Sunday, September 13

समाचार

गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) का २  पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । संक्रमण देखिनेहरुमा  देबचुली  नगरपालिकाको क्वारेन्टिनमा रहेका २३ र ३२  बर्षीय २  जना पुरुष रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार संक्रमितलाइ रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारि गरिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ। गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ५९ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ४३ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष र तनहुँका ४ जना पुरुष, पर्वतका ६ बर्षीय बालकसहित २६ जना पुरुष, गोरखाका १४ जना पुरुष र १ महिला ...
कोरोना भाइरस लकडाउन: तीन महिनादेखि नेपालको लुक्लामा अड्किएको एउटा परिवार
समाचार, समाज

कोरोना भाइरस लकडाउन: तीन महिनादेखि नेपालको लुक्लामा अड्किएको एउटा परिवार

नेपाल अखबार, एजेन्सि। विश्व भ्रमण गर्ने योजनामा रहेको स्कटल्यान्डको एउटा परिवारले नेपालको लकडाउनमा तीन महिना बिताएको छ। क्रिस र जुली स्मिथ आफ्ना बच्चाहरू नौ वर्षीया इरिन र चार वर्षीय ज्याकोबलाई लिएर गत वर्ष जूनमा विश्व भ्रमण गर्ने योजनामा स्कटल्यान्डको एबरडीन सहरबाट हिँडेका थिए। तर मार्चमा कोरोनाभाइरसको कारण लकडाउन हुन थाल्यो। र स्मिथ परिवार नेपालको लुक्लाका अड्किए। नेपाल आउनु अगाडि उनीहरू भारत, जोर्डन, अल्बानिया, सर्बिया र हङ्गेरी पुगेका थिए। अहिले स्मिथ परिवार लु्क्का विमानस्थलसँगै रहेको होटलमा बसिरहेका छन्। "हामीले बच्चाहरूसँगै विश्व भ्रमण गर्ने योजनामा १२ महिना अगाडि स्कटल्यान्ड छोडेका थियौँ," ४१ वर्षीय क्रिस स्मिथले बीबीसी स्कटल्यान्डको द नाइनसँग भने। तस्वीर कपीराइटSMITH FAMILY "यो हाम्रो उन्नाइसौँ देश हो र हामी यहाँ तीन महिना अगाडि आइपुगेका थियौँ। हामी अहिले अब के हुन्छ भनेर कुरिरहेक...
नेपालको नयाँ नक्सा: निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा राख्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित
राजनीति, समाचार

नेपालको नयाँ नक्सा: निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा राख्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित

संसद्को तल्लो सदन प्रतिनिधि सभाले निशान छापमा नेपालको नयाँ नक्साको आकृति राख्न दर्ता गरिएको विधेयक पारित गरेको छ। शनिवार भएको मतदानमा विधेयकको पक्षमा उपस्थित सबै २५८ सांसदको मत खस्यो भने विपक्षमा कुनै मत खसेन। नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जेठ ९ गते दर्ता गरेको थियो। सो विधेयकमा सरकारले जेठ ७ गते जारी गरेको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको छ। संविधान संशोधन कार्यान्वयन हुनका लागि अब यो विधेयक राष्ट्रिय सभामा दुई तिहाइ बहुमतले पारित हुनुपर्छ। माथिल्लो सदनबाट विधेयक पारित भएमा संविधानको अनुसूची तीनमा रहेको निशान छाप फेरिनेछ। नेपालको कुल क्षेत्रफल नै परिवर्तन भएको नयाँ नक्सामा दार्चुला जिल्लासँग जोडिएको पश्चिमपट्टिको भागमा लामो चुच्चो देखिन्छ। शनिवार भएको मतदानमा संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीति...
क्वारेन्टिनमा बसेका प्युठानका युवकको मृत्यु, १० दिनसम्म रिपोर्ट आएन
समाचार, स्वास्थ्य

