Monday, November 23

समाचार

चीनले कस्मिरको मुद्दा राष्ट्रसंघमा उठाउने भएपछि भारत आक्रोशित
विश्व, समाचार

चीनले कस्मिरको मुद्दा राष्ट्रसंघमा उठाउने भएपछि भारत आक्रोशित

नेपाल अखबार , एजेन्सि। चीनले कस्मिरको मुद्दा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफलका लागि उठाउने प्रयत्न गरेको भन्दै भारत चीनसँग भड्किएको छ। चीनले आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै त्यस्ता कार्य नगर्न बिहीबार भारतले चेतावनी दिएको छ। कस्मिरको मामिलामा बाहिरी हस्तक्षेप अस्वीकार गरिने भारतले जनाएको छ। ‘चीनले राष्ट्रसंघको सुरक्षा परिषदमा भारतीय भूभाग जम्मु र कस्मिरबारे छलफल सुरु गरेको जानकारी पाएका छौं।’ भारतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै भनेको छ,‘चीनले भारतको आन्तरिक मामिलामा दख्खल दिएको पहिलोपटक होइन। पहिलेको प्रयासलाई अन्तर्राष्ट्रिय समुदायले थोरै मात्रामा साथ दिएका थिए।’ चीनले यस्ता असफल प्रयासबाट प्रस्ट निष्कर्ष निकाल्नु पर्ने भारतको भनाइ छ। जम्मु र कस्मिरको विवाद भारत र पाकिस्तानको लामो भू–राजनीतिक विवाद हो। पाकिस्तानले जम्मु–कस्मिरका मानिसहरु पाकिस्तानसँग मिल्न चा...
स्वास्थ्य मन्त्री ढकाल : परिस्थितिको समीक्षापछि मात्रै स्कुल र हवाई यातायातबारे निर्णय गरिने
प्रशासन, समाचार, स्वास्थ्य

स्वास्थ्य मन्त्री ढकाल : परिस्थितिको समीक्षापछि मात्रै स्कुल र हवाई यातायातबारे निर्णय गरिने

नेपाल अखबार, काठमाडाैं। कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारले भदौ पहिलो साता परिस्थितिको समीक्षा गरेर मात्रै स्कुल र हवाई यातायात सञ्चालनबारे आवश्यक निर्णय गरिने जनाएको छ। यसअघि सरकारले यी क्षेत्र भदौ १ बाट सञ्चालन गर्ने बताएको थियो। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्कुल–कलेज र हवाई यातायात सञ्चालनबारे समीक्षापछि मात्र निर्णय गरिने बताए। सरकारले बिहीबारदेखि नै सडक यातायातमा जोरबिजोर प्रणाली लागू गरिसकेको छ भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ। बुधबार मन्त्रालयले सञ्चारकर्मीहरुसँग गरेको अन्तक्र्रियामा स्वास्थ्यमन्त्री ढकालले परिस्थिति नियन्त्रणबाहिर नगएको दाबी गरे। ‘मन्त्रालयले यसअघि साउन २५ गते संक्रमितको संख्या उच्चबिन्दुमा पुग्ने र भदौ २ गतेसम्म त्यो कायम रहने अनुमान गरेको थियो। तर हिजो (साउन २०) गतेसम्मको अवस्थामा हेर्दा संक्रमणको संख्या अनुमान गरिएको भन्दा...
टिभी अभिनेता समिर शर्माले गरे आत्महत्या
विदेश, समाचार

