सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर
नेपाल अखबार, एजेन्सि। सुडानको सरकार तथा विद्रोही समूहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताले सयौं हजार नागरिकको ज्यान लिएको दशकौंदेखिको युद्धलाई अन्त्य गरेको छ ।
सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए । सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भएका थिए जहाँ सम्झौतामा हस्ताक्षर भएको छ । दक्षिण सुडानी मध्यस्थता टोलीका प्रमुख तुट गात्लुआकले भने, ‘आज हामीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छौँ । हाम्रो लक्ष्य पूरा भएको छ ।’सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि संक्रमणकालीन सरकार रहेको थियो । उक्त सरकारको प्रमुख कार्य विद्रोहीलाई राजनीतिको मुख्य धारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु रहेको थियो ।
सुडानको तर्फबाट अर्धसैनिक लडाकू मोहम्मद हमदान डाग्ल...
