Wednesday, June 3

विश्व

सलमान र रोनाल्डो एउटै फ्रेममा
मनोरञ्जन, विश्व, समाचार

सलमान र रोनाल्डो एउटै फ्रेममा

नेपालअखबार, रियाद । बलिउड अभिनेता सलमान खानको एउटा भिडियो भाइरल भएको छ । यो भिडियोमा यिनी चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिगेजको साथमा बसेर बक्सिङ म्याच हेरिरहेको देखिन्छन् । सलमान हालै साउदी अरबको राजधानी रियाद गएका थिए । यहाँ उनले टाईसन फ्युरी र फ्रान्सिस नगनोबीचको बक्सिङ म्याच हेरे । यही बेलाको उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा सलमान भीभीआईपी सिटमा बसेर म्याच हेरिरहेका छन् । उनीसँगैको सिटमा रोनाल्डो र जर्जिना छन् । यसलाई सलमानका फ्यानहरूले ‘ग्रेटेष्ट क्रसओभर अफ अल टाइम’ भनिरहेका छन् ।...
पूर्वी सिरियाको सैन्य अखाडामा अमेरिकाको आक्रमण
विश्व, समाचार

पूर्वी सिरियाको सैन्य अखाडामा अमेरिकाको आक्रमण

नेपालअखबार, काठमाडौं । पूर्वी सिरियाको दुई सैन्य अखाडामा आक्रमण गरेको अमेरिकाले बताएको छ । इराक र सिरियामा रहेका अमेरिकी सेनाको आत्मरक्षाका लागि हवाई आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयर्ड अस्टनले बताएका छन् । अमेरिकाका अनुसार यो हतियार भण्डारको प्रयोग इरानी सैन्य बल र योसँग जोडिएको समूहले गर्दै आएको थियो । रक्षामन्त्री अस्टिनले भनेका छन्, ‘अमेरिकी सेनामाथि इरान समर्थित आक्रमण स्वीकार गरिने छैन र यसलाई रोकिनेछ ।’ पेन्टागनका अनुसार गाजामा तनाव बढेयता सातामा इराकमा कम्तिमा १२ पटक र सिरियामा चार पटक अमेरिकी सैनिक क्याम्पमा आक्रमण भएको छ । ड्रोन र रकेटमार्फत भएका आक्रमणमा परी २१ अमेरिकी सैनिक गम्भीर घाइते भएका छन् । हाल इराकमा २ हजार ५०० र सिरियामा ९०० अमेरिकी सैनिक छन् । अमेरिकी रक्षामन्त्री अस्टिनले अमेरिकाले गरेको कारबाहीको इजरायल र हमासबीच चलिरहेको संघर्षसँग सम्बन्धित नभएको सम...
अमेरिकाको लुइस्टनमा बन्धकुधारीद्वारा १६ जनाको हत्या
अपराध, विश्व, समाचार

अमेरिकाको लुइस्टनमा बन्धकुधारीद्वारा १६ जनाको हत्या

नेपालअखबार, काठमाडौं । अमेरिकाको लुइस्टन सहरमा एक बन्धुकधारीले कम्तिमा १६ जनाको हत्या गरेको छ । प्रहरीका अनुसार गोली चलाउने ४० वर्षका रोबर्ट कार्डको खोजी भइरहेको छ । बीबीसीका अनुसार उनको साथमा हतियार छ र, उनी खतरनाक हुनसक्ने भएकाले मानिसहरुलाई घरभित्रै बस्न स्थानीय प्रशासनले अपील गरेको छ । घटनामा संग्लन भनिएका व्यक्ति हतियार प्रशिक्षक हुन्, जसले अमेरिकी सेनाबाट प्रशिक्षण पाएका छन् । उनले २०२३ मा मासिक स्वास्थ्य केन्द्रमा समय बिताएका थिए ।  ...
इजरायल–हमास युद्ध : बालबालिकाका हात–खुट्टामा लेखिँदैछ नाम ताकि मृत्यु भएमा चिन्न सकियोस्
विश्व, समाचार, समाज, हाइलाइट-समाचार

इजरायल–हमास युद्ध : बालबालिकाका हात–खुट्टामा लेखिँदैछ नाम ताकि मृत्यु भएमा चिन्न सकियोस्

नेपालअखबार, काठमाडौं । इजरायल र प्यालेस्टिनी चरमपन्थी समूह हमासबीच १८ दिनदेखि जारी लडाइँमा परी मृत्यु हुनेको संख्या ६ हजार ५०० भन्दा धेरै पुगेको छ। बीबीसीका अनुसार युद्धका कारण स्थिति निकै दर्दनाक अवस्थामा पुगेको छ । खासगरी गाजा क्षेत्रको अवस्था यति धेरै निराशाजनक छ कि आमा–बाबुहरुले आफ्ना बालबच्चाको हात र खुट्टामा नाम लेखिदिन थालेका छन् ताकि आक्रमणमा परी मृत्यु भएमा आफ्ना छोरा–छोरीको शव चिन्न सकियोस् । बीबीसीले खान युनिसमा शरण लिएर बसिरहेको एक परिवारले आफ्नो बच्चालाई बैजनी र कालो रंगको ब्रासलेट लगाइदिएको फोटोसहितको समाचार प्रकाशित गरेको छ । सो समाचारमा लेखिएअनुसार उक्त ब्रासलेटमा बच्चाको नाम लेखिएको छ । किनभने कथंकदाचित इजरायल–हमास युद्धमा त्यो बच्चाको मृत्यु भएमा त्यही ब्रासलेट र ब्रासलेटमा लेखिएको नामबाट बच्चाको पहिचान खुलोस् । गत हप्ता सामाजिक सन्जालहरुमा आमा–बाबुले आफ्ना बालबच...
गाजामा आक्रमण रोक्न इजरायलमा बढ्दो अन्तर्राष्ट्रिय दबाब
राजनीति, विश्व, समाचार

गाजामा आक्रमण रोक्न इजरायलमा बढ्दो अन्तर्राष्ट्रिय दबाब

नेपालअखबार, गाजा । गाजामा फसेका मानिसहरूलाई राहत सामग्री पुर्‍याउन इजरायल र हमासबिच जारी लडाइँ रोक्न अन्तर्राष्ट्रिय माग बढ्दै गएको छ। अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ । गाजामा बिजुली, पानी र इन्धनको आपूर्ति बन्द गरिएको छ। यहाँका मानिसहरु निकै कठिन परिस्थितिमा बाँच्न बाध्य छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अस्थायी युद्धविरामको प्रस्ताव गरेका छन् । यद्यपि, उनले हमासलाई मात्र फाइदा हुने भन्दै औपचारिक युद्धविरामको सम्भावनालाई अस्वीकार गरे। अष्ट्रेलियाका विदेश मन्त्री पेनी वाङले इजरायलले आफ्नो सुरक्षाको अधिकारको प्रयोग कसरी गर्छ भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभएको छ । गाजामा मानवीय संकटको बारेमा चिन्ता बढ्दै गएको छ। इजरायलका सहयोगीहरू पनि गाजाको अवस्थालाई लिएर गम्भीर छन्। मंगलबार मात्रै राहत ...
राष्ट्रसंघका महासचिवले भने– इजरायलमा हमासको हमला ‘अकारण’ थिएन
राजनीति, विश्व, समाचार, समाज

राष्ट्रसंघका महासचिवले भने– इजरायलमा हमासको हमला ‘अकारण’ थिएन

नेपालअखबार, न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनी गुटेरेसले मङ्गलबार इजरायल–हमास द्वन्द्वबारे कडा टिप्पणी गरेका छन् । महासचिव गुटेर्रेसले अक्टोबर ७ मा हमासले गरेको हमला कुनै ‘वैक्यूममा’ अर्थात् ‘अचानक’ नभएको बताएका छन् । उनले भने, 'प्यालेस्टिनी जनताले विगत ५६ वर्षदेखि दमनकारी कब्जाको उत्पीडन भोग्दै आएका छन्। तिनीहरूले आफ्नो भूमि बिस्तारै (इजरायली) बस्ती र हिंसाको चपेटामा परेको देखेका छन्। उनीहरुको अर्थतन्त्र ध्वस्त भयो । तिनीहरूका मानिसहरू विस्थापित भए र तिनीहरूका घरहरू ध्वस्त भए। उनीहरुको पीडाको राजनीतिक समाधानको आशा क्षीण हुँदै गयो ।’ तर उनले यो पनि भने कि 'हमास' को भयानक आक्रमण प्यालेस्टिनी जनताको गुनासोद्वारा जायज हुन सक्दैन, न त प्यालेस्टिनी जनताले पाएको सजाय द्वारा जायज हुन सक्छ।यस बयानपछि संयुक्त राष्ट्रका लागि इजरायली राजदूत गिलाड एर्डनले गुटेरेसको राजीन...
गाजा क्षेत्रका अस्पताल नजिक हवाई हमला
विश्व, समाचार

