Monday, November 23

समाचार

अमेरिकामा शक्तिशाली आँधी, कम्तीमा ४ जनाको ज्यान गयो, कारखानामा आगो लाग्यो
विदेश, समाचार

अमेरिकामा शक्तिशाली आँधी, कम्तीमा ४ जनाको ज्यान गयो, कारखानामा आगो लाग्यो

नेपाल अखबार, एजेन्सि। अमेरिकामा आएको शक्तिशाली सामुद्रिक आँधीका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ। लरा नामको आँधीका कारण अमेरिकाको लुइजियाना राज्यमा जनधनको क्षति भएको हो। आँधीका कारण लुइजियानाको एक नगरस्थित रसायन कारखानामा आगलागी भएको छ। झन्डै २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्‍याएको अनुमान गरिएको छ। क्षतिको आकलन भइरहेको बताइएकाे छ। बीबीसीका अनुसार ५ लाख घरमा बिजुली बन्द भएको छ। तर अनुमान गरिएजस्तो समुद्री छाल बढेर बाढी आएन। आँधी पूर्वतर्फ लागेको छ।...
धरानमा दुई जना संक्रमितको मृत्यु
प्रदेश १, समाचार, स्वास्थ्य

धरानमा दुई जना संक्रमितको मृत्यु

नेपाल अखबार, धरान। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । ८३ वर्षीय पुरुषको आज बिहान ३ः४५ बजे र ५६ वर्षीया महिलाको ३ः१४ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ८३ वर्षीय पुरुष बी एण्ड सी टिचिङ अस्पताल विर्तामोड झापाबाट रिफर भएर धरानस्थित प्रतिष्ठानमा आएका थिए । उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । साथै उनी उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पनि पीडित थिए । उनको अस्पतालमै डायलायसिस गरिएको थियो । उनमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो । यसैगरी ५६ वर्षीया महिला...
विद्यालयभित्र तास खेल्ने ११ जना पक्राउ
समाचार, समाज

विद्यालयभित्र तास खेल्ने ११ जना पक्राउ

नेपाल अखबार, चितवन । कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका  प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बिहीबार दिउँसो १ बजेतिर प्रहरीले विद्यालयबाट उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए । उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु इलाका प्रहरी कार्यालयको हिरासतमा छन् । उनीहरुलाई जुवा ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी निरीक्षक घर्तीले बताए ।...
पाेखरामा दुई पर्यटन प्रहरी २ कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पाेखरामा दुई पर्यटन प्रहरी २ कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। पाेखरामा दुई पर्यटन प्रहरी २ कोरोना  कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान पोखरा – १७ का २८ र २९ वर्षका दुई पर्यटक प्रहरीमा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयले शुक्रबार बिहान पोखरामा थप ३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको  हो । निर्देशनालयले कन्ट्याक्ट ट्रेसिङका क्रममा  पोखरा ३० की ५० वर्षीय महिलामा पनि कोरोना देखिएको जनाएको छ ।...
गृहको निर्देशनमा झापा गोलीकाण्डको छानबिन सुरु
प्रशासन, समाचार

गृहको निर्देशनमा झापा गोलीकाण्डको छानबिन सुरु

नेपाल अखबार,  काठमाडौं । गृहमन्त्रालयको निर्देशनपछि झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन भएको छ । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो । समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुशान्त बराल छन् । समितिलाई घटनामा सुरक्षाकर्मीको कमजोरीबारे छानविन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । बुधबार जिल्लाको झापा गाउँपालिका ३ का कामाटोलमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर स्थानीय ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको थियो । गोरु कटेको अभियोगमा पक्राउ परेका २ अभियुक्तलाई नेपाल प्रहरीले सदरमुकाम लैजाने क्रममा विवाद भएको थियो । त्यसक्रममा स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहर...
निषेधाज्ञामा वन तस्करी बढ्यो
समाचार, समाज

