन्टी

नेपालअखबार, काठमाडौं । आम आदमी पार्टीका अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लोकसभा निर्वाचनका लागि १० ग्यारेन्टी अघि सारेका छन् । जेलबाट निस्किएसँगै चुनावी अभियानमा आक्रामक बनेका केजरीवालले प्रतिपक्षी गठबन्धन सत्तामा आएको अवस्थामा १० ग्यारेन्टी पूरा गर्ने प्रतिवद्धता जनाएका इन्डियन एक्सप्रेसमा समाचार छ । आम आदमीले लोकसभाको २२ सिटमा प्रतिस्पर्धा गरेको छ । तीमध्ये दिल्लीका ४, पञ्जाबका १३ र हरियाणाको एक चुनाव क्षेत्रमा मतदान हुनै बाँकी छ । यी निर्वाचन क्षेत्रलाई केन्द्रित गर्दै अभियान सार्वजनिक गर्ने क्रममा केजरीवालले मोदीको ग्यारेन्टीलाई काउन्टर दिएका हुन् । दिल्लीमा आइतबार पत्रकार सम्मेलनमा सम्बोधन गर्दै केजरीवालले भनेका छन्, ‘भाजपाले आफ्ना प्रतिवद्धता पूरा गर्न सकेको छैन । मैले अघि सारेका एजेण्डा पूरा भएको दृष्टान्त तपाईहरुसमक्ष नै छ । अब मतदातासँग केजरीवाल र मोदीको ...
करीनाको पुस्तकलाई अदालतको लिगल नोटिस
प्रशासन, विदेश, समाचार

करीनाको पुस्तकलाई अदालतको लिगल नोटिस

नेपालअखबार, काठमाडौँ । अभिनेत्री करीना कपूर खान द्वारा लिखित पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’मा उल्लेखित ‘बाइबिल’शब्दलाई लिएर अदालतले कारण माग गरेको छ । अभिनेत्री करीना कपूर खान ती अभिनेत्रीमा पर्छिन्, जसले आफ्नो गर्भावस्थालाई कहिल्यै गोप्य राखिनन् र उनले खुलेरै गर्भावस्थाका बारेमा सबै जानकारी फ्यानमाझ बाँडिन् । यहाँसम्म कि उनले यो अनुभवलाई एक पुस्तकमा नै समेटिन् । उनले सन् २०२१ मा प्रेग्नेन्सी पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’ सार्वजनिक गरेकी थिइन् । यो पुस्तकमा करीनाले तैमूर र जेह गर्भमा रहँदाको अनुभव समेटेकी थिइन् । तीन वर्षपछि यही पुस्तक कानूनी विवादमा परेको छ । पुस्तकले अदालतबाट लिगल नोटिस पाएको छ । मध्य प्रदेशको हाई कोर्टका न्यायाधिस गुरपाल सिंह अहलूवालियाको एकल इजलासमा करीना र बुक बिक्रेताविरुद्ध उजुरी दर्ता गरा...