टिभी अभिनेता समिर शर्माले गरे आत्महत्या

नेपाल अखबार, एजेन्सि । ‘ये रिश्ता हे प्यार के ’ टेलिश्रृङ्खालाका अभिनेता समिर शर्माले मुम्बईस्थित आफ्नो घरमा आत्महत्या गरेका छन् । ४४ वर्षका समिर शर्मालाई बुधबार राती मलाड पश्चिममा अहिंसा मार्गस्थित नहा सिएचएस बिल्डिङमा आफ्नो घरमा झुण्डिएको अवस्थामा फेला पारिएको हो । मलाड प्रहरीका अनुसार समिरले यसै वर्ष फेब्रुअरीमा अपार्टमेन्ट भाडामा लिएका थिए । रातीको ड्युटीमा खट्ने क्रममा चौकीदारले शव देखे र वरिपरिका मानिसलाई जानकारी दिए । शवको स्थिती हेर्दा प्रहरीले अभिनेताले दुई दिनअघि नै झुण्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरेका छन् । घटनास्थलबाट कुनै सुसाइड नोट भने भेटिएको छैन । समिरले दिल क्या चाहता हे बाट टिभीमा डेब्यू गरेका थिए । उनी कहानी घर घरकीमा पनि देखिएका थिए ।...
बच्चाहरुबाट कोरोनाभाइरसको संक्रमण झनै छिटो सर्न सक्ने
शिक्षा, समाचार, स्वास्थ्य

बच्चाहरुबाट कोरोनाभाइरसको संक्रमण झनै छिटो सर्न सक्ने

नेपाल अखबार, एजेन्सि। यतिखेर शैक्षिक वर्ष खेर जान नदिने नामममा स्कुलहरु खोलिनुपर्छ भन्नेबारेमा आवाजहरु उठ्न थालेका छन् । सरकारको एउटा तप्काको सोच पनि त्यहीअनुसार देखिन्छ । कुराहरु सुन्दा र पढ्दा आम जनताको प्रतिक्रिया हेरेर सक्यो भने सरकारको तयारी भदौदेखि नै भर्ना प्रक्रियाको थालनी गरेर यथासक्य स्कुलहरु खोल्नुपर्छ भन्ने पक्षमा देखिन्छ । विश्व महाशक्ति अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष जोडबल पनि कोरोनाभाइरसको महामारीका बीच स्कुलहरु सञ्चालन हुनुपर्छ भन्ने देखिन्छ । यो कुरालाई उनकै टीमका स्वास्थयविद्हरुले पनि घातक हुने भनेर बारम्बार चेतावनी दिँदै आएका छन् । यसबीच अध्ययनहरुले देखाएको छ, सार्स–कोभ–२ नाम दिइएको कोरोनाभाइरसको संक्रमण वयस्कहरुमा भन्दा पनि युवा बच्चाहरुमा बढी घातकताका साथ सर्ने गरेको छ । यो अवस्थामा स्कुलहरु हतारिएर खोल्नु अत्यन्तै जोखिमपूर्ण हुने देखिन्छ । अमेरिका र इटाली...
अख्तियारका २० कर्मचारीमा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

अख्तियारका २० कर्मचारीमा कोरोना पुष्टि

नेपाल अखबार, काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिए । यसअघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो । ती सङ्क्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् । यसैगरी गत मङ्गलबार नै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरेको परीक्षणमा भने सङ्क्रमण नदेखिएको पौडेलले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब सङ्कलन गरिएको थियो । अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्र...
प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

प्रचण्ड निवासका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास सुरक्षार्थ खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार निवासमा कार्यारत सुरक्षाकर्मीको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा गेटमा खटिएका सेन्ट्री गार्डहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रचण्डको परिवारका सदस्यहरुमा भने कोरोना देखिएको छैन ।...
बेँसीशहर–चामे सडक बाढीले बगायो
समाचार, समाज

