Sunday, September 13

समाचार

आफन्तले सैफसँग विवाह नगर्न सुझाव दिएका थिए तर करीना विवाहका लागि किन भइन् राजी ?
समाचार

आफन्तले सैफसँग विवाह नगर्न सुझाव दिएका थिए तर करीना विवाहका लागि किन भइन् राजी ?

नेपाल अखबार, एजेन्सी  ।  बलिउड अभिनेता तथा अभिनेत्री करीना कपूर र शैफ अली खानको विवाह भएको पनि थुप्रै वर्ष भइसक्यो । उनीहरुको एक जना सन्तान पनि भइसकेका छन् । बलिउडमा सुन्दर जोडीको रुपमा पनि चिनिँदै आएका सैफ र करीनाको विवाहको समयमा भने केही वैचारिक बहस भएका करीनाले खुलासा गरेकी छन् । आफूभन्दा निकै बढी उमेरका सैफ सम्बन्धविच्छेद गरेर बसेका अनि दुई जवान सन्तानका पिता पनि थिए । जसकारण करीनालाई धेरैले उनीसँग विवाह नगर्न सल्लाह दिएको करीनाले खुलाएकी थिइन् । उनले चर्चित टेलिभिजन कार्यक्रम ‘कफि विथ करण’ मा दिएको एक अन्तर्वार्तामा उनका आफन्त तथा शुभचिन्तकले उनलाई सैफसँग विवाह नगर्न सल्लाह दिएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘थुप्रै मानिसहरुले मलाई सैफसँग विवाह नगर्न सल्लाह दिएका थिए । केहीले चेतावनी समेत दिएका थिए ।’ अभिनेत्रीले भनिन्, ‘मानिसहरु सैफ पहिले नै विवाहित भएको र छोराछोरीको पिता भएका का...
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो

नेपाल अखबार, पाेखरा । गण्डकी प्रदेशका पर्वत र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा गरी आज थप पाँच जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ बजे विज्ञप्ति जारी गरी पर्वतमा चार र नवलपरासीमा एक नयाँ सङ्क्रमित थपिएको जनाएको छ । प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या १९७ पुगेको जनाएको छ । पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका एक जना छ वर्षीय बालक र वर्ष १७ की एक महिलामा सङ्क्रमण पुष्टि भएको छ । पर्वतकै जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष १७ का एक पुरुष र  महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष १६ का अर्का एक पुरुषमा सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोक...
तीनै तहका योजना निर्माणमा संघीय सांसदले खोजे आफ्नो भूमिका
राजनीति, समाचार

तीनै तहका योजना निर्माणमा संघीय सांसदले खोजे आफ्नो भूमिका

नेपाल अखबार, काठमाडौं । संघीय सांसदहरुले कोरोना संक्रमण रोकथाम तथा संघ, प्रदेश र स्थानीय तहबाट हुने योजना निर्माणमा आफ्नो भूमिका खोज्न थालेका छन् । देश संघीयतामा गएपछि विकास निर्माणका सबै काम स्थानीय तह र प्रदेशले गर्दै आएका छन् । योजना निर्माणको काम प्रदेश र स्थानीय तहले गरेका छन् । संघमा योजना निर्माणको भूमिकामा मन्त्री रहन्छन् । तर, आफूहरुको भूमिका कहीँ पनि नदेखिएको भन्दै संघीय सांसदहरुले तीन वटै तहबाट हुने विकास निर्माण र योजना तर्जुमामा आफ्नो भूमिका रहने गरी वैधानिक संयन्त्रको खोजी गर्न थालेका हुन् । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्धसम्बन्धी विधेयकमाथि दफावार छलफलमा सत्तारुढ नेकपाका सांसद झपट रावलले प्रदेश र स्थानीय तहबाट हुने विकास निर्माण तथा योजना निर्माणमा संघीय सांसदको संगग्नताबारे कुनै व्यवस्था नगरिँदा जनसम्बन्ध ट...
क्वारेन्टिनमै जन्मियो शिशु
समाचार, स्वास्थ्य

