Sunday, July 12

समाचार

समानुपातिक बन्दसूचीमा अपांगता भएका व्यक्तिलाई पनि समेट्न सर्वोच्चको आदेश
प्रशासन, राजनीति, समाचार

समानुपातिक बन्दसूचीमा अपांगता भएका व्यक्तिलाई पनि समेट्न सर्वोच्चको आदेश

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले दलहरूले पेश गरेको समानुपातिक बन्दसूचीमा अपांगता भएका व्यक्तिहरूलाई पनि समेट्न निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ । न्यायाधीशहरू हरि फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले ‘कुनै दलहरुले बन्दसूचीमा अपांगता भएका व्यक्तिहरुको नाम समावेश नगरेको भए सच्याएर समावेश गरी पेश गर्न लगाउन’ निर्वाचन आयोगका नाममा आदेश दिएको हो ।विभिन्न क्षेत्र र समूदायको प्रतिनिधित्वको व्यवस्था भएपनि अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व नभएको भन्दै माधव प्रसाद चम्लागाईंले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।...
अपरेसन ब्राभो सेराः एक महिनामा प्रहरीले बरामद गर्‍यो ११५ भरूवा बन्दुक
प्रशासन, समाचार

अपरेसन ब्राभो सेराः एक महिनामा प्रहरीले बरामद गर्‍यो ११५ भरूवा बन्दुक

नेपालअखबार,काठमाडौं । म्याग्दीमा ठूलो संख्या अवैध हातहतियार बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालयले गत मंसिर १५ गतेदेखि अवैध भरूवा बन्दुक संकलनका लागि सुरू गरेको ‘अपरेसन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा ११५ थान अवैध भरूवा बन्दुक बरामद गरेको हो। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जंगलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरूवा बन्दुक नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै रघुगङ्गा गाउँपालिका क्षेत्रबाट ४८ थान भरूवा बन्दुक बरामद भएको छ । अन्नपूर्ण गाउँपालिका क्षेत्रबाट १६, मालिका गाउँपालिका क्षेत्रबाट २०, मङ्गला गाउँपालिका क्षेत्रबाट  १४, धवलागिरि गाउँपालिका क्षेत्रबाट छ र बेनी नगरप...
१० मुद्दामा १ करोड  ठगीका अभियुक्त समातिए
प्रशासन, समाचार, समाज

१० मुद्दामा १ करोड ठगीका अभियुक्त समातिए

नेपालअखबार,काठमाडौं । विभिन्न १० मुद्दाका करिब एक करोड रुपैयाँ ठगी अभियुक्तका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको मेची नगरपालिका–२ का ४६ वर्षीय नवीन रिजाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं–१० बाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए । उनीविरुद्ध वैदेशिक ठगीका ७ र बैंकिङ कसुरका ३ गरी १० मुद्दा दर्ता भएको पाइएको प्रहरीले बताएको छ । वैदेशिक ठगीका ७ मुद्दामा ५४ लाख ५४ हजार बिगो रहेको प्रहरीले बताएको छ । उनले फ्रान्स पठाउने भन्दै ठगेको प्रहरीले बताएको छ ।त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंमा २४ लाख ४ हनार बिगोको एक थान बैंकिङ कसुरको मुद्दा दायर भएको छ । प्रहरी वृत्त गौशालामा ८ लाख र सिंहदरबारमा ६ लाख बिगोको बैंकिङ कसुर मुद्दा ...
दलहरूलाई समानुपातिक सूची सच्याउने समय एक साता
राजनीति, समाचार

दलहरूलाई समानुपातिक सूची सच्याउने समय एक साता

नेपालअखबार,काठमाडौं । राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूची सच्याउन एक साता समय पाउने भएका छन् । निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘कलस्टर नमिलेको अवस्थामा आयोगले यही पुस २० गतेसम्म सम्बन्धित दलहरूलाई सूचित गरिसक्छ । त्यसपछि सम्बन्धित दलको तर्फबाट यही पुसको २१ गतेदेखि २७ गतेसम्म आयोगले बताएअनुसार संशोधन गरेर पेस गर्ने कार्यक्रम हुनेछ ।’ दलहरूले यही पुस १३ र १४ गते समानुपातिक सूची बुझाएका थिए । त्यसउपर आयोगले छानबिन गरिरहेको छ । यही पुस २० गतेसम्म आयोगले कानुन बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा नाम रहे-नरहेको अध्ययन गर्नेछ । अध्ययन पश्चात २० गते नै दलहरूलाई के के मिलेको छैन भनेर पत्राचार गर्ने तालिका छ । आयोगले कलस्टर मिलाउनुपर्ने भएका सम्बन्धित दलहरूलाई पत्राचार गरेपछि...
आज सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढ्यो
अर्थ, समाचार