बेँसीशहर–चामे सडक बाढीले बगायो

नेपाल अखबार, लमजुङ। पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले आज बिहान लमजुङ–मनाङ जोड्ने सो सडकखण्डअन्तर्गत लमजुङस्थित मस्र्याङ्दी गाउँपालिका–४ मा रामबजार खोलाले सडक बगाएको हो । सो खोलामा आएको बाढीले करिब १५/२० मिटर नै सडक बगाएको डुम्रे–बेँसीशहर चामे सडक योजना कार्यालयका सवइन्जिनियर सुमन अधिकारीले बताए । त्यस्तै उक्त सडकखण्डअन्तर्गत नै सो गाउँपालिकाको घोप्टेभीरको भाप्राखोलामाथि राखिएको ह्युमपाइप बगाएको छ । उहाँका अनुसार गत वर्ष सवारी सञ्चालनका लागि राखिएका छ वटै ह्युमपाइप बाढीले बगाएको छ । बेँसीशहर चामे सडक ६५ किलोमिटरको छ । यस वर्षसमेत सो सडकका विभिन्न स्थानमा दर्जनौँ पटकपटक पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । विगतका वर्षसमेत वर्षायाममा वर्षेनी सडक अवरुद्ध बनाएको थियो । सडकका विभिन्न स्थानमा सानासाना पहिराले सडक साघु...
पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ९ मा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका ४ सहित गण्डकी प्रदेशमा थप ९ मा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणको संख्या १ हजार ५ सय ७५ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपालिकाका ४ सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ हजार ५ सय ७५ पुगेको हो ।संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर ८ का ७२ वर्षीया १ जना महिला छिन् भने अन्य ३ जना सोही वडाका ७ र १४ वर्षीया बालक सहित ८२ वर्षीया वृद्ध छन् । त्यस्तै तनहुँको ब्यास नगरपालिका वडा नम्बर ४ का २७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्वतको महाशिला गाउँपालिका वडा नम्बर ४ का ४० वर्षीया पुरुष, गोरखाको पालुङटार वडा नम्बर १ की ३९ वर्षीया महिला र स्याङ्जाको फेदीखोला गाउँपालिकाका २७ र ३१ वर्षीया पुरुषमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकार...
गण्डकीका ११ वटै जिल्लामा कृषि र पशुपन्क्षीका कार्यालय स्थापना गरिने
कृषि, प्रदेश ४, समाचार

गण्डकीका ११ वटै जिल्लामा कृषि र पशुपन्क्षीका कार्यालय स्थापना गरिने

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेश सरकारले जिल्लास्थित कृषि तथा पशुपन्क्षी कार्यालयको सेवा ११ वटै जिल्लामा पु¥याउने भएको छ । कृषि तथा पशुपन्क्षी सम्वन्धी सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने हालको बाध्यतालाई अन्त्य गरी जिल्लाभित्रै सेवा प्रवाहको व्यवस्था गर्न कार्यालय नभएका जिल्लामा कार्यालय स्थापना गर्र्न लागिएको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले बताए । पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखराको बुधबार आयोजना गरेको आर्थिक वर्ष २०७६÷०७७ को सेवा प्रवाहका लागि सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई तथा चालू आवको कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उहाँले कृृषि ज्ञान केन्द्र थप पाँच जिल्लामा तथा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चार जिल्लामा विस्तार गर्र्ने तयारी गरिएको जानकारी गराएका थिए । उनका अनुसार हाल प्रदेशका छ वटा जिल्लामा कृषि ...
विराटनगरमा १३ जना संक्रमित थपिए
प्रदेश १, समाचार, स्वास्थ्य

विराटनगरमा १३ जना संक्रमित थपिए

नेपाल अखबार,  विराटनगर । विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार बिहीबार बिहान पाँच महिला र आठ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराउँदा विराटनगर महानगरपालिकाका–२, ६, ७, ८, १०, ११, र १३ नम्बर वडाका वासिन्दामा कोरोना देखिएको छ । विराटनगर २ का १ जना, ६ का १ जना, वडा नम्बर ७ का १ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर १० का १ जना, वडा नम्बर ११ का ४ जना र वडा नम्बर १३ का ३ जना छन् । संक्रमितमध्ये तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन । अरु २४ देखि ६० वर्ष उमेरसम्मका छन् । नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या एक सय ८३ पुगेको छ ।...