क्वारेन्टिनमै जन्मियो शिशु

नेपाल अखबार, प्युठान । प्युठानकी एक गर्भवती क्वारेन्टिनमै सुत्केरी भएकी छन् । नौवहिनी गाउँपालिका– ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गएराति छोरालाई जन्म दिएकी हुन् । श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टिनमा बस्दै आएकी सरस्वतीले गएराति १ बजे क्वारेन्टिनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी परीक्षण गरिने जनाइएको छ ।...
४६ जना वीरगंजकाे क्वारेन्टिनबाट फरार
प्रदेश २, समाचार

४६ जना वीरगंजकाे क्वारेन्टिनबाट फरार

इरफान अलि ,  वीरगंज  ।  पर्सा जिल्लको सदरमुकामबाट करिब ४० किमि रहेको धोबनी गाउँपालिकाको क्वारेन्टिनबाट भारतबाट आएका ४६ जना फरार भएकाका छन् । २८ दिनदेखि क्वारेन्टिनमा बसिरहेकाहरु स्वाब परीक्षणको रिपोर्ट नआएको र व्यवस्थापन समेत दुरूस्त नगरिएको भन्दै उनिहरू क्वारेन्टिनबाट भागेका हुन् । एक साताअघि पीसीआरका लागि स्वाब संकलन गरिएपनि उनीहरुको रिपोर्ट आएको छैन । रिपोर्ट नआएको र क्वारेन्टिनको व्यवस्थापन राम्रो नभएको भन्दै उनीहरु क्वारेन्टिन छाडेर फरार भएको बताइएको छ । हालसम्म ३२ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको र क्वारेन्टिनमा राखिको इलका प्रहरी नायब उपरिक्षक गौतम थापाले जनाएका छन्। अन्यको खोजी भइरहेको उनले बताए।...
पूर्वाधार निर्माणको सपना साकार पाछौंः नगरप्रमुख पौडेल
समाचार

पूर्वाधार निर्माणको सपना साकार पाछौंः नगरप्रमुख पौडेल

नेपाल अखबार, बागलुङ । बागलुङ नगरपालकाका नगरप्रमुख जनकराज पौडेलले पूर्वाधार निर्माणमा जनताको चासो र सहभागीतालाई साकार पार्न नगरपालिका लागि परेको बताउनुभएको छ । बागलुङ नगरपालिका वडा नं. ९ तित्याङको वडा कार्यालय भवनको सिलन्यास गर्दै नगरप्रमुख पौडेलले विकास निर्माणमा जनताको चासो र सहभागीता बढ्दै गएकाले त्यसलाई साकार पार्न नगरपालिका लागिपरेको बताउनुभएको हो । वडा कार्यालयको भवन बनाउँनका लागि स्थानीय टिकाकुमारी खत्री, धनबहादुर शाही, भद्रकली खत्री र कोपिला सार्कीले निःशुल्क जग्गा उपलब्ध गराएर विकास निर्माणमा जनताको चासो र सहभागिता रहेको पुष्टी गरेकोभन्दै नगरप्रमुख पौडेलले गाउँको विकासका लागि चिन्तन गर्ने व्यक्तिहरुलाई समाजले सम्मान गर्नुपर्नेमा जोड दिनुभएको थियो । नगरभित्रका पूर्वाधार विकासका लागि संघीय सरकार, प्रदेश सरकारसँग सहकार्य गरिरहेको भन्दै नगरप्रमुख पौडेलले जनताको मागका आधारमा योजना बनाएर...
मोटरसाइकल र साइकल चल्न पाउने, निजि सवारीलाई जोरबिजोर
प्रशासन, समाचार

