Friday, June 26

विश्व

२२ हजार वर्ष पुरानो भालुको शव छालासहित भेटियो
विश्व, समाचार

२२ हजार वर्ष पुरानो भालुको शव छालासहित भेटियो

नेपाल अखबार, एजेन्सि। आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् । शताब्दीऔँ अघि लोप भएका यस्ता प्राणीका अस्थिपञ्चर त्यहाँ हिउँका कारण सुरक्षित हुन्छन् । ल्याकोभोस्की टापूमा अहिले वैज्ञानिहरुले शताब्दीऔँ अघि लोप भएको ‘केभ बियर’ (भालु) भेटेका छन् । रोचक कुरा, यसको नाक, दाँत र आन्तरिक अंगहरु पनि सुरक्षित अवस्थामा छ । वैज्ञानिकहरुका अनुसार यसको मृत्यु २२ हजारदेखि ३९ हजार ५ सय वर्ष पहिले भएको हुनुपर्छ ।  यसको प्रजाती ‘युर्सस स्पेलेयस’ अन्तिम हिउँ युगताका बाँचेको थियो र कम्तिमा १५ हजार वर्षअघि लोप भयो । मृगको संरक्षणमा खटिएकाहरुले सबैभन्दा पहिले भालुको शव भेटेका थिए । उनीहरुले रसको याकुस्टस्स्थित (एनईएफयु) नर्थ–इस्टर्न फेडरल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुलाई यसबारे खबर गरे । ‘सफ्ट टिस्युसहित ...
ट्रम्प भन्छन्ः अमेरिकामा अर्को महिनादेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ
विश्व, समाचार

ट्रम्प भन्छन्ः अमेरिकामा अर्को महिनादेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोना भाइरसविरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताएका छन्। स्थानीय समय अनुसार बुधबार उनले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको जानकारी दिएका हुन्। उनले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको पनि बताए। ‘कोरोना भाइरसविरुद्धको खोप तयार हुँदैछ, मैले आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्नसक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ’ उनले भने। यद्यपी उनले कोरोनाको खोप कहिलेदेखि वितरण गर्न सकिन्छ भन्ने कुरा जतिसक्दो चाँडो घोषणा गर्ने तयारी भइरहेको पनि बताएका छन्। उनले अक्टोबरको मध्यसम्ममा कोरोनाविरुद्धको खोप प्रयोगमा आउने अनुमान गर्दै केही गरी ढिला भएमा केही दिन मात्रै ढिला हुनसक्ने जिकिर गरेका छन्। कोरोनाभाइरसबाट अति प्रभावित भए...
अपरेशन पोलो : भारतले यसरी कब्जा गरेको थियो हैदरावाद
राजनीति, विश्व

अपरेशन पोलो : भारतले यसरी कब्जा गरेको थियो हैदरावाद

नेपाल अखबार, एजेन्सि। आज १७ सेप्टेम्बर । सन् १९४८ मा हैदरावादमाथि भारतीय सेनाले कब्जा जमायो । यस्तो जबर्जस्ती किन भयो ? यसबारे बुझ्न हामी इतिहासतर्फ फर्कनुपर्छ । १५ अगस्ट, १९४७ अघि दुई तरिकाले भारत अस्तित्वमा थियो । पहिलो, बेलायती, फ्रान्स र पोर्चुगली साम्राज्य अधिनस्थ भारत, जहाँ विदेशीहरुको शासन थियो । दोस्रो, त्यस्तो भारत, जहाँ राजा–रजौटा र स्थानीयको शासन थियो । त्यस समय भारतमा ५ सय २२ वटा साना–ठूला  राज्य थिए । हैदरावाद देशको ठूलो राज्यमध्ये एक थियो । यहाँ झन्डै दुई शताब्दीदेखि आसफ जाही वंशको शासन थियो । हैदरावाद राज्यमा मुख्यत तेलुगु, मराठी र कन्नड भाषा बोलिन्थ्यों । यस राज्यमा कुल जनसंख्याको ८४ प्रतिशत हिस्सा हिन्दुको थियो । ११ प्रतिशत मुसलमान र बाँकी जैन धर्मका अनुयायी थिए । यसरी, सामाजिक दृष्टीले हेर्दा हैदरावाद राज्य सांस्कृतिक र धार्मिक विविधतासहित एकतामा बाँधिएको थियो, शान्तिपूर्...
२५ जना अट्ने डुंगामा १४ बाइकसहित ४० जना चढ्दा दुर्घटना, ११ को मृत्यु
विश्व, समाचार

