छोराको हत्यारालाई कारवाहीको माग गर्दै गंगामाया पुगिन राष्ट्रसंघको कार्यालयमा
छोराको हत्यारालाई कारवाहीको माग गर्दै निरन्तर अनशनरत गोरखाकी गंगामाया अधिकारी नेपालस्थित संयुक्त राष्ट्रको कार्यालय पुगेकी छिन् ।
अधिकारीले मंगलबार नेपालस्थित संयुक्त राष्ट्रसंघका आवसीय प्रतिनिधि जुलियाड भ्यