Sunday, September 13

विश्व

नाइजरमा कू : अब्दुरहमानेद्वारा आफूलाई नेता घोषणा
राजनीति, विश्व, समाचार

नाइजरमा कू : अब्दुरहमानेद्वारा आफूलाई नेता घोषणा

नेपालअखबार, नाइजर । नाटकीय ‘कू’ पछि जेनेरल अब्दुरहमाने चिआनीले आफूलाई नाइजरको नयाँ नेता घोषणा गरेका छन् । ओमार चिआनी भनेर पनि चिनिने उनले बुधबार आफ्नो नेतृत्वमा रहेको राष्ट्रपतिको गार्ड यूनिटलाई प्रयोग गरेर राष्ट्रपतिलाई नै नियन्त्रणमा लिँदै कू गरेका थिए । सत्ताच्यूत गरिएका राष्ट्रपति मोहमद बाजुम देशले सन् १९६० मा स्वतन्त्रता हासिल गरेपछि एक निर्वाचित राष्ट्रपतिलाई प्रतिस्थापन गर्ने पहिलो निर्वाचित राष्ट्रपति रहेका थिए । बाजुम हाल आफ्नै गार्डहरूको नियन्त्रणमा रहेको बताइएको छ । उनको स्वास्थ्य अवस्था ठिक रहेको जानकारी दिइएको छ । बाजुम सो क्षेत्रमा इस्लामी चरमपन्थीविरुद्धको लडाईंमा पश्चिमा राष्ट्रहरुको प्रमुख साझेदार थिए । पूर्व साम्राज्यवादी शक्ति फ्रान्सले कू गरेका नेताहरूलाई नचिन्ने र बाजुमलाई नै देशको प्रमुखका रूपमा चिन्ने स्पष्ट पारेको छ । अफ्रिकी युनियन, दक्षिण अफ्रिका रिजनल ब्लक,...
उत्तर कोरिया र रुसबीच सैन्य सहयोगबारे छलफल
राजनीति, विश्व, समाचार

उत्तर कोरिया र रुसबीच सैन्य सहयोगबारे छलफल

नेपालअखबार, प्योङयाङ  । उत्तरी कोरियाली राष्ट्रपति किम जोङ र रुसी रक्षा मन्त्री बिचको भेटवार्तामा भेटेर सैन्य सहयोगका विषयमा छलफल भएको छ । उत्तर कोरियाली नेता किम जोङले कोरियाली युद्धको वार्षिकोत्सवको पूर्वसन्ध्यामा रुसी रक्षामन्त्री सर्गेई शोइगु र उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डललाई प्योङयाङमा भेटेका थिए । किम शोइगु राष्ट्रिय रक्षा र क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी आपसी सरोकारका मामिलाहरूमाू सहमत भए । दुई नेताबीच सैन्य सहयोगका विषयमा पनि छलफल भएको थियो । बैठकपछि किमले शोइगुलाई हतियार प्रदर्शनीमा पनि लगे, जहाँ उत्तर कोरियाका केही नयाँ हतियारहरू प्रदर्शनी गरिएको थियो । किमले सोइगुलाई देशको सैन्य क्षमता विस्तार गर्ने राष्ट्रिय योजनाबारे जानकारी गराएका छन् ।...
अमेरिकामा भेटियो ४८६ खुट्टा भएको अद्भुत जीव
विश्व, समाचार

अमेरिकामा भेटियो ४८६ खुट्टा भएको अद्भुत जीव

नेपालअखबार, एजेन्सि । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा ४८६ खुट्टा भएको अन्धो जीव फेला परेको छ । यो पेन्सिल जत्तिकै पातलो र पेपर क्लिप जत्तिकै लामो हुन्छ। यो जेलीफिस जस्तै पारदर्शी छ र जमिन मुनि चार इन्च भित्र बस्छ।  एक स्टार बक्स क्याफे नजिकै फेला परेको यो जीवले हर्न जस्तो एन्टेना प्रयोग गरी आफ्नो गतिविधि गर्ने पत्ता लागेको थियो  । जब वैज्ञानिकहरूले माइक्रोस्कोप मार्फत हेरे, यो अद्वितीय जीवको आश्चर्यजनक भौतिक गुणहरू सामने आएका थिए । भर्जिनिया पोलिटेक्निक इन्स्टिच्युटका जीव वैज्ञानिक पल मारेकले हलिउड चलचित्रको दानव जस्तो उक्त जीव देखिएको बताए। यो क्षेत्रलाई सोकैल नाम राखिएको छ। ‘हाम्रो खुट्टामुनि, दरारहरूमा, चट्टानहरू मुनि वा लस एन्जलसमा माटोको थुप्रोमा यिनीहरू घुमिरहेका हुनेछन्,’ उनले भने। भर्जिनिया पोलिटेक्निक बाहेक वेस्ट भर्जिनिया र क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिक...
अष्ट्रियाको भियना बस्नयोग्य सहरको शीर्षस्थानमा कायमै
विश्व, समाचार

अष्ट्रियाको भियना बस्नयोग्य सहरको शीर्षस्थानमा कायमै

नेपालअखबार, काठमाडौं । अष्ट्रियाको भियना शहर बस्नका लागि सबैभन्दा योग्य शहरको सूचीमा कायमै रहेको छ । सन् २०२२ मा पनि भियना नै यो सूचीको पहिलो नम्बरमा थियो । भियना यसअघि सन् २०१८ र २०१९ मा लगातार दुई वर्ष बस्नयोग्य शहरको सूचीको पहिलो नम्बरमा थियो । सन् २०२१ मा भने पहिलो नम्बरमा न्युजिल्याण्डको अकल्याण्ड थियो । सन् २०२२ मा फेरि भियना पहिलो स्थानमा फर्किएको थियो । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू)ले विश्वभर गरेको सर्वेक्षणको आधारमा बस्न योग्य शहरको सूची सार्वजनिक गर्दछ । शिक्षा, स्वास्थ्य, सँस्कृति, पर्यावरण, स्थीरता लगायतका सूचकका आधारमा भियना बस्नका लागि सबैभन्दा योग्य शहर ठहरिएको ईआईयूले जनाएको छ । दोस्रो नम्बरमा डेनमार्कको कोपनहेगन, तेस्रोमा अष्ट्रेलियाको मेलबर्न र चौथो नम्बरमा अष्ट्रेलियाकै सिड्नी शहर छन् । यसैगरी पाँचौ नम्बरमा क्यानडाको भ्यानकुभर र छैटौंमा स्वीटजरल्याण्डको ...
प्रधानमन्त्री प्रचण्ड र आईएफएडीका प्रमुखबीच भेटवार्ता
राजनीति, विश्व, समाचार

प्रधानमन्त्री प्रचण्ड र आईएफएडीका प्रमुखबीच भेटवार्ता

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभेलप्मेन्ट (आईएफएडी) का प्रमुख डा. अल्भारो लारियोबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटवार्तामा आईएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा, आईएफएडी र नेपालीका सम्बन्ध लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालमा कृषि क्षेत्रमा आईएफएडीले विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आइरहेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच इटालीमा भेटवार्ता भएको थियो । त्यस्तै अतिकम विकसित राष्ट्रहरूको समूह (एलडीसी) को अध्यक्षका हैसियतमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गरेका थिए । त्यस्तै उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए । सोमबार नै उनले सात देशमा रहेका न...
सम्पर्कविहीन चीनका विदेशमन्त्री बर्खास्त, वाङ यीलाई जिम्मेवारी
राजनीति, विश्व, समाचार

सम्पर्कविहीन चीनका विदेशमन्त्री बर्खास्त, वाङ यीलाई जिम्मेवारी

नेपालअखबार, काठमाडौं । एक महिनादेखि सम्पर्कविहीन रहेका विदेशमन्त्री छिन काङलाई चीन सरकारले बर्खास्त गरेको छ । चिनियाँ सरकारी टेलिभिजन नेटवर्क सीसीटीभीलाई उधृत गर्दै हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सम्पर्कमा नरहेका विदेशमन्त्री छिनलाई सरकारले बर्खास्त गरेको हो । उनको स्थानमा यसअघि विदेशमन्त्रीको भूमिकामा रहेका चिनियाँ वरिष्ठ कूटनीतिज्ञ वाङ यीलाई जिम्मेवारीमा फर्काइएको छ । २५ जुनमा अन्तिमपटक सार्वजनिक रूपमा देखिएका छिन त्यसपछि सम्पर्क विहिन भएका थिए । अमेरिकाका लागि चीनका राजदूत रहेका छिन राष्ट्रपति सी जिनपिङका विश्वास पात्र मानिन्थे । उनलाई सीले पार्टीको १४ औं महाधिवेशनपछि महत्वपूर्ण जिम्मेवारी दिएर राजदूतबाट सिधै चीनको विदेशमन्त्रीको जिम्मेवारीमा ल्याएका थिए । गएको डिसेम्बरबाट जिम्मेवारी सम्हालेका उनले पछिल्लो समय विभिन्न मुलुकमा कूटनीतिक भ्रमणलाई तीव्रता...
युक्रेनका अन्न भण्डारमा रुसको निशाना, एक हप्ताको अवधिमा ६० हजार टनभन्दा बढी अन्न नष्ट
विश्व, समाचार

युक्रेनका अन्न भण्डारमा रुसको निशाना, एक हप्ताको अवधिमा ६० हजार टनभन्दा बढी अन्न नष्ट

