Friday, November 20

समाचार

नदीमा डुबेर बालिकाको मृत्यु, धकेलेको अभियोगमा दाजु पक्राउ
समाचार

नदीमा डुबेर बालिकाको मृत्यु, धकेलेको अभियोगमा दाजु पक्राउ

नेपाल अखबार, कैलाली । कञ्चनपुरमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको बिहीबार बिहान शव फेला परेको हो । बुधबार साँझ स्थानीय खोलामा डुबेर बेपत्ता भएकी बालिककाको बिहीबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले मृतक बालिकाको दाजुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिकाको शव फेला परे लगत्तै उनका ३४ वर्षीय दाजु भरत सुनारलाई पक्राउ गरिएको बताए । ‘दाजुले कुटपिट गरी खोलामा धकेलेको भन्ने सूचना आएको छ’, प्रहरी नायब उपरीक्षक थापाले भने, ‘त्यसैले अनुसन्धान गर्न मृतकका दाजुलाई पनि नियन्त्रणमा लिएका हौँ ।’...
ओली-प्रचण्डबीच आज पनि सहमति हुन सकेन, छलफललाई निरन्तरता दिइने
राजनीति, समाचार

ओली-प्रचण्डबीच आज पनि सहमति हुन सकेन, छलफललाई निरन्तरता दिइने

नेपाल अखबार, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको छलफल पनि विना निष्कर्ष टुंगिएको छ । पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार करिब दुई घण्टा ओली र प्रचण्डबीच छलफल भएको थियो । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)का अनुसार अध्यक्षद्वयबीच भोलि (विहीबार) पनि छलफल हुनेछ । आइतबार यता ओली र प्रचण्डबीच निरन्तर वार्ता हुँदै आएको छ । तर अध्यक्ष प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिरहेका छन् भने ओली राजीनामा बाहेकमा मात्र सहमति गर्न सकिने बताउँदै आएका छन् । दुवै पक्षको यहीँ अडानका कारण सहमति हुन सकेको छैन । असार १० गतेदेखि जारी स्थायी समिति बैटक १८ गतेयता बस्न सकेको छ...
पोखरामा मास्क नलगाई हिड्ने २१ जनालाई  आज प्रहरी नियन्त्रणमा
प्रशासन, समाचार

पोखरामा मास्क नलगाई हिड्ने २१ जनालाई आज प्रहरी नियन्त्रणमा

नेपाल अखबार, पोखरा ।  पोखरा महानगरको विभिन्न क्षेत्रमा मास्क नलगाई हिड्ने र सम्झाउदा बुझाउदा अटेर गर्ने २१ जनालाई नियन्त्रणमा लिइ कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । कोभिड १९ संक्रमण जोखिम बढ्दै गएको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्युनतम २ मिटरको सामाजिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने जस्ता  नेपाल सरकारको निर्देशनलाई अटेर  गर्दै  सम्झाइ बुझाई गर्दा समेत नमान्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिनुपरेको प्रवक्ता हमालले बताए । प्रवक्ता  हमालका अनुसार पक्राउ परेका उनीहरुलाई  जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाई जनही रु १०० का दरले जरिवाना गरी छाडिएको हो । मोटरसाइकलमा सवार गर्दा, सार्वजनिक स्थानमा हिड्डुल गर्दा र ग्रुपमा भेला हुँदा मास्कको प्रयोग नगर्ने र अटेर गर्नेलाई आज पक्राउ गरीएको र भोलिबा...
कर्णाली अस्पतालका चिकित्सकसहित चार जना स्वास्थ्यकर्मीमा कोरोना
प्रदेश ६, समाचार

कर्णाली अस्पतालका चिकित्सकसहित चार जना स्वास्थ्यकर्मीमा कोरोना

नेपाल अखबार, सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा थप दुई जना चिकित्सक र दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार बुधबार दुई जना मेडिकल अफिसर, एक जना स्टार्फ नर्स र एक जना सिनियर अहेवमा कोरोना संक्रमण देखिएको हो । कोरोना विशेष अस्पतालमा दुईहप्ते ड्युटी सकेर १४ दिन क्वारेन्टिनमा बसेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको डा. खड्काले बताए । संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । यसअघि पनि असार ११ गते २ जना चिकित्सकसहित ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो । उनीहरु आइतबार मात्रै डिस्चार्ज भएका थिए ।...
लकडाउनका बेला छापियो साढे ३ लाख स्‍मार्ट लाइसेन्स
समाचार

