Friday, November 20

समाचार

पहिरोले डोटीमा आठ परिवार विस्थापित
समाचार

पहिरोले डोटीमा आठ परिवार विस्थापित

नेपाल अखबार, डाेटी। तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेखि आएको भारी वर्षाका कारण उक्त गाउँको बस्ती माथिबाट पहिरो आएपछि आठ परिवारका ४० सदस्य घरबार छोडेर विस्थापित भएका हुन् । पहिरोका कारण विस्थापित परिवारका सदस्य पाल टाँगेर बस्न बाध्य छन् । गाउँ माथिबाट पहिरो आएपछि पहिरोमा च्यापिने डरले उनीहरू घरबार नै छाडेर विस्थापित भएको स्थानीयवासी तेज डुम्रेलले जानकारी दिनुभयो । “गाउँ माथिबाट पहिरो आएपछि आठ परिवारका ४० जना विस्थापित भएका छन्, उनीहरुलाई सुरक्षित बासस्थानका लागि समस्या भएको छ”, उनले भने । बाढी पहिरोबाट विस्थापित परिवारलाई स्थानीय सरकारले समयमै व्यवस्थापन गर्नुपर्ने पहिरो पीडितमध्येका एक...
नेकपा स्थायी समिति बैठक असार २६
राजनीति, समाचार

नेकपा स्थायी समिति बैठक असार २६

नेपाल अखबार ,काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज तय भएको बैठक आगामी असार २६ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको जानकारी दिए । पार्टीभित्रको विवाद मिलाउनका लागि नेकपाभित्र केही दिनयता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसहितका नेताहरुबीच घनिभूत छलफल हुँदै आएपनि सहमति हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि नेकपा भित्र विवाद चर्किएको हो । विवाद चर्किँदै जाँदा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने दवाव पार्टीभित्रबाट परेको छ । तर, ओलीले आफूले राजीनामा नदिने बताउँदै आएका छन् ।...
राजस्व चुहावटको आरोपमा मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग
प्रशासन, समाचार

राजस्व चुहावटको आरोपमा मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग

नेपाल अखबार, विराटनगर। राजस्व चुहावटसम्बन्धी आरोपमा उच्च अदालत इलाम इजलासले झापाको मेचीनगर–१४ मा रहेको साकम्बरी प्रोडक्टको मालिकभन्दा मुन्सीलाई बढी धरौटी माग गरेको छ । नाज गुट्खा, प्लेन पराग, पान प्लस र डमरु पराग नाममा गुट्खा उत्पादन गरिरहेको उद्योगमा रु ७३ करोडभन्दा बढी राजस्व चुहावट गरेपछि मालिक रामकृष्ण शर्मा नाम भएका रमेश शर्माका नामबाट चर्चित उद्योगीलाई रु पाँच लाख धरौटी र उद्योगका सुपरभाइजर विष्णुप्रसाद खरेललाई रु ४५ लाख धरौटी माग भएको हो ।रर उच्च अदालतको इलाम इजलासमा भएको थुनछेकको बहसमा न्यायाधीशद्वय विष्णुप्रसाद कोइराला र शिवनारायण यादवको इजलासले सो आदेश दिएको हो । अन्तःशुल्क छली गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले ३६ करोड ५५ लाख ६३ हजार ३३७ रुपैयाँ ४६ पैसा बिगो र त्यति नै जरिवानाको माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । साकम्बरी प्रोडक्ट, माधव इन्टरप्राइजेज र एसएस इन्टरप्राइ...
सुदूरपश्चिम प्रदेशमा थप १ सय ८ जनामा कोरोना संक्रमण
प्रदेश ७, समाचार

सुदूरपश्चिम प्रदेशमा थप १ सय ८ जनामा कोरोना संक्रमण

नेपाल अखबार, कैलाली । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप१०८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमित संख्या २ हजार ७०५ पुगेको छ । यसअघि नै ९ सय ३८ संक्रमित निको भएर घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ३०, धुलिखेल अस्पतालको प्रयोगशालाबाट ५४, सेती प्रादेशिक धनगढीको प्रयोगशालाबाट २२ र डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट २ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । पुष्टि भएकामध्ये कैलालीका ११ पुरुष र ६ महिला तथा  अछामका ९ पुरुष र ७  महिला रहेका छन् । त्यसैगरी, बाजुराका ३९  पुरुष र १५ महिला, बैतडीका १० पुरुष र २ महिला, डोटीका ४ पुरुष र ३ महिला, डडेल्धुराका १ पुरुष र १ महिला  रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह का...
गण्डकी प्रदेशमा एक घर, एक पीसीआर टेस्टको माग गर्दै प्रस्ताव दर्ता
प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा एक घर, एक पीसीआर टेस्टको माग गर्दै प्रस्ताव दर्ता

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेश सभामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिन भन्दै नेपाली कांग्रेसका सांसदले मंगलबारसंकल्प प्रस्ताव दर्ता गरेका छन् । नेपाली कांग्रेसका सांसद्हरु कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता गुरुङले प्रदेशसभा नियमावलीको नियम ८५ को १ अनुसार संकल्प प्रस्ताव दर्ता गरेका हुन् । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेश सरकारले गम्भीर ढंगले लिन सकेन । मुख्य ४ वटा विषय राखेर संकल्प प्रस्ताव पेश गरेका छौं,’ सांसद खड्काले भने । गण्डकी प्रदेशभरि एक घर, एक पीसीआर टेष्टको व्यवस्था हुने गरी तत्कालै प्रक्रिया अघि बढाउनुपर्ने प्रस्तावमा उल्लेख छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको मापदण्ड अनुसारको क्वारेन्टिनको व्यवस्था तत्काल गर्नुपर्ने, स्वास्थ्यकर्मी, भेन्टिलेटरलगायतका आवश्यक स्वास्थ्य उपकरणयुक्त आईसीयू र आइसोलेसन कक्षक...
मंगोलियामा बाढीबाट ८ मानिस र हजारौँ चौपाया मरे
विदेश, समाचार