निषेधाज्ञामा वन तस्करी बढ्यो

नेपाल अखबार, महोत्तरी । कोविड–१९ त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीका वनक्षेत्रमा तस्करको प्रवेश बढेको छ । चैत ११ देखि साउन ७ अघिको सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा साउन २० यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटकरपटक अवधी बढाउँदै लगेको निषेधाज्ञामा वनसम्पदा चोरी हुने क्रम बढेको हो । भदौ लागेयतामात्रै वन सुरक्षा गस्तीले गरेको सघन खोज अभियानमा भर्खरै कटान गरेर लुकाइएका साखुका काठ ५९ क्यूविक फिट बरामद गरेको छ । चोरी कटान गरेर लगिने काठ धेरैजसो अवैधरुपले सञ्चालन गरेका समिल (काठ चिरान गर्ने कारखाना) र फर्निचर उद्योगमा फेला परेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । “हामीले यसै सातामात्र बर्दिवासका दुई ठाउँबाट ५९ क्यूविक फिट नापका चिरान गरिएका ९४ थान नयाँ कटान गरिएका काठ बरामद गरेका छौँ”, डिभिजन प्रमुख साहले भन्नुभयो, “तश्करले रुख कटान गर्...
काठमाडौंमा प्रत्येक घण्टा १० जनालाई संक्रमण
पत्रपत्रिका, समाचार

काठमाडौंमा प्रत्येक घण्टा १० जनालाई संक्रमण

नेपाल अखबार, काठमाडौं।  नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रुपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय पुगेको छ । संक्रमणको दृष्टिकोणले काठमाडौं उपत्यका थप जोखिममा छ । निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा दैनिक झण्डै २ सय जना संक्रमित थपिने गरेका छन् । पछिल्लो एक सातालाई आधार मान्दै काठमाडौं उपत्यकाभित्र प्रत्येक एक घण्टामा १० जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।...
गण्डकीका थप १७ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीका थप १७ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिकामा शुक्रबार बिहान थप ३  जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान पोखरामा थप २ पुरुष र एक महिलामा कोरोना देखिएको जनाएको छ । निर्देशनालयका अनुसार पोखरा – १७ का २८ र २९ वर्षका २ पुरुष तथा पोखरा – ३० की ५० वर्षीया महिलामा कोरोना सक्रमण पुष्टि भएको हो ।  ...
कास्की प्रहरीले गण्डकी प्रदेशमा पहिलो पटक सञ्चालनमा ल्यायो मोवाइल एप
प्रशासन, समाचार

कास्की प्रहरीले गण्डकी प्रदेशमा पहिलो पटक सञ्चालनमा ल्यायो मोवाइल एप

नेपाल अखबार, पाेखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले गण्डकी प्रदेशमा पहिलोपटक प्रहरीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउने उद्धेश्यले ‘पाइलट प्रोजेक्ट’का रुपमा ‘नेपाल पुलिस मोवाईल एप’ सञ्चालनमा ल्याएको छ । समुदायमा घट्ने आपराधिक क्रियाकलाप, घटनाहरु तथा सूचनाहरुलाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयले विकास गरेको सो एपले सघाउने विश्वास सहित सञ्चालनमा ल्याइएको हो । कार्यालयले आज ‘भिडियो कन्फ्रेन्स’मार्फत पत्रकार सम्मेलन गरी एप सार्र्वजनिक गरेको छ । जिल्लाको समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने उदेश्यले थप सूचनाको माध्यमका रुपमा एप गण्डकी प्रदेशमै पहिलो पटक शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । ‘एन्ड्रोइड’ र ‘आइफोन’ दुबै सेटमा सञ्चालन हुने एप्स...
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
समाचार

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

नेपाल अखबार, पाेखरा । सवारी ज्यान मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले मादी गाउँपालिका–१० वार्चे घर भएका पस बहादुर गुरुङलाई पक्राउ गरेको हो । ५८ वर्षीय पस बहादुरले १७ वर्षअघि एक व्यक्तिको ज्यान लिनेगरी सवारी दुर्घटना गराएका थिए । सो मुद्धामा कास्की जिल्ला अदालतले ०६० जेठमा उनलाई २ वर्ष ११ महिना कैद सजाय हुने फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका पसबहादुरलाई मादी गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक (एसपी) जिवन श्रेष्ठले जानकारी दिए ।...