नेपालअखबार, काठमाडौं । रुसले युक्रेनका अन्न भण्डारलाई लक्षित गरी आक्रमण गरेको छ । रुसले ओडेसा शहरको बन्दरगाह क्षेत्रमा ड्रोन हमला गरेको छ । करिब चार घण्टासम्म गरिएको आक्रमणबाट अन्न डिपोहरु नष्ट भएको र चार जना श्रमिक घाइते भएको बीबीसीले जनाएको छ । यसैगरी युक्रेनले रुसले कब्जा गरेको क्राइमियामा ड्रोन आक्रमण गर्दा दुई वटा भवनमा क्षति पुगेको छ । रुसले यही जुलाई १७ तारिखमा युक्रेनसँगको अन्न निर्यात सम्बन्धी सम्झौता रद्द गरेको घोषणा गरेको थियो । त्यसयता रुसले युक्रेनका अन्न डिपोहरुलाई निशाना बनाएर आक्रमण गर्दै आएको बीबीसीले जनाएको छ । अधिकारीहरुका अनुसार एक साताको बीचमा रुसको आक्रमणबाट ६० हजार टनभन्दा बढी अन्न नष्ट भइसकेको छ । यसअघि रुस र युक्रेनबीच लडाइँ जारी रहे पनि युक्रेनलाई ब्ल्याक सी हुँदै अन्न निर्यात गर्न दिन रुसले सहमति जनाएको थियो । युक्रेनले सूर्यमुखी, मकै, गहुँ र कोदो निर...
चीनमा जिम हाउस भत्किंदा ११ जनाको मृत्यु
विश्व, समाचार

चीनमा जिम हाउस भत्किंदा ११ जनाको मृत्यु

नेपालअखबार, , काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो । सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो । छत भत्किने बेला जिम हाउसमा १९ जना थिए । चार जना जोगिन सफल भए पनि १५ जना भग्नावशेषमा च्यापिएका थिए । तीमध्ये ११ जनाको मृत्यु भएको र चार जना घाइते भएको बीबीसीले जनाएको छ । मृतकमध्ये धेरैजसो बालबालिका छन् । प्रहरीले जिम हाउस सन्चालकलाई पक्राउ परेको छ ।...
ग्रिसको जंगलमा अनियन्त्रित आगो, १९ हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारियो
विश्व, समाचार, समाज

ग्रिसको जंगलमा अनियन्त्रित आगो, १९ हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

नेपालअखबार, काठमाडौं । ग्रिसको एक जंगलमा भिषण आगलागी भएपछि १९ हजार भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । मानिसरुको स्थानान्तरण जारी रहेकाले यो संख्या अझ बढ्न सक्ने छ । लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट १९ हजार मानिसहरुलाई स्थानान्तरण गरिएपछि अर्को द्वीप कोर्फुबाट पनि मानिसहरुलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । आइतबार बेलुका ग्रिसको आपतकालीन सेवाले सूचना जारी गर्दै कोर्फु द्वीपका आधा दर्जन बस्ती खाली गराउन निर्देशन दिएको छ । बीबीसीका अनुसार देशको अग्निशमन सेवाले यो आगलागीको सामनालाई सबैभन्दा कठिन घटना भनेको छ । ग्रिसमा केही सातायता भयंकर गर्मी छ । त्यहाँको तापक्रम ४० डिग्री सेन्टिग्रेड भन्दा बढी छ । यही गर्मीको बेला ग्रिस आगलागीको चपेटामा परेको हो । गत मंगलबारदेखि नै तीव्र हावासँगै जंगलको आगो अनियन्त्रित भएर फैलिइरहेको छ । आगोबाट जोगिन धेरै मानिसह...
घर फर्किने जहाज छोडेर उत्तर कोरियातिर हिँडेका अमेरिकी सैनिक
विश्व, समाचार

घर फर्किने जहाज छोडेर उत्तर कोरियातिर हिँडेका अमेरिकी सैनिक

नेपालअखबार, एजेन्सि। गत मंगलबार दक्षिण कोरियामा रहेका एक जना अमेरिकी सैनिक जानजान तर गैरकानुनी रूपमा उत्तर कोरिया छिरेको घटनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान तान्यो। एक-अर्कालाई दुश्मनजस्तो व्यवहार गर्ने र कूटनीतिक सम्बन्ध नभएका यी दुई देशबीच सिधा कुराकानी गर्ने संयन्त्र पनि छैन। यस्तो बेलामा उत्तर कोरिया छिरेका ती सैनिकलाई अहिले के भइरहेको छ भन्ने थाहा छैन। जानाजान उत्तर कोरिया छिरेका ती अमेरिकी सैनिक २३ वर्षका प्राइभेट किङ हुन्। उनी सन् २०२१ जनवरीमा अमेरिकी सैनिकमा भर्ती भएका थिए।  उनी फर्स्ट ब्रिगेड कम्ब्याट टिममा थिए। उनको ब्रिगेड २०२२ को फेब्रुअरीमा दक्षिण कोरिया जान थालेको हो। गत अक्टोबरमा स्थानीय कोरियालीसँग उनको झगडा परेको थियो। त्यसक्रममा उनले प्रहरीको कारमा क्षति पुर्‍याएपछि उनीमाथि कारबाही भएको थियो। उनको ब्रिगेडका अरू सैनिक अमेरिका फर्किने बेला उनी क...