Sunday, May 24

विदेश

१०० चोटि उठबस गराउँदा छात्राको मृत्यु भएको भन्दै मुम्बईको स्कुलमा हंगामा
विदेश, शिक्षा, समाचार, समाज

१०० चोटि उठबस गराउँदा छात्राको मृत्यु भएको भन्दै मुम्बईको स्कुलमा हंगामा

नेपालअखबार,काठमाडौं । मुम्बईको वसईमा १३ वर्षीया छात्राको मृत्यु भएपछि ठूलो विवाद उत्पन्न भएको छ। विद्यालयमा ढिलो आएको भन्दै सय पटक उठबस गर्न लगाइएपछि उनको स्वास्थ्य एकाएक बिग्रिएको र त्यसपछि ज्यान गएको परिवारको आरोप छ। अन्तर्राष्ट्रिय समाचार संस्था 'बिबिसी' का अनुसार विद्यालयकी एक महिला शिक्षकले ढिलो आएका छात्र–छात्रालाई सय पटक उठबसको सजा दिएकी थिइन्। त्यही सजाय पाएपछि ती छात्राको अवस्था बिग्रँदै गएर नोभेम्बर १४ को रात जेजे अस्पतालमा मृत्यु भएको बिबिसीले जनाएको छ। मृत छात्रा वसई पूर्वको सातीवली क्षेत्रको एक विद्यालयमा कक्षा ६ मा पढ्थिन्। विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद्यार्थी अध्ययन गर्छन्। नोभेम्बर ८ को बिहान करिब ५० विद्यार्थी ढिला आएका थिए, जसमा ती छात्रा पनि थिइन्। केही विद्यार्थीले झोला काँधमै राखेर उठबस गरेका थिए। त्यस दिन विद्यालयबाट घर फर्किएपछि ती छात्राको अवस्...
थाइल्याण्ड र म्यानमारमा बन्धक बनेका नेपालीको उद्धार
राजनीति, विदेश, समाचार

थाइल्याण्ड र म्यानमारमा बन्धक बनेका नेपालीको उद्धार

नेपालअखबार,काठमाडौँ । गैरकानुनी ढंगले थाइल्याण्ड, म्यानमारलगायत देशमा पुगेर अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई सरकारले फर्काउन थालेको छ । नेपालीहरुलाई गैरकानुनी ढंगबाट कम्बोडिया लाओस, म्यानमार, थाइल्याण्ड लगायत मुलुकमा पुर्‍याउने र बन्धक बनाएर अनलाइन जुवा र स्क्यामका काममा लगाउने गरेको पाइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासले २०० जना नेपालीलाई उद्धार गरेको छ । त्यसमध्ये १५० जनालाई थाइल्याण्ड र अरुलाई म्यानमारबाट उद्धार गरिएको हो । १५० जनालाई नेपाल फर्काइसकिएको छ । थाइल्याण्ड र म्यानमारबाट उद्धार गरिएका ३९ जना नेपालीलाई सरकारले मंसिर ३ गते नेपाल एयरलाइन्सबाट फर्काउने तयारी गरेको छ । पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको देखिन...
पाकिस्तानी राष्ट्रपतिद्वारा संविधान संशोधन स्वीकृत
राजनीति, विदेश, समाचार

पाकिस्तानी राष्ट्रपतिद्वारा संविधान संशोधन स्वीकृत

नेपालअखबार,काठमाडौँ । पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले २७ औँ संवैधानिक संशोधनलाई स्वीकृति दिएका छन् । जसले गर्दा विधेयकलाई औपचारिक रूपमा कानुनमा परिणत गरिएको हो । संसद्को वेबसाइटमा रहेको संवैधानिक मस्यौदाअनुसार संशोधनले न्यायपालिका र प्रमुख संवैधानिक कार्यालयहरू सम्बन्धी संविधानमा परिणामात्मक परिवर्तनहरूको शृङ्खला बनाएको छ । जसमा सङ्घीय संवैधानिक अदालतको स्थापना पनि समावेश छ । संशोधनले न्यायिक वरिष्ठतालाई पनि परिभाषित गरेको छ । संवैधानिक खारेजी रोक्न, शपथ ग्रहण संरचना र संस्थागत निरन्तरता जोगाउन र संवैधानिक र सामान्य पुनरावेदन क्षेत्राधिकारको पृथकीकरणलाई बलियो बनाउन धारा ६ लाई बलियो बनाएको छ । देशको संसद्को माथिल्लो र तल्लो सदन, सिनेट र राष्ट्रिय सभाले क्रमशः यस हप्ताको सुरुमा दुई तिहाइ बहुमतले संशोधन विधेयक पारित गरेको छ । संविधानको धारा २४३ मा गरिएका संशोधनहरूले पाकिस्तान...
जम्मू कश्मीरको नौगाम प्रहरी चौकीमा विस्फोट, ९ जनाको मृत्यु, २९ जना घाइते
विदेश, समाचार, समाज

