युवतीले प्रहरीको गस्ती कारमा जीपीएस जोडेपछि…
नेपालअखबार, बेइजिङ । चीनमा एउटा ट्रक कम्पनीको मालिकले प्रहरीको कारहरुमा जीपीएस ट्र्याङकिङ डिभाइस जडान गरेको खुलासा भएको छ ।
प्रहरीले आफ्नो कम्पनीको ट्रकहरु नसमातुन् भनेर हुबेई प्रान्तको सियाङयाङ बस्ने ती महिलाले प्रहरीको गाडीमा जीपीएस ट्र्याङकिङ डिभाइस राखेकी थिइन् । आफ्नो अपराध स्वीकार गरिसकेकी ती महिलालाई केही दिनको कारबास र केही सय युआन जरिवाना तिराइएको छ ।
सियाङयाङको सडक सवारी नियम अनुपालना गराउने बिग्रेडले गस्तीमा प्रयोग गर्ने कारको नियमित चेकजाँच गर्दा च्यासिसमा रहस्यमय कालो बाकस टाँसेको देखे । थप निरीक्षणको क्रममा बाकसभित्र जीपीएस ट्र्याकिङ उपकरण भेटियो । बिग्रडको ११ ओटा कारमध्ये ६ ओटामा त्यस्ता उपकरण फेला परेको थियो ।
ट्र्याङ्किङ डिभाइससँग आबद्ध सिम खोज्ने क्रममा अधिकारीहरु आरोपीसम्म पुगे । आरोपी झु नाम गरेकी स्थानीय महिला थिइन् । आफूले प्रहरीको आवागमनमाथि निगरानी गर्न उक्...