२५ जना अट्ने डुंगामा १४ बाइकसहित ४० जना चढ्दा दुर्घटना, ११ को मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतको राजस्तानस्थित कोटा जिल्लाको इटावा नजिकै चम्बल नदीमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु भएकोछ । ३ जना बेपत्ता छन् । यो घटना बुधबार बिहान ९ बजेको । मृत्यु हुनेमा ६ पुरुष, ४ महिला र एकजना बच्चा पनि छन् । यो डुंगाको क्षमता २५ जना बोक्नसक्ने भएपनि ४० जना मानिस यहाँ चढेका थिए । यतिमात्रै होइन १४ वटा बाइक पनि राखिएको थियो । त्यसैले ओभरलोडका कारण डुंगा पल्टियो । घटनास्थलमा नदीको गहिराई ४० देखि ५० फिट थियो । घटनालगत्तै स्थानीयले यात्रुहरुलाई बचाउने कोसिस गरेका थिए । तर पानीको बहाव तेज भएका कारण केही मानिस बगेर बेपत्ता भए । प्रहरीका अनुसार उनीहरु कमलेश्वर धाम जाँदै थिए । यस दुर्घटनापछि घाइतेको उद्धार गर्ने क्रममा चार जना युवकले मिलेर कुल २५ जनाको ज्यान बनाएका छन् । उनीहरुका अनुसार डुंगावालाले धेरै मानिसलाई राख्न अस्विकार गरिरहेका थिए,त र मानिसहरुले जर्बजस्ती गरे । डुंगावाला प...
भारतमा कोरोना संक्रमितको संख्या ५० लाख कट्यो
विश्व, स्वास्थ्य

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख कट्यो

नेपाल अखबार, एजेन्सि। भारतमा काेराेना संक्रमित हुनेको संख्या ५० लाख पुगेको छ। बुधबार २४ घण्टामा ९० हजार एक सय २३ जना संक्रमित थपिएसँगै  संक्रमितको संख्या ५० लाख पुगेको भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्वमैं एउटै देशमा ५० लाख संक्रमित हुने देशमा अमेरिकापछि भारत दोस्रो हो। भरतमा मृत्यु हुने संक्रमितको संख्या ८२ हजार ६६ जना प’गेको छ। ग्त २४ घण्टामै १२ सय ९० जना संक्रमितको ज्यान गएको छ। -राेयटर्स...
लद्दाखमा भारतीय र चिनियाँ सेनाले गरेका थिए १००–२०० राउन्ड फायरिङ
विश्व, समाचार

लद्दाखमा भारतीय र चिनियाँ सेनाले गरेका थिए १००–२०० राउन्ड फायरिङ

नेपाल अखबार, एजेन्सि। भारतीय विदेशमन्त्री एस. जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच १० सेप्टेम्बरमा रुसमा भएको सम्झौता अघि चिनियाँ र भारतीय सेनाले पेङ्गोङ्ग त्सो तालको उत्तरी किनारामा १०० देखि २०० पटक गोली चलाएका थिए । अंग्रेजी पत्रिकाइन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार यो फायरिङ चुशुल सब सेक्टरमा भएको गोलीबारीभन्दा गम्भीर थियो । यो पूरा घटनाबारे जानकार एक सरकारी अधिकारीले इन्डियन एक्सप्रेससँगको कुराकानीमा उक्त घटना पेङ्गोङ्ग त्सो तालको उत्तरी किनारामा भएको बताए । सरकारी अधिकारीले भने, ‘दुबै पक्षबीच सयदेखि दुई सय राउन्ड गोली चलाइयो ।’ यसअघि सात सेप्टेम्बरमा चुशुल सब सेक्टरमा भएको फायरिङको विषयमा भारत र चीनले एक बयान जारी गरेका थिए । बयान अनुसार ४५ वर्षमा पहिलोपटक एलएसीमा गोलीबारी भएको हो । भारतीय सेनाले यसबारे आफ्नो बयानमा भनेका थिए, ‘सात सेप्टेम्बर, सोमबारका दिन चिनियाँ सेना (पिएलए) का ...
बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छः पाकिस्तानी प्रधानमन्त्री
विश्व

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छः पाकिस्तानी प्रधानमन्त्री

नेपाल अखबार, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ । उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ । सो अन्तर्वार्ताका क्रममा उनले सो धारणा राख्नुभएको अलजाजिरा मिडियाले जानकारी दिएको छ । उनले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राखेका हुन् । पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सामुहिक बलात्कृत भएकी थिइन् । त्यसपछि पाकिस्तानमा बलात्कारीलाई गर्ने कारबाहीका विषयलाई लिएर विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् । यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा बलात्कारमा संलग्न हुने व्यक...
पोर्चुगलको जंगलमा भिषण डँढेलो , एक हजार अग्निनियन्त्रक खटाइए
विश्व, समाचार