जम्मू कश्मीरको नौगाम प्रहरी चौकीमा विस्फोट, ९ जनाको मृत्यु, २९ जना घाइते

नेपालअखबार,काठमाडौँ । शुक्रवार राति जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा ठूलो विस्फोट भएको छ । उक्त विस्फोटमा नौ जनाको मृत्यु भएको बताइएको छ ।  घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश प्रहरी अधिकारीहरू रहेको बताइएको छ । अधिकारीहरूका अनुसार जफत गरिएका विस्फोटक पदार्थहरूको नमुना लिने क्रममा  विस्फोट भएको थियो। कति मात्रामा विस्फोटक पदार्थ विस्फोट भएको हो भन्ने प्रस्ट भइसकेको छैन । हरियाणाको फरीदाबादमा पक्राउ परेका र दिल्ली विस्फोटको मुद्दामा पहिले नै पक्राउ परिसकेका डा मुजम्मिल गनाईको भाडाको घरबाट बरामद गरिएको विस्फोटक पदार्थ उक्त चौकीमा राखिएको थियो ।...
पाकिस्तानका सेना प्रमुख मुनिरलाई संविधान संशोधन गरेर दिइयो जीवनभर कानूनी उन्मुक्ति
राजनीति, विदेश, समाचार

पाकिस्तानका सेना प्रमुख मुनिरलाई संविधान संशोधन गरेर दिइयो जीवनभर कानूनी उन्मुक्ति

पाकिस्तानको संसदले संविधान संशोधन गरेर सेना प्रमुख फिल्ड मार्शल असीम मुनिरलाई जीवनभर कानूनी उन्मुक्ति प्रदान गरेको छ। संशोधन अनुसार मुनिर र अन्य पाँच-तारे जर्नेलहरूले जीवनभर कानूनी उन्मुक्ति पाउने भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। उनीहरू अवकाश पाए पनि ओहोदा पनि रहिरहनेछ। मुनिरको अहिलेको कार्यकाल २०२७ मा सकिँदैछ। त्यसपछि पाँच वर्षका लागि कार्यकाल थपिन सक्नेछ। त्यस्तै विगतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप खेपेका पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले पनि जीवनभर अभियोगबाट उन्मुक्ति पाउनेछन्। संशोधन माथि छलफलका क्रममा हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले नेतृत्व गरेको विपक्षी दल पाकिस्तान तेहरीक-ए-इन्साफका (पीटीआई) सांसदले संशोधनका प्रतिहरू च्यातेका थिए। तर पनि तल्लो सदनले दुई तिहाई बहुमतका साथ संशोधन पारित गरेको छ। सो संशोधनले मुनिरको सेनामाथिको नियन्त्रण थप विस...
चीनमा भर्खरै बनेको ७५८ मिटर लामो पुल भत्कियो गर्ल्यामगुर्लुम्म
विदेश, समाचार

चीनमा भर्खरै बनेको ७५८ मिटर लामो पुल भत्कियो गर्ल्यामगुर्लुम्म

नेपालअखबार,काठमाडौं ।चीनमा भर्खरै निर्माण भएको पुल भाँचिएको छ। चीनको उत्तरपश्चिम सिचुवान प्रान्तको तीब्बत जोड्ने मुख्य राजमार्गको हुङ्ची पुलको एक भाग भाँचिएको हो। पहाडी इलाकामा रहेको  ७५८ मिटर लामो पुलको एकातिरको भाग भाँच्चिएको भयानक दृश्यसहितका भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ। पुल भाँचिदा धुलो र माटोको बादल आकाशमा फैलिएको थियो। भाँचिएका कंक्रिट र धातुका टुक्रा पुल तलको खोलामा खसेका छन्। केही भाग झुण्डिएकै अवस्थामा छन्। पुल खसेपछि सडकको भागलाई पनि क्षति पुर्‍याएको छ। पहाडी भूभागमा ठूलो पहिरो समेत खसेको छ। घटनामा अहिलेसम्म कसैको मृत्यु भएको विवरण सार्वजनिक भएको छैन। उद्धार टोली र स्थानीय अधिकारीहरू हेलिकप्टर, ड्रोन र सुरक्षा गियरसहित घटनास्थलमा परिचालित छन्।  सुरक्षित मार्ग सुनिश्चित गर्दै र घाइते वा फसेका व्यक्तिहरूको खोजीमा जुटेका थिए। उक्त पुलमा सोमबार चिरा प...
इस्लामावादमा आत्मघाती विस्फोट हुँदा १२ जनाको मृत्यु
विदेश, समाचार, समाज