लकडाउनका बेला छापियो साढे ३ लाख स्‍मार्ट लाइसेन्स

नेपाल अखबार, काठमाडौँ । यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र (लाइसेन्‍स) छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उतीर्ण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएको छ । असार मसान्तभित्रमा थप अनुमतिपत्र छापिन सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । विभागले बन्दाबन्दीको केही सातासम्म अनुमतिपत्र छपाइको काम ठप्प राखेपनि त्यसपछि आवश्यक स्वास्थ्य सावधानी अपनाएर छापिरहेको छ । बन्दाबन्दीमा वितरण हुन नसकेकामा अहिले यातायात व्यवस्था कार्यालयले अनुमतिपत्र वितरण गरिरहेको छ । संविधानुसार यातायातको जिम्मेवारी प्रदेश सरकारको भएकाले दुई वर्ष पहिले नै यातायात कार्यालय नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । सरकारले पाँच ...
भोलिदेखि चार दिन वर्षकै धेरै पानी पर्ने अनुमान सतर्क रहन आग्रह
समाचार, समाज

भोलिदेखि चार दिन वर्षकै धेरै पानी पर्ने अनुमान सतर्क रहन आग्रह

नेपाल अखबार, काठमाडौं । भोलि बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असार २५ देखि २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ । वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परेको भन्दै प्राधिकरणले भनेको छ, ‘भारी वर्षाले बाढी, डुवान र पहिरोको जोखिम बढाइदिएको छ ।’ उसका अनुसार पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जानसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बाग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्नसक्छ । ‘खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन विशेष आग्रह गर्दर्छौं’ सूचनामा भनिएको...
थप २५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
समाचार, स्वास्थ्य

थप २५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

नेपाल अखबार, काठमाडौं । नेपालमा थप २५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप २५५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा संक्रमितको कूल संख्या १६ हजार ४२३ पुगेको मन्त्रालयले जनाएको छ ।...
१६ वर्षीया किशोरीलाई बलात्कार गर्ने ५५ वर्षका पुरुष पक्राउ
समाचार

१६ वर्षीया किशोरीलाई बलात्कार गर्ने ५५ वर्षका पुरुष पक्राउ

नेपाल अखबार, गुल्मी। गुल्मीमा १६ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा सत्यवती गाउँपालिका–५ बस्ने ५५ वर्षीय पोम नारायण ढकाल छन्। ढकालले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हाे। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।...
ट्याक्सीलाई चल्न दिन संसदीय समितिको सरकारलाई निर्देशन
राजनीति, समाचार

ट्याक्सीलाई चल्न दिन संसदीय समितिको सरकारलाई निर्देशन

नेपाल अखबार, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठन र कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले बनाएको मापदण्ड अनुसार ट्याक्सी सेवा खुला गर्न समितिले निर्देशन दिएको हो । समिति सभापति कल्याणीकुमारी खड्काले सरक्षा र सतर्कता अपनाएर ट्याक्सीलाई सेवा दिन खुला गर्नुपर्ने बताएकी छिन् । बुधबार समितिमा ट्याक्सी व्यवसायी नेता र मजदुरहरुसँगको छलफल भएको थियो । ट्याक्सी व्यवसायीले भोकै मर्नुपर्ने अवस्था आएको, डिप्रेसनमा पर्नेहरु बढेको लगायतका गुनासो राखेका थिए । उनीहरुले बैंकको किस्ता तिर्न समस्या परिरहेको भन्दै ब्याजमा मिनाहा र छुट दिनपर्ने माग गरेका छन् ।...
प्युठानमा खोलाले बगाउँदा एक महिला बेपत्ता
समाचार

प्युठानमा खोलाले बगाउँदा एक महिला बेपत्ता

नेपाल अखबार, प्युठान।  खोलाले बगाउँदा एक महिला बेपत्ता हुनु भएको छ ।  स्वर्गद्वारी नगरपालिका –३ भाजुरीवाङ बस्ने ५६ वर्षीया हेमा कुँवर मङ्गलबार बेपत्ता भएको प्रहरीले जनाएको छ । रोल्पाबाट घर आउने क्रममा स्थानीय घोरखोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी नायब निरीक्षक बुद्धि रानाको नेतृत्वमा चार प्रहरी खटेको बताइएको छ ।रासस...