गाजा क्षेत्रका अस्पताल नजिक हवाई हमला

नेपालअखबार, काठमाडौं । इजरायल–प्यालेस्टाइन युद्धको क्रममा गाजा क्षेत्रका अस्पतालहरु नजिक फेरि पनि आक्रमण भएको छ । विष्फोटबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । प्यालेस्टिनी चरमपन्थी समूह हमासले अल–कुद्स अस्पताल नजिक इजरायलले हवाई हमला गरेको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । आगोले जलेर ध्वस्त भएको अर्को एक भवन पनि हमासले सार्वजनिक गरेको छ । त्यो भवन कुवैती अस्पतालभन्दा पछाडिको हो भनिएको छ । यद्यपि ती भिडियोहरुको प्रमाणिकता जाँच गर्न नसकिएको बीबीसीले जनाएको छ । इजरायली सेनाले त्यो भिडियोबारे सोध्दा अनुसन्धान गरिरहेको जवाफ दिएको पनि बीबीसीले उल्लेख गरेको छ । यसअघि गाजा क्षेत्रको अल–अहली अल–अरबी बाप्टिस्ट अस्पतालमा रकेट आक्रमण हुँदा पाँच सय जनाको मृत्यु भएको थियो । यो आक्रमणको दोष इजरायली सेना र हमासले एकअर्कालाई लगाउँदै आएका छन् ।...
राष्ट्र संघका महासचिवको नेपाल आउने निश्चित
विश्व, समाचार

राष्ट्र संघका महासचिवको नेपाल आउने निश्चित

नेपालअखबार, काठमाडौँ । इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ । गत कार्तिक २ गते बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो । नेपाल बसाईको क्रममा उनले नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले कार्तिक २ गते संघीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसको कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले संघीय संसदको दुवै सदनको संयुक्त ब...
गाजाको अस्पतालमा विस्फोट हुँदा कम्तिमा ५ सय जनाको मृत्यु
विश्व, समाचार

गाजाको अस्पतालमा विस्फोट हुँदा कम्तिमा ५ सय जनाको मृत्यु

नेपालअखबार, एजेन्सि।  गाजाको अल अली ब्याप्टिस्ट हस्पिटलमा विस्फोट हुँदा सयौं प्यालेस्टिनी नागरिकहरूको मृत्यु भएको छ। मंगलबार राति गाजा सिटीमा अवस्थित उक्त अस्पतालमा विस्फोट हुँदा त्यहाँ उपचाररत र आश्रय लिएर बसेका सयौं नागरिकहरूको मृत्यु भएको समाचार संस्था रोयटर्सले जानकारी दिएको छ। विस्फोटका कारण अस्पताल खण्डहरमा परिणत भएको छ। अस्पताल विस्फोटलाई इजरायल-हमास युद्धको दसौं दिनको सबैभन्दा भयानक दिन भनिएको छ। अस्पतालमा आक्रमण हुँदा कम्तिमा ५०० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको अनुमान छ। इजरायलले गाजा क्षेत्रमा हवाइ हमला थालेपछि अस्पतालमा हजारौं नागरिकहरू आश्रय लिएर बसेका कारण मृतकको संख्या धेरै हुनसक्ने आकलन  गरिएको छ। बुधबार बिहानसम्म भग्नावशेषबाट शवहरू निकाल्ने क्रम जारी रहेको रोयटर्सले उल्लेख गरेको छ। इजरायल र हमास दुबैले विस्फोटको दोष एकअर्कामाथि लगाएका ...
प्यालेस्टाइनका नागरिकहरूको समर्थनमा युरोपमा प्रदर्शन
विश्व, समाचार, समाज

प्यालेस्टाइनका नागरिकहरूको समर्थनमा युरोपमा प्रदर्शन

नेपालअखबार, एजेन्सि। इजरायल-हमास युद्ध चलिरहँदा युरोपका विभिन्न देशहरूमा प्यालेस्टाइनका नागरिकहरुका समर्थनमा प्रदर्शन भएका छन्। इजरायलले हवाइ आक्रमण गर्दा गाजामा रहेका नागरिकहरुमाथिको मानवअधिकार हनन् भएको भन्दै उनीहरूको समर्थनमा युरोपका विभिन्न देशका विभिन्न क्षेत्रहरूमा मार्चपास गरिएको छ। सिएनएनका अनुसार नेदरल्याण्डको एमस्टरड्याममा आइतबार प्यालेस्टाइनका नागरिकहरूको समर्थनमा १५ हजार मानिहरूले मार्च निकालेका थिए। मार्चपासमा एक व्यक्तिले हमासको झण्डा प्रदर्शन गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको सिएनएनले उल्लेख गरेको छ। त्यस्तै लन्डन र स्वीजरल्याण्डको जेनेभामा पनि प्यालेस्टाइनी नागरिकहरूको पक्षमा मार्चपास गरिएको छ। लन्डनमा शनिबार १ हजारभन्दा बढी मानिसहरूले बिबिसीको हेडक्वार्टरबाट डनिङ स्ट्रिटसम्म मार्चपास गरेका थिए। सो दिन जेनेभामा पनि ६ हजार भन्दा बढी मानिसहरूले मार्चपास गरेका छ...