तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्र काटिँदै
नेपालअखबार, काठमाडौँ । २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष कार्कीले एमाले अध्यक्षसमेत रहेका ओलीलाई बयानका लागि बोलाउने तयारी भएको जानकारी दिएका हुन् ।
'ओलीजीलाई बोलाउने क्रममा छौँ । आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ । उहाँलाई हामी चिठी काट्दैछौँ,' अध्यक्ष कार्कीले भने ।
त्यस्तै तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएको पनि उनले जानकारी दिए । अध्यक्ष कार्कीले आयोगको कार्यावधि एक महिना थप भएको र एक महिनाभित्र काम सकेर सरकारलाई प्रतिवेदन बुझाउने पनि बताए ।
आयोगले लेखकसँग सोमबार र बुधबार गरी बयान लिएको हो । अब तत्कालीन प्रधानमन्त्री ओलीको मात्र बयान बाँकी रहेको छ । ओलीलाई करिब एक सात...