मोटरसाइकल र साइकल चल्न पाउने, निजि सवारीलाई जोरबिजोर

नेपाल अखबार, काठमाण्डौ। सरकारले लकडाउन साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन केही खुकुलो बनाउँदै साइकल चल्न दिने र् मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो । सबै प्रकारका ढुवानी सहित व्यक्तिहरुको पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले पैदल आवागमनका क्रममा भिडभाड नगर्न र सुरक्षा अपनाउन अनुरोध गरेको छ । काठमाडौं उपत्यकाको हकमा उपत्यका भित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने निर्णय समेत सरकारले गरेको छ ।  यसरी जोरबिजोरको आधारमा चल्ने सवारीसाधनमा चालकबाहेक थप २ जना मात्रै सवार हुन पाइने खतिवडाले जनाए । निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा जान पाइने छ...
मणिपालका कोरोना संक्रमित विरामी गण्डकी अस्पतालमा
प्रदेश ४, समाचार

मणिपालका कोरोना संक्रमित विरामी गण्डकी अस्पतालमा

नेपाल अखबार, पाेखरा। पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत बिरामीमा कोरोना भेटिएपछि उनलाई गण्डकी कोभिड अस्पतालमा ल्याएको छ । दुर्घटनामा परी उपचारका लागि भर्ना गरिएका पर्वतका ३५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई गण्डकी अस्पतालमा सारिएको हो । जेठ २२ गते मोटरसाइकल दुर्घटनामा परेका ती व्यक्तिलाई उपचारका लागि मणिपाल ल्याइएको थियो । उनको टाउकोको अप्रेसन गरीको थियो । २५ गते भएको स्वाब संकलनमा पोजेटिभ आएपछि उनलाई कोभिड अस्ततालमा सारिएको स्वास्थय निर्देशनालय गण्डकी प्रदेश स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका संयोजक नबराज शर्मा शर्माले जानकारी दिए । उनी मणिपाल शिक्षण अस्पतालको न्यूरो आईसीयुक बार्डमा भएको अन्य धेरै जना सगँ सम्र्पक नभएको उनले बताए । अस्पतालमा कार्यरत डाक्टर, नर्स र उनका कुरुवा सहितलाई क्वारेन्टिनमा बस्न भनेको बताए । गण्डकी प्रदेशमा शुक्रबार थप ४१ जनामा कोरोन...
गण्डकी प्रदेशका थप ४ जनामा कोरोना पुष्टि, संक्रमित १९२ पुगे
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशका थप ४ जनामा कोरोना पुष्टि, संक्रमित १९२ पुगे

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बर्ष १८, ३२, ५८ र ५९ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उनीहरु चारै जना नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पुरुषहरु रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार उनीहरुलाई  रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा राखिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ। आज शुक्रवार नै  पर्बतका १३ जना पुरुष, स्याङ्जाका २२ जना पुरुष , तनहुँका १ जना पुरुष र नवलपुरका १ जना गरी ३७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ५९ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ४० जना पुरुष त...
धादिङको ज्वालामुखीमा २७ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

धादिङको ज्वालामुखीमा २७ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । धादिङको ज्वालामुखी गाउँपालिकामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना महिला र २५ जना पुरुष रहेको गाउँपालिकाले जनाएको छ । १६ दिनअघि भारतबाट आएका ६८ जना क्वारेन्टिनमा रहेकाहरूमध्ये २७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले ६३ जना पुरुष र पाँच जना महिलाको स्वाब संकलन गरी केन्द्रीय प्रयोगशाला टेकुमा पठाएको थियो । कुल संक्रमितमध्ये सुनखानी मावि क्वारेन्टिनमा रहेका १२ जना र मैदीस्थित संस्कृत तथा साधारण माविमा रहेको क्वारेन्टिनमा रहेका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए । पीसीआर रिपोर्टमा नेगेटिभ रिपोर्ट आएका बाँकी सबैलाई दुई हप्ता होम क्वारेन्टिनमा बस्नेगरी घर पठाउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए । योसँगै धादिङमा कुल संक्रमितको संख्या ५९ पुगेको छ ।...