Friday, November 20

समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि भासियो
समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि भासियो

नेपालअखबार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ सत्रकिलो भन्ने स्थानमा सडक भासिएको छ । अहिले एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भैरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सोमबार विहान ९ः१० बजेको समयमा सडक भासिएको हो । अविरल वर्षाको कारण सडकखण्डको १.५ फिट पिच सडक भासिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा यसअघि भासिएको सडक अहिलेसम्म बनेको छैन ।...
अनुमतिविना मक्का जानेमाथि १० हजार साउदी रियाल जरीवाना
विश्व, समाचार

अनुमतिविना मक्का जानेमाथि १० हजार साउदी रियाल जरीवाना

नेपाल अखबार, एजेन्सि। साउदी अरेबियाको गृह मन्त्रालयले अनुमति विना नै हज यात्राको लागि मक्का जाने मानिसहरुलाई १० हजार साउदी रियाल अर्थात् दुई हजार ६६६ अमेरिकी डलर जरीवाना लगाउने निर्णय गरेको छ । साउदी अरेबियाले यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण हजयात्राको लागि मक्का आउने मानिसको संख्या सीमित पारेको छ । साउदी अरेबियाको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो प्रतिबन्ध जुलाई १९ देखि २ अगष्टसम्म जारी रहनेछ । दोस्रोपटक पनि यो प्रतिबन्ध उल्लंघन गर्दा पक्राउ परेका मानिसलाई पाँच हजार ३३२ अमेरिकी डलर जरीवाना गरिनेछ । गृह मन्त्रालयले सबै नागरिकहरुलाई र बासिन्दाहरुलाई हजयात्राको क्रममा सरकारले तोकेको नियम पालना गर्न आग्रह गरेको छ । हजयात्राको क्रममा नियम पालना गराउन सुरक्षाकर्मीहरु सडक तथा बाटोमा परिचालन गरिनेछ । साउदी अरेबियाको प्रशासनले कोरोना भाइरसको महामारीको कारण हजयात्रामा आउन...
कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या
समाचार

कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या

नेपाल अखबार, दाङ। दाङ जिल्लामा कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या भएको छ । त्यस्ता शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने र सोही क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा स्थानीयवासीको विरोधका कारण व्यवस्थापनमा समस्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । केही दिनअघि घोराहीमा फेला परेको एउटा बेवारिसे शव जनप्रतिनिधि र प्रशासनको सहयोगमा परीक्षणपछि  व्यवस्थापनका लागि तयारीसमेत गरियो तर घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले  परीक्षण गर्न नमानेपछि रातारात तुलसीपुरमा राप्ती प्रादेशिक अस्पतालमा सम्पन्न गरियो । परीक्षणपछि व्यवस्थापनका लागि प्रहरीले प्रयास गर्दा स्थानीयवासीले अवरोध गरेपछि शव अलपत्र अवस्थामा अस्पतालमै छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले कोरोना संक्रमण नभएको शव पन...
झण्डै १० लाखको संख्यामा सलहको अर्को झुण्ड नेपाल भित्रियो
समाचार, समाज

झण्डै १० लाखको संख्यामा सलहको अर्को झुण्ड नेपाल भित्रियो

नेपाल अखबार, काठमाडाैं । झण्डै १० लाखको संख्यामा रहेको सलहको नयाँ झुण्ड नेपाल प्रवेश गरेको छ। आइतबार दाङहुँदै सलहको एउटा भुण्ड नेपाल प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ। यसअघि दुई साता अघि पनि सलहको ठूलो झुण्ड नेपाल प्रवेश गरेको थियो। तर, वातावरण प्रतिकूल हुँदा यसअघि प्रवेश गरेको सलह केही भागेका थिए भने केही आफैँ मरेर सकिएका थिए। आइतबार आएको सलहको नयाँ झुण्ड भारत उत्तर प्रदेशको सितापुर तथा बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको हो। केन्द्रले यसअघि नै सलहको झुण्ड नेपाल प्रवेश गर्ने तयारीमा रहेको जानकारी गराएको थियो। केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार आइतबार बिहान र दिउँसो सलहको झुण्ड दाङको गढवा गाउँपालिका र राप्ति नगरपालिका क्षेत्रको आकाशमा देखिएका छन्। सलहका ती झुण्ड, प्यूठान अर्घाखाँची लगायतका जिल्लासम्म पुग्ने अनुमान गरिएको छ। सलहको यो झुण...
तनहुँमा पहिरोमा पुरिएर २ जनाको मृत्यु, १० बेपत्ता
समाचार

तनहुँमा पहिरोमा पुरिएर २ जनाको मृत्यु, १० बेपत्ता

नेपाल अखबार, तनहुँ। तनहुँका विभिन्न ठाउँमा गए राति अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको हो। त्यसैगरी ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच र ब्यास नगरपालिकामा पाँच गरी १० जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा माथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ। घरको भित्ताले च्यापिएर गम्भीर घाइते भएकी विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिए। यसैगरी व्यास नगरपालिका-७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। मृतक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। ...
दाइजोमा जग्गा माग्दै यातना, युवतीद्वारा आत्महत्या
समाचार