क्वारेन्टिनमा बसेका प्युठानका युवकको मृत्यु, १० दिनसम्म रिपोर्ट आएन

नेपाल अखबार,  बुटवल । दाङमा क्वारेन्टिनमा बसेका प्युठानका एक युवकको मृत्यु भएका छ । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ घर भएका १८ वर्षीय युवकको मउत्यु भएको हो । भारतबाट आएका उनी जेठ १२ गते बंगलाचुली गाउँपालिकाको भुटनेटा क्वारेन्टिनमा बसेका थिए । उनलाई बान्ता हुनुका साथै स्वासप्रस्वासमा समस्या भएपछि उनलाई शनिबार (आज) बिहान उपचारका लागि बुटवल ल्याइको थियेा । तर उनको मृत्यु भएको माण्डवी गाउँपालिकाका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दिएका छन् । उनको थ्रोट स्वाब भेन क्वारेन्टिनमा बस्दा नै संकलन भएको थियो । जेठ २१ गते स्वाव संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पठाइए पनि रिपोर्ट आएको छैन ।...
प्रचण्डले भने  :  कूटतीतिक र राजनीतिक सम्वादमातर्फ यो समस्या सदाका लागि समाधान गर्न चाहेका छाैं
राजनीति, समाचार

प्रचण्डले भने : कूटतीतिक र राजनीतिक सम्वादमातर्फ यो समस्या सदाका लागि समाधान गर्न चाहेका छाैं

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर आफूहरु भारतसँग दुरी बढाउन नचाहेको बताएका छन् । आफूहरुले अहिले पनि राजनीतिक र कूटनीतिक सम्वादबाटै नेपाल भारत सीमा विवाद समाधान गर्न चाहेको उनले बताए । लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै प्रचण्डले राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याउन लागिएको बताए । तर यो व्यक्ति विशेषको मुद्धा नभई सामूहिक विषय भएको बताए । पछिल्लो समय हरेक सरकारले सीमा विवादलाई वार्तामार्फत समाधान गर्न चाहेको बताए । तर नयाँ नक्सा ल्याएर तथा लिपुलेकमा बाटो उद्घाटन गरेर भारतले नेपाललाई एकतावद्ध हुन र गुमेको भूमि फिर्ता ल्याउन नकारात्मक चुनौती दिएको उनले बताए । ‘हामीलाई इतिहासको जिम्मेवारी पुरा...
गण्डकी प्रदेशमा कोरोना जित्नेको संख्या १६ पुग्यो, शनिबार ४ जना डिस्चार्ज भए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोना जित्नेको संख्या १६ पुग्यो, शनिबार ४ जना डिस्चार्ज भए

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा १६ जनाले कोरोना जितेर घर फर्केका छन् । शनिबार, ४ जनाले कोरोना जितेर घर फर्केको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । नवलपुरका १, बागलङका २, कास्की र गोरखाका एक, एक गरि ४ संक्रमित शनिबार निको भएर घर फर्केका हुन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरको मध्यबिन्दु अस्पतालको आईसोलेसन कक्षमा उपचाररत सोहि जिल्लाको कावासोती नगरपालिका, १२का २६ वर्षिय १ पुरुषले शनिबार कोरोना जितेर घर फर्केका छन् । उनलाई शनिबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । यस्तै, बागलुङको धौलागिरी अस्पतालको आईसोलेसन कक्षमा उपचाररत सोहि जिल्लाको तमानखोला गाउँपालिका, ३ का २१ वर्षिय २ पुरुषहरु निको भएर घर फर्केका छन् । सबैभन्दा पहिलो गण्डकी प्रदेशमा संक्रमित भेटिएको जिल्ला पनि बागलुङ नै हो । यसअघि पनि दुई जना संक्रमित बागलुङबाट निको भएर घर फर्कि सकेका छन् । कास्कीका पह...
संविधान संशोधनपछि प्रधानमन्त्रीको प्रतिक्रिया : अब भारतसँग वार्ता हुन्छ
राजनीति, समाचार, हाइलाइट-समाचार

