Saturday, November 21

समाचार

ट्राफिक महशाखाका थप ३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

ट्राफिक महशाखाका थप ३ प्रहरीलाई कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडाैं। ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप ३ जना प्रहरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत साउन १६ मा  एक हवल्दार र एकजना जवानमा कोरोना देखिएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट पिसिआर जाँच गर्दा थप ३ जनामा संक्रमण पुष्टि भएको महाशाखामा कार्यरत एक अधिकृतले जानकारी दिए । कोरोना संक्रमण देखिएपछि महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भीमप्रसाद ढकाल सहित २८१ प्रहरी क्वारेन्टाइनमा छन् । संक्रमणको जोखिम कम गर्न ३ सय ट्राफिकलाई महाशाखाले घर पायक स्थानमा ड्युटीको व्यवस्था मिलाएको छ । क्वारेन्टाइनमा बसेका ट्राफिकको ठाउँमा मातहतका युनिटबाट ड्युटी परिपुर्ति गरिएको एसएसपी भीम प्रसाद ढकालले जानकारी दिए । बिदा गएर फर्केका ६१ प्रहरीलाई रामशाहपथस्थित पार्टी प्यालेसको छुट्टै क्वारेन्टाइनमा राखिएको छ ।...
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा पहिरोले पुरिएर दम्पतिको मृत्यु
समाचार, समाज

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा पहिरोले पुरिएर दम्पतिको मृत्यु

नेपाल अखबार, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मी छिन् । गएराति करिब २ बजेतिर आएको पहिरोले उनीहरुलाई पुरेको थियो । पहिरोबाट दुवै जनाको शव निकालिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । उनीहरुका दुई छोरी, एक छोरा छन् । छोरा काठमाडौं आएका छन् । एक छोरी विदेशमा छिन् भने अर्की एक छोरी हजुरबुवाको घरमा बसेकाले सुरक्षित छन् । गएरातिको पहिरोले गाउँपालिकाका वडा नम्बर १, २, ३, ६, ७ र ८ मा पहिरोले ठूलो क्षति पुर्याएको अध्यक्ष लामाले बताए । ‘कसैको आँगन छैन । कसैका चौपाया पुरिएका छन्,’ उनले भने, ‘गाउँपालिकाभरि पहिरोले क्षत विक्षत बनाएको छ ।’ गएराति नै सिन्धुपाल्चोकको मेलम्ची–११ मा पहिरोमा ९ जना पुरिएकामध्ये ५ जनाको शव फेला परेको छ भने एक जनालाई जीवितै उद्धार गर...
पहिरोले १३ घरपरिवार विस्थापित
समाचार, समाज, हाइलाइट-समाचार

पहिरोले १३ घरपरिवार विस्थापित

नेपाल अखबार, बागलुङ। बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिरोका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका–१ देवीस्थान खाराका स्थानीय नरेन्द्र कुँवरको घरमा पूर्णरुपमा क्षति पुगेको छ भने छ भने बलबहादुर मल्लको घरमा आंशिक क्षति भएको छ । पहिरोले खारा बजारका अन्य सात घर पनि पहिरोका कारण उच्च जोखिममा परेका छन् । वर्षा हुँदा साथ आउन सक्ने पहिरोको जोखिमले स्थानीय त्रासमा छन् । जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर भत्किने पुरिने जोखिममा भएपछि नौ घर परिवार विस्थापित भएको निसीखोला–१ का वडाध्यक्ष इन्द्र मल्लले जानकारी दिए । “प्राकृतिक प्रकोपका कारण गाउँमा पहिरोको जोखिम र त्रास बढेको छ”, उहाँले भन्नुभयो, “जोखिम पछि पूर्ववत् सजगता अपनाउनु पर्ने महसुस गरेर अहिले तत्कालका लागि आफन्त र अर्को वैकल्पिक स्थलमा बस्न भनेका छौँ ।” निसीखोलामा पछिल्लो तीन ...
दाङबाट दुईजना नक्कली प्रहरी पक्राउ
समाचार