पोर्चुगलको जंगलमा भिषण डँढेलो , एक हजार अग्निनियन्त्रक खटाइए

नेपाल अखबार, लिस्बन । मध्य पोर्चुगलको जंगलमा सोमबारदेखि भिषण डँढेलो (आगलागी)शुरु भएको छ । आगो निभाउन झण्डै एक हजार अग्निनियन्त्रक तथा १५ वटा पानी खन्याउने बिमानहरु परिचालन गरिएको पोर्चुगलका अधिकारीहरुले बताएका छन् । राजधानी लिस्बनबाट उत्तरतर्फ करिब २०० किलोमिटरको दूरीमा आगोको मुस्लो देखिएको छ ।  स्थानीय अग्निनियन्त्रक कमान्डर लुइस बेलो कोस्टाले जंगलको आगो झण्डै ५५ किलोभर क्षेत्रमा फैलिएको जानकारी दिए । सुख्खा मौसम र जंगलभित्रका साना बुट्यान सुकेकाले पनि आगो नियन्त्रण बाहिर पुगेको छ । पोर्चुगलमा हरेक वर्ष ठूलो वन डढेलो लाग्ने गर्दछ । कमजोर वन व्यवस्थापन आगलागीको मुख्य कारण रहेको बताइएको छ । तीन वर्षअघिको वन डढेलोमा परेर १०६ जनाको ज्यान गएको थियो । –एपी...
उइगरविरुद्ध ज्यादती भएको भन्दै अमेरिकाले चीनका केही सामग्रीमा प्रतिबन्ध लगायो
विश्व, समाचार

उइगरविरुद्ध ज्यादती भएको भन्दै अमेरिकाले चीनका केही सामग्रीमा प्रतिबन्ध लगायो

नेपाल अखबार, एजेन्सि। चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिइरहेको समयमा अमेरिकाले फेरि एकपटक उइगर मुसलमानको विषय उठाएको छ। उइगर मुसलमानमाथि चीन सरकारले ज्यादती गरेको भन्दै अमेरिकाले चीनका केही सामग्रीमा प्रतिबन्ध लगाएको छ। चीनको सिनजियाङ प्रान्तमा उइगर मुसलमान समुदाय बसोबास गर्दै आएका छन्। अमेरिकाका अनुसार चिनियाँ अधिकारीहरुले उइगर समुदायका मानिसको श्रम शोषण गर्दछन्। उइगरलाई जबर्जस्ती डर र त्रासको भरमा काम गराएकोभन्दै अमेरिकाले सिनजियाङमा निर्माण हुने कपडा, कम्प्युटरका पुर्जा तथा अन्य सामग्री खरिद नगर्ने भएको हो। चीनले दश लाखभन्दा बढी उइगर मुसलमानलाई बन्दी बनाएको अन्तर्राष्ट्रिय प्रतिवेदनहरुमा उल्लेख गरिएका छन्। प्रतिवेदनअनुसार ती मानिसहरुलाई विभिन्न स्थानमा काम लगाएर उनीहरुको श्रम शोषण गर्नुका साथै उनीहरुलाई चिनियाँ धर्मबारे पढाइन्छ, मुसलमान धर्म त्याग्न लगाइन्छ। यद्...
अमेरिकामा पत्ता लाग्यो कोरोनालाई निष्क्रिय बनाउने औषधि
विश्व, समाचार, स्वास्थ्य

अमेरिकामा पत्ता लाग्यो कोरोनालाई निष्क्रिय बनाउने औषधि

नेपाल अखबार,  एजेन्सि। युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले  कोरोनालाई निस्क्रिय बनाउने उपचारविधि पत्ता लगाएका छन् । उनीहरुले सार्स–कोभ २ भाइरस निष्क्रिय बनाउने निकै सानो बायोलोजिकल कण विश्वविद्यालयमा आइसोलेटेड गरेका छन् । यो एन्टीबडीको तत्त्व पूर्ण आकारको एन्टीबडीभन्दा १० गुणा सानो छ र एबी ८ नाम औषधि बनाउन यसको प्रयोग गरिएको छ । वैज्ञानिकहरुले सेल नामक जर्नलमा प्रकाशित गरेको रिपोर्टमार्फत यो जानकारी बाहिर आएको हो । सार्स–कोभ–२ को सम्भावित रोकथामका लागि यो औषधिलाई महत्त्वका साथ हेरिएको छ । रिपोर्टमा उल्लेख भएअनुसार परीक्षणका दौरान मुसा र ह्याम्स्टर्समा सार्स–कोभ २ रोकथाम र उपचारका लागि यो औषधि निकै प्रभावकारी देखियो । रिपोर्टका अनुसार यो औषधि मानव शरीरमा नरहने भएकाले यसको नकारात्मक असर पनि पर्नेछैन । ‘एबी ८ कोभिड १९ को उपचारका लागि मात्रै होइन मानिसहरुलाई सार्स–कोभ २...