मंगोलियामा बाढीबाट ८ मानिस र हजारौँ चौपाया मरे

नेपाल अखबार, एजेन्सि। मंगोलियामा आएको भिषण बाढीमा परेर यहाँका आठ जना नागरिकको ज्यान गएको छ। साथै यहाँ सो बाढीका कारण हजारौँ पशु बगेर मरेका छन्। त्यसैगरी यहाँका हजारौँ व्यक्ति घरबारबिहीन भएका छन्। शुक्रबार र शनिबार मंगोलियाका विभिन्न प्रान्तमा अविरल परेको पानी र त्यसपछि आएको बाढीले आठ जना व्यक्तिको ज्यान गएको र हजारौैँ पशु चौपाया पनि त्यसमा परेर मारिएका बताइएको छ। मंगोलियाको दक्षिणी र पूर्वी प्रान्तहरुमा वर्षा र बाढीले बढी क्षति पु¥याएको बताइएको छ। यी क्षेत्रका कम्तीमा तीन ओटा प्रान्तमा कम्तीमा पनि सात हजार पशु चौपायाहरु मारिएका छन्। ती प्रान्तका २ हजार ३०० भन्दा बढी घर पनि नष्ट भएका छन्। कतिपय बस्ती नै बाढीले बगाएको बताइएको छ। रासस/सिन्ह्वा...
प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त
प्रशासन, समाचार

प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त

नेपाल अखबार, काठमाडाैं। सरकारले एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गरेको हो। बरियतामा पहिलो नम्बरमा रहेका थापालाई बिहीबारबाट लागू हुनेगरी आईजीपी नियुक्त गरेको हो। थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरीको नेतृत्व गर्नेछन्। सरकारले यसअघि जस्तै बरियतामा पहिलो नम्बरमा रहेका व्यक्तिलाई नै आईजी नियुक्त गरेको हो। यसअघि ठाकुर ज्ञवाली र त्यसअघि सर्वेन्द्र खनाल पनि पहिलो नम्बरमै थिए। हालका आईजीपी ठाकुर ज्ञवालीले बुधबार अवकास पाउँदैछन्। प्रहरीमा भर्ती हुँदादेखि नै पहिलो नम्बरमा रहेका थापाले यसअघिका ५ वटा आईजीपीसँग सचिवालयमा रहेर काम गरिसकेका छन्। डीआईजी हुँदा प्रहरी प्रवक्ता र महानगरीय प्रहरी कार्यालयको प्रमुख रहेका थापा एआईजीमा बढुवा भएपछि मानव स्रोत एवं प्रशासन विभागमा कार्यरत छन्। २...
मन्दिर र आमा समूहलाई ११ लाख रुपैयाँका सामाग्री
समाचार

मन्दिर र आमा समूहलाई ११ लाख रुपैयाँका सामाग्री

नेपाल अखबार, पोखरा ।  पोखरा महानगरपालिका वडा नं. ४ स्थित बुढानिलकण्ठ मन्दिर र स्थानीय विभिन्न आमा समूहलाई ११ लाख मुल्य बराबरका अत्यावश्यक सामाग्री प्रदान गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालामार्फत  निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मन्दिरद्वारा सञ्चालित तीर्थयात्री आश्रमका लागि वेड विस्तारा सहित नौवटा आमा समूहलाई २१५ थान फलामे कुर्ची वितरण गरिएको हो । आश्रमका लागि २५ वटा लोवेड, ४० थान डसना र वल्याङकेट तथा ८० थान सिरानी प्रदान गरियो भने सिर्जनशिल आमा समूहलाई ५०, डाँडाथर आमा समूहलाई ४०, अम्विका आमा समूहलाई २५ र कोलापाटन आमा समूह र चण्डीटोल आमा समूहलाई २०÷२० थान फलामे कुर्ची वितरण गरियो । त्यस्तै नेपाल आदर्श महिला समूह, जनहित महिला समूह, नमूना महिला समूह र मुस्लिम समूहलाई १५÷१५ थानका दरले कुर्ची वितरण गरिएको हो । बुडानिलकण्ठ मन्दिर परिसरमा आयोजित कार्यक्रमका बीच ...
सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट बर्खास्त
राजनीति, समाचार

सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट बर्खास्त

नेपाल अखबार, काठमाडौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेको छ । आज बसेको पार्टीको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उनलाई कारवाही गरेको पार्टीले जनाएको छ । नयाँ नक्सा अनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो । सो विधेयक फिर्ता लिनका लागि सांसद गिरीले जेठ २८ संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् । सरकारले प्रस्तुत गरेको संशोधन विधेयकमा स्रोत र प्रमाण नखुलाएकाले विधेयकको दफा २ हटाउनुपर्ने माग उनले गरेकी थिइन् । सो प्रस...
काठमाडौं उपत्यकामा २८ सहित थपिए २०४ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा २८ सहित थपिए २०४ कोरोना संक्रमित

नेपाल अखबार, काठमाडौं । नेपालका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा २०४ कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।