दाङबाट दुईजना नक्कली प्रहरी पक्राउ

नेपाल अखबार, घोराही ।  जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरी पक्राउ गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेका छन् । नेपालीले आफू जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको तथा मासिकरुपमा रकम दिनुपर्छ भनी धम्क्याउँदै आएका प्रनाउ खड्काले बताए । यसैगरी मल्लले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनी ट्राफिक चोकस्थित पाहुना गेष्ट हाउसमा निःशुल्क खाना खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनी जाहेरी परेकाले पक्राउ गरिएको हो । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४...
विराटनगरमा कोशी अस्पतालका नर्स र नापी कार्यालयका कर्मचारीमा कोरोना
समाचार, स्वास्थ्य

विराटनगरमा कोशी अस्पतालका नर्स र नापी कार्यालयका कर्मचारीमा कोरोना

नेपाल अखबार, विराटनगर । विराटनगरपमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका, दुई स्टाफ नर्स, दुई नापी कार्यालयका कर्मचारीसहित ४ महिला र ८ पुरुष छन् । आइतबार कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा दुई जना कर्मचारीमा संक्रमण पुष्टि नापी कार्यालय विराटनगरका निमित्त प्रमुख गणपति साहले जानकारी दिए । उनका अनुसार नापीबाट पाँच जनाको स्वाब संकलन गरिएको थियो । संक्रमितमध्ये एक जना नापी कार्यालयका सुरक्षा गार्ड हुन् । एक जना राजस्व फाँटका खरिदार हुन् । अब नापी कार्यालयका सबै कर्मचारीको जाँच गर्न महानगरपालिकालाई भनेको र भोलिदेखि कार्यालय बन्द हुने साहले जानकारी दिए । कोशी अस्पतालका दुई नर्समा कोरोना आइतबार विराटनगरमा कोरोना संक्रमण पुष्टि भएका १२ जनामध्ये तीनजना कोशी अस्पताल विराटनगरका कर्मचारी रहेको पाइएको छ । मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार संक्रमण पुष्टि ...
सालको पात बन्यो सहारा
समाचार, समाज

सालको पात बन्यो सहारा

शेरिफ केसी,कपिलवस्तु। चाउरिन लागेको अनुहार, जिङ्ग्रिङ परेको कपाल, एउटा टिनको छानामुनि बस्दै आएका दुई अधबैशे जोडी । कपिलवस्तुको वाणगङ्गा–४ का दम्पत्ती भीम माया र रुकबहादुर रेश्मीको पहिचान हो । गाउँमा पात बच्ने बाआमा भन्दै चिनिने उनीहरुको निवासमा भाँचिनै लागेको खाट, पुराना र मैला परेका बिस्तारा र ससाना भाँडाकुँडा देखिन्छ । वर्षात्को पानी घरभित्र राखिएको खाटमुनि आहाल परेको छ । ती दुई जोडी बिहान जङ्गलका सालका पात टिपेर गाउँगाउँमा लैजान्छन् र पात बेचेर भएको आम्दानीबाट दैनिक गुजारा चलाउँदै आएका छन् । उनीहरुको घर बाँसका कुहिन लागेका भाटा तेर्साएर त्यसमाथि च्यातिएको कपडाले बेरेको शौचालय जस्तो बास बस्ने थलोमा साँच्चीकै कष्टकर जीवन बिताउँदै आएका छन् । बुढ्यौली शरीर, जिउमा गतिला कपडा छैनन् । घरमा अन्नको गेडो छैन । बाँसको झिक्राले बारेको टहरो मर्मत गर्न नसक्दा छानाको ठाउँठाउँमा दुलो परेको छ । घरमा नून...
सरकारले वीरगञ्जमा पठायो उच्चस्तरीय स्वास्थ्य टोली
प्रशासन, समाचार

