थाइल्याण्डमा ३०० वर्ष यताकै ठूलो वर्षा, अहिलेसम्म ३३ जनाको मृत्यु
नेपालअखबार,काठमाडौं । थाइल्याण्डमा भीषण वर्षापछि आएको बाढी पहिरोको घटनामा ३३ जनाको मृत्यु भएको छ।
नोभेम्बर २१ देखि थाइल्याण्डका विभिन्न क्षेत्रमा भएको वर्षाका कारण हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
तीमध्ये केहीको करेन्ट लागेर समेत मृत्यु भएको थियो।
नोभेम्बर २१ मा थाइल्याण्डको हत याई सहरमा एकैदिन ३३५ मिलिमिटर वर्षा भएको त्यहाँको मौसम पूर्वानुमान महाशाखालाई उद्धृत गरेर रोयटर्सले लेखेको छ।
यो एकै दिन भएको ३०० वर्ष यताकै ठूलो वर्षा रहेको भनेर पनि रोयटर्सले लेखेको छ।
वर्षापछि सोंख्ला प्रान्तका १६ वटा जिल्लालाई विपद क्षेत्र घोषणा गरी वस्ती खाली गर्न आदेश दिइएको छ। तीमध्ये ९ वटा जिल्लामा धैरै क्षति भएको बताइएको छ।
बाढीका कारण सडकहरू बाँधिएका, घर–व्यवसाय, अस्पताल र विद्यालयसम्म जलमग्न भएका छन्। हात याई भित्र मूनग खालाले बगाए...