दाइजोमा जग्गा माग्दै यातना, युवतीद्वारा आत्महत्या

नेपाल अखबार, जनकपुरधाम । कोरोना महामारीको बीचमा एक युवतीले विवाह गरेको दुई वर्ष पनि नबित्दै आत्महत्याको बाटो रोज्नुपरेको छ । घरमा दिनहुँ दाइजोमा जग्गा माग्दै विभिन्न किसिमले यातना दिइरहेकै कारणले २२ वर्षीया कल्पना ठाकुरले आत्महत्या गरेको उनको परिवारको आरोप छ । गत मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित विद्यापती चोकमा रहेको घरमा मृत्त पाइएकी कल्पनालाई आत्महत्या गर्नका लागि पति र सासुले बाध्यात्मक अवस्था सृजना गरेको आरोप उनकी आमा रिङ्की पाण्डेले लगाएकी छन् । छोरीलाई उनको पति र सासुले दाइजोका लागि पटकपटक ब्ल्याकमेलिङ गरेकाले दबाब सहन नसकेर गत असार २३ गते झुण्डिएर आत्महत्या गरेको उनले दाबी गरिन् । मृतक कल्पनाकी आमा रिंकी पाण्डेले छोरी कल्पनाको विवाह महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर २ डाम्ही महेशपुरका महेन्द्र ठाकुरको छोरा जितेन्द्र ठाकुरसँग २०७४ सालमा गराएकी थिइन् । विवाहमा...
आजको मौसम पूर्वानुमान
समाचार, समाज

आजको मौसम पूर्वानुमान

नेपाल अखबार, काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागले जारी गरेको सोमबारको मौसम पूर्वानुमानमा हाल नेपालभर मनसुनी वायु सक्रिय छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिइएको छ । यसैगरी, विभागले हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको समेत जनाएको छ । यस्तै, सोमबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
साम्सद थापाले गरे प्रभावित क्षेत्रको निरीक्षण
Uncategorized, दुर्घटना, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

साम्सद थापाले गरे प्रभावित क्षेत्रको निरीक्षण

गण्डकी प्रदेशका साम्सद कृष्ण थापाले आफ्नो निर्वाचन क्षेत्र कास्की २(१) भित्र बाढी पहिरोले प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । दुई दिनको अविरल बर्षाको कारण आएको बाढी पहिरोले विभिन्न ठाँउमा क्षती पुर्याएको छ । पोखरा १७ स्थित डुबानमा रहेको छोरेपाटन, नमुना टोल स्थित स्थानियको घरमा पसेको पानी , पोखरा १७ र २१ जोड्ने दोबिल्ला पुल नजिक गएको पहिरोले स्थानीयलाई परेको असरको बारेमा बुझ्न थापा प्रभावित क्षेत्रमा पुगेका थिए । थापाले स्थानीय बासीलाई परेको समस्यालाई छिटो भन्दा छिटो हल गर्न सरोकारवाला अनुरोध गरेका छन् ।...
वर्षाका कारण अधिकाँश ठुला राजमार्ग अवरुद्ध
समाचार

वर्षाका कारण अधिकाँश ठुला राजमार्ग अवरुद्ध

नेपाल अखबार, काठमाडौं । नियमित वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकमध्ये थोरै खुले पनि धेरै सडक अझै खुलाउन नसकिएको सडक विभागले जनाएको छ । अरनिको राजमार्ग, कर्णाली राजमार्ग, बिपी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्गलगायतका सडक अवरुद्ध रहेका छन् । यीमध्ये अधिकांश सडक गत बिहीबारदेखि परेको नियमित वर्षाका कारण अवरुद्ध बनेका थिए । अरनिको राजमार्गमा लामोसाँघु बाह्रबिसे सडकमा करिब १०० मिटर सडक पूरै सुनकोशी खोलाले बगाएको छ । सो सडक खुल्न कम्तीमा १० दिन लाग्नसक्ने अनुमान गरिएको छ । त्यस्तै खग्दोलस्थित १८० मिटर सडक भोटेकोशी खोलाले बगाएको छ । खग्दोल पुलमा माथिबाट आएको पहिराका कारण अवरुद्ध भएको छ । बिहीबार बिहान अवरुद्ध सडक र पुल खुल्न अझै कति दिन लाग्छ भनी यकिन गरिएको छैन । डिभिजन सडक कार्यालय चरिकोटले सो सडकको निरीक्षण गर्न नसकिएको जनाएको छ । सोही राजमार्गमा ज...
सरिता गिरीले दायर गरिन् सर्वोच्चमा रिट
समाचार

सरिता गिरीले दायर गरिन् सर्वोच्चमा रिट

नेपाल अखबार, काठमाडौँ । तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी नेतृ सरिता गिरीले पार्टीको विरुद्धमा सर्वोच्चमा रिट दायर गरेकी छिन् । उनले तत्कालिन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टी, प्रतिनिधिसभा, संसद सचिवालय, निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेकी हुन् । नयाँ नक्सा अनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकको फिर्ता लिन सांसद गिरीले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् । सो प्रस्ताव फिर्ता लिन पार्टीका संसदीय दलले निर्देशन दिए पनि उनले फिर्ता लिएकी थिइनन् । उल्टै विधेकमाथि चुनाव भएको दिन संसदको बैठक नै बहिष्कार गरेर निष्केकी थिइन् । प्रस्ताव फिर्ता नलिए कारवाही गर्न बाध्य हुने संसदीय दलले पठाएको पत्रमै उल्लेख थियो । पार्टीको अनुशासन तथा ह्वीप उल्लङ्घन गरेको भन्दै पार्टीले उनीसँग स्पष्टीकरण मागेको थियो । तर उनले पार्टीलाई सन्तोषजनक जवाफ नदिएको भन्दै पा...