आज सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढ्यो

नेपालअखबार, काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको हो । चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार ४ हजार ५२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
हुल्म–मान्म सडक धमाधम कालोपत्र गरिँदै
समाचार, समाज

हुल्म–मान्म सडक धमाधम कालोपत्र गरिँदै

नेपालअखबार, कालीकोट । कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ । सडक चौडा गर्ने, घुम्ती फराकिलो पार्ने र वर्षा यामको पानी व्यवस्थित ढङ्गले निकासको प्रबन्धका साथ सडक कालोपत्र भइरहेको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार यादवले बताए । हुल्मदेखि अस्पतालसम्मको चार किलोमिटर र अस्पतालदेखि मान्म ‘जिरो पइन्ट’सम्मकोे साढे एक किलोमिटर कालोपत्र प्रायः पूरा भएको उनले जानकारी दिए। सडक स्तरोन्नतिका निम्ति रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भएको हो ।...
२६० भन्दा बढी कर्मचारी पदपूर्ति गर्दै विद्युत् प्राधिकरण, खुल्यो आवेदन
प्रशासन, समाचार, समाज

२६० भन्दा बढी कर्मचारी पदपूर्ति गर्दै विद्युत् प्राधिकरण, खुल्यो आवेदन

नेपालअखबार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ । प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो । अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविदसम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरुमा १३० जनाका लागि विज्ञापन खुलेको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले माघ १० गतेभित्र अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनबाट हुने बढुवाका लागि पनि विभिन्न पदहरुमा आवेदन फाराम खुलाएको छ ।...
विश्व बजारमा फैलिँदै लाओ कफीको सुगन्ध
कृषि, समाचार

विश्व बजारमा फैलिँदै लाओ कफीको सुगन्ध

नेपालअखबार, काठमाडौँ । लाओ कफीले स्थानीय उपभोक्ताहरू माझ मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि आफ्नो लोकप्रियता बढाउँदै लगेको छ । यसको विशिष्ट स्वाद र लाओसको मौलिक संस्कृति तथा सम्पदा झल्काउने गुणस्तरले गर्दा यसले बिस्तारै विश्वव्यापी पहिचान बनाउँदैछ । सिनोक कफीका संस्थापक तथा लाओ कफी एशोसिएसनका पूर्वअध्यक्ष सिनोक सिसोम्ब्याट बोलाभेन पठारमा कफी खेतीको अध्ययनबाट आफ्नो यात्रा शुरु गरेको बताए । लाओसको प्रमुख कृषि निर्यात वस्तुमध्ये एक रहेको कफीले त्यहाँका नागरिकहरूका लागि रोजगारी र आयको मुख्य स्रोत प्रदान गरेको छ । सन् २०२४ मा लाओसले ५० हजार टनभन्दा बढी कफी निर्यात गरी १० करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको छ ।...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
राजनीति, समाचार

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते दुई दिन काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेका छन् । भृकुटीमण्डपको हल समेत बुकिङ गरिसकिएको नेताहरुले बताएका छन् । त्यसको जानकारी पाएपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल समेत गरेका थिए । लगत्तै पार्टीभित्रको परिस्थितिबारे छलफल गर्न देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ ।यसअघि कांग्रेस केन्द्रीय समितिले पुस ...
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
समाचार, समाज

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

नेपालअखबार, बाँके । बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् । कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगन्ज १६ का रामप्रसाद थारु बताउछन् । चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पतालका सूचना अधिकारी सङ्केत रिसालले बताए। हिजोआज अस्पतालमा १०० बढी निमोनिया र रुघाखोकीका बिरामी आउने गरेका जानकारी उनले  दिए ।...