ट्रम्प राष्ट्रपति बनेपछि रूस-युक्रेन युद्ध चाँडै अन्त्य हुन्छ : जेलेन्स्की
नेपालअखबार, काठमाडौं ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकामा डोनाल्ड ट्रम्पले जिम्मेवारी सम्हालेपछि रूस-युक्रेन युद्ध चाँडै सकिने बताएका छन्।
युक्रेनको सरकारी रेडियोसँगको कुराकानीमा जेलेन्स्कीले अब ह्वाइट हाउस नेतृत्व गर्ने टिमको नीतिले लडाइँ अन्त्य हुने बताएका हुन्।
'परिस्थिति कठिन छ। अब ह्वाइट हाउस नेतृत्व गर्ने टिमको नीतिले युक्रेनमा रूसको लडाइँ अन्त्य हुनेछ,' जेलेन्स्कीले भनेका छन्।
युक्रेनमा रूसको लडाइँ अन्त्य ट्रम्पको प्रतिबद्धता समेत रहेको जेलेन्स्कीले स्मरण गराए।
'यो उनीहरुको दृष्टीकोण हो, समाजप्रति गरेको प्रतिबद्धता हो र उनीहरूका लागि यो महत्वपूर्ण पनि छ,' जेलेन्स्कीले भनेका छन्।
जेलेन्स्कीले युक्रेनी भूभागमा अर्को वर्षभित्र युद्ध अन्त्य गर्नका लागि आफ्नो पक्षबाट भरमग्धुर प्रयत्न हुने बताए।
ट्रम्पले जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन...