इस्लामावादमा आत्मघाती विस्फोट हुँदा १२ जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामावादमा आत्मघाती विस्फोटमा १२ जना मारिएका छन्। आन्तरिक मामिला मन्त्री मोहसिन नकभीका अनुसार मंगलबार मध्याह्न १२:३९ बजेतिर आत्मघाती विस्फोट हुँदा १२ जनाको मृत्यु र २७ जना घाइते भएका छन्। आत्मघाती विस्फोट अदालत लक्षित थियो। तर अदालतभित्र प्रवेश गर्न नसकेपछि बाहिरै विस्फोट भएको मन्त्री नकभीले बताए। ‘आक्रमणकारी अदालत बाहिर १२ मिनेटसम्म बस्यो। सुरूमा उनले भित्र प्रवेश गर्ने प्रयास गरे तर प्रवेश गर्न नसकेपछि प्रहरीको गाडीलाई लक्षित गरेका थिए,’ उनले भने। मन्त्री नकभीले अनुसन्धान भइरहेको र घटनामा संलग्नको छिट्टै पहिचान गर्ने पनि बताएका छन्। पाकिस्तानका राष्ट्रपति आसिफ अलि जरदारीले यस घटनाको आपत्ति जनाएका छन्।...
बिहारका १८ जिल्लामा आज हुँदैछ विधानसभा चुनावको मतदान
राजनीति, विदेश, समाचार

बिहारका १८ जिल्लामा आज हुँदैछ विधानसभा चुनावको मतदान

नेपालअखबार,काठमाडौँ । बिहारमा आज बिहीबारदेखि विधानसभा निर्वाचनको पहिलो चरणको मतदान सुरु हुँदैछ। केही बेरअघि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पहिलो चरणमा प्रदेशका १८ जिल्लाका १२१ विधानसभा क्षेत्रमा मतदाता आफ्ना प्रतिनिधि चयन गर्न मतदान गर्दै छन्। यस चरणमै राजधानी पटनामा पनि मतदान भइरहेको छ। यो चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, अर्का उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादवजस्ता चर्चित नेताहरूको राजनीतिक भविष्य निर्धारण हुनेछ। शान्तिपूर्ण र निष्पक्ष मतदान सुनिश्चित गर्न भारतको निर्वाचन आयोगले कडा सुरक्षा व्यवस्था मिलाएको छ। संवेदनशील मतदान केन्द्रहरूमा विशेष निगरानी राखिएको जनाइएको छ। दोस्रो चरणको मतदान नोभेम्बर ११ मा २० जिल्लाका १२२ निर्वाचन क्षेत्रमा हुनेछ भने परिणाम नोभेम्बर १४ मा सार्वजनिक गरिनेछ। बिहारमा ७४...
फिलिपिन्समा कालमेगी आँधीबाट ५२ जनाको मृत्यु, लाखौं नागरिक पलायन
विदेश, समाचार, समाज

फिलिपिन्समा कालमेगी आँधीबाट ५२ जनाको मृत्यु, लाखौं नागरिक पलायन

नेपालअखबार,काठमाडौं । फिलिपिन्समा कालमेगी नामक आँधीका कारण अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ । लाखौँ नागकिरहरू घर छाडेर पलायन भएका छन् । १३ जना अहिले पनि बेपत्ता रहेका छन् । कालमेगीबाट कयौं ठूला क्षेत्रहरूमा बाढी गएको छ । बाढीबाट सबैभन्दा धेरै जनसंख्या भएको मध्य द्वीप सेबुमा बढी क्षति पुगेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार सेबुमा सबैभन्दा बढीको मृत्यु भएको छ । कयौँ भिडियोहरूमा मानिस घरहरूका छतमा बसिरहेका र सवारीसाधनहरू सडकमा बगिरहेका देखिन्छन् । आधिकारिक मृतक संख्यामा सेनाले राहत तथा उद्धारमा खटाएको हेलिकप्टर चालक दलका छ सदस्यहरूको नाम समावेश गरिएको छैन । उनीहरूको उद्धारका क्रममा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको बीबीसीमा समाचार छ ।समाारअनुसार हेलिकप्टर सेबुको दक्षिणमा पर्ने मिन्डानाओ द्वीपमा दुर्घटनामा परेको थियो । फिलिपिन्समा हरेक वर्ष औसत २० वटा आँधी आउने गरेको छ । एक महिनाअघ...
बंगलादेशमा पूर्वप्रधानमन्त्री खालिदा जियाले ३ ठाउँबाट चुनाव लड्ने
राजनीति, विदेश, समाचार

बंगलादेशमा पूर्वप्रधानमन्त्री खालिदा जियाले ३ ठाउँबाट चुनाव लड्ने

नेपालअखबार, काठमाडौ‌ । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले  चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको छ। तर हाल उनको स्वास्थ्य निकै कमजोर रहेको बताइन्छ । सन् २०२४ को अगस्टमा भएको जनविद्रोहबाट सत्ताच्युत भएकी उनी लामो समयदेखिकी प्रमुख प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वमा वर्षौँ जेल सजाय भोगेकी थिइन् । तीन पटक बङ्गलादेश सरकारको नेतृत्व गरेकी जियालाई हसिनाको सरकारले सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल चलान गरेको थियो । हसिनालाई सत्ताबाट हटाइएको केही समयपछि नै उनी गत वर्ष ...