संविधान संशोधनपछि प्रधानमन्त्रीको प्रतिक्रिया : अब भारतसँग वार्ता हुन्छ

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँग वार्ता अघि बढाउने बताएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक शनिबार प्रतिनिधिसभाबाट पास भएपछि प्रधानमन्त्री ओलीले भारतसँग चाँडै वार्ता हुने बताएका हुन् । संविधान संशोधनपछि अबको कदम के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अब वार्ता हुन्छ, अगाडि बढ्छ ।’ उनले राष्ट्रिय अखण्डताको पक्षमा संसदमा देखिएको एकता निकै राम्रो भएको बताएका छन् ।...
नेपालमा थप २७३ जनामा संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५ हजार ३३५ पुग्यो
समाचार, स्वास्थ्य

नेपालमा थप २७३ जनामा संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५ हजार ३३५ पुग्यो

नेपाल अखबार, काठमाडाैं। नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  योसँगै कूल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ३३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।  संक्रमतिमा २४७ जना पुरुष र २६ जना महिला रहेका छन् । यस्तै बितेको २४ घण्टामा ३६ जना संक्रमित निको भएको र योसँगै कुल निको हुनेको संख्या ९१३ पुगेको उनले बताए । यसैबीच कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको निजगढका ५ वर्षीय  बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको गौतमले बताए । उनमा केोरोना पुष्टि भएकाे छ । यसैगरी पर्सामा जेठ २८ गते मृत भेटिएका पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।   नारायणी अस्पतालमा गरिएको पोस्टमार्टमका क्रममा उनको स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना...
कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जनाको सूची सार्वजनिक (नामावलीसहित)
प्रशासन, समाचार

कतारबाट नेपाल फर्किने ५ हजार १ सय १२ जनाको सूची सार्वजनिक (नामावलीसहित)

नेपाल अखबार, एजेन्सि। विश्वव्यापी कोरोना महामारीका कारण समस्यामा परेर कतारबाट नेपाल फर्किन चाहने नागरिकको पहिलो सूची सार्वजनिक गरिएको छ। कतारको दोहास्थित नेपाली राजदूतावासले स्वदेश फर्किने (सूची हेर्न यी हरिया अक्षरमा क्लिक गर्नुहोला)  ५ हजार १ सय१२ नेपालीको सूची सार्वजनिक गरेको हो। प्राथमिकतका आधारमा स्वदेश फर्किने नेपालीको सूची सार्वजनिक गरिएको दूतावासले जनाएको छ। दूतावासका अनुसार आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्ने, सुत्केरी तथा गर्भवती, कोरोना संक्रमणबाहेक अन्य गम्भीर रोग भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका, अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्न समेत), पारिवारिक भेटघाटका लागि तथा पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखिएको छ। यस्तै श्रम करार अवधि सकिएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसाको म्याद सकिएका तथा आईडी रद्द भएका, बेतलबी बिदामा रहेकालाई प...
वीरगञ्जमा बेवारिसे शवमा पनि कोरोना देखियो
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्जमा बेवारिसे शवमा पनि कोरोना देखियो

इरफान अलि, वीरगञ्ज। वीरगञ्जमा फेला परेको वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। घण्टाघरको छेउमा शुक्रबार मृत भेटिएका करिब २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका एक चिकित्सकले जानकारी दिए। नारायणी अस्पतामा राखिएको शवको सनाखत हुन सकेको छैन। शव पोष्टमार्टमपछि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो। वेवारिसे शवमा कोरोना भाइरस पाइएपछि शवको उद्धारमा खटिएका तीन प्रहरीलाई क्वारेन्टिनमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। यसैबीच पर्सामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीन वर्षीय बालकसहित पाँच जनामा कोरोना पुष्टि भएको हो। वीरगञ्जको एक होटलको क्वारेन्टाइनमा बस्दै आएका १९ र ३४ वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पाइएको छ। होटलको क्वारेन्टिइनमा बस्दै आएका उनीहरुमा कोरोना संक्रमण देखिएको स्थानीय प्रशासनले जनाएको छ। उनीहर भारतबाट आएर...