सरकारले वीरगञ्जमा पठायो उच्चस्तरीय स्वास्थ्य टोली

नेपाल अखबार, काठमाडौं । सरकारले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो । पछिल्लो समयमा वीरगञ्जमा संक्रमितको संख्या अत्यधिक देखिएको छ । यहाँ साउन महिनामा मात्र १० जना भन्दा धेरैको मृत्यु भइसकेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आवश्यकता परेमा अन्य ठाउँमा पनि उच्च स्तरीय टोली पठाइनेछ ।...
गण्डकी प्रदेशमा थपिए १९ जना कोरोना संक्रमित
प्रदेश २, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए १९ जना कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा आइतबार फेरि १९ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट, सुस्तापूर्व)का ९ जना, कास्कीको पोखरा महानगरपालिकाका ४ जना, बागलुङ, तनहुँ र गोरखाका दुई/दुईजनामा संक्रमण देखिएको हो । थपिएका मध्ये  नवलपरासी, गोरखा र तनहुँका यसअघि छुटेका हुन् । आइतबार बिहानमात्रै गण्डकीमा२० जना संक्रमित थपिएका  थिए । यससँगै गण्डकीमा आइतबारमात्रै ३९ जनामा कोरोना पुष्टि भएको छ भने संक्रमितको जम्मा संख्या १५२४ पुगेको छ । हालसम्म प्रदेशमा १३०४ जना आइसोलेसनबाट डिस्चार्ज भइसकेका छन् ।...
कर्मचारीमा कोरोना देखिएपछि आँबुखैरेनी गाउँपालिका कार्यालय तीन दिन बन्द
प्रशासन, समाचार

कर्मचारीमा कोरोना देखिएपछि आँबुखैरेनी गाउँपालिका कार्यालय तीन दिन बन्द

नेपाल अखबार, तनहुँ । एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यालय आइतबारदेखि तीन दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलका अनुसार शनिबार ४२ वर्षीय एकजना पुरुष कर्मचारीमा संक्रमण देखिएका कारण कार्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो । ‘साउन १४ गते उनीसहित क्वारेन्टिनमा बसेका ९ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये क्वारेन्टिनमा बसेका आठै जनाको रिपोर्ट नेगेटिभ आयो भने उनको रिपोर्ट मात्रै पोजेटिभ आयो,’ डोटेलले भने, ‘संक्रमण पुष्टि भएका उनको सम्पर्कमा आएका कर्मचारीहरुको परीक्षणका लागि साउन २० गतेसम्मका लागि कार्यालय बन्द गरेका हौं ।’ संक्रमण पुष्टि भएका कर्मचारी पोखरास्थित घरकै आइसोलेसनमा रहेको उनले बताए । साउन १४ गते स्वाब दिएपछि उनी घर गएका थिए । संक्रमणको जोखिमलाई मध्यनजर राखेर गाउँपालिकाको कार्यालय तथा सबै वडा कार्यालयहर...
पत्रकार रोकायाको निधनप्रति महासंघद्वारा दुःख व्यक्त
समाचार

पत्रकार रोकायाको निधनप्रति महासंघद्वारा दुःख व्यक्त

नेपाल अखबार, काठमाडौं । नेपाल पत्रकार महासङ्घले महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा हुम्ला शाखाका संस्थापक सभापति अग्रज पत्रकार जयबहादुर रोकायाको निधनप्रति दुःख व्यक्त गरेको छ । पत्रकार रोकायाको यही साउन १७ गते हुम्लाको सिमकोट गाउँपालिका–५ कालिञ्चोकस्थित निवासमा ६२ वर्षको उमेरमा निधन भएको हो । महासङ्घका महासचिव रमेश विष्टले शोक विज्ञप्तिमार्फत पत्रकार रोकायाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र जुझारु पत्रकार गुमाउनुका साथै हुम्ला शाखाले असल अभिभावक गुमाएको उल्लेख गरेका छन् । हुम्ला र समग्र कर्णाली क्षेत्रमा व्यावसायिक पत्रकारिताको विकासका लागि उल्लेख्य योगदान पु¥याउनु भएका रोकाया विसं २०५० देखि पत्रकारितामा सक्रिय हुनुका साथै लामो सयम कान्तिपुर दैनिकमा कार्य गरेका थिए । महासङ्घले स्व रोकायाप्रति श्रद्घाञ्जलि अर्पण गदै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा सम...