बंगलादेशले गर्यो पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी पार्टीलाई प्रतिबन्ध
नेपालअखबार,काठमाडौँ । बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाएको छ।
बंगलादेशको अन्तरिम सरकारले आतंकवादविरूद्धको ऐनअनुसार अवामी लिगलाई कुनै पनि प्रकारको गतिविधि गर्न रोक लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
शनिबार सरकारले जारी गरेको वक्तव्यअनुसार उक्त पार्टी र नेतृत्व विविरूद्धको मुद्दाको छिनोफानो नहुञ्जेलसम्मका प्रतिबन्ध फुकुवा हुने छैन।
गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलनमा कयौं प्रदर्शनकारी मारिएको घटनाको मुद्दा अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (इन्टरनेसनल क्रिमिनल ट्राइब्युनल) मा विचाराधीन छ।
यसअघि अवामी लिगको भ्रातृ संगठन बंगलादेश छत्र लिगलाई पनि गत अक्टोबरमा ‘आतंकवादी संगठन’ भनेर प्रतिबन्ध लगाएको थियो। विद्यार्थी आन्दोलनमा छत्र लिगले विद्यार्थीहरूमाथि हिंसात्मक आक्रमण गरेको आरोप लगाएको थियो।
पछिल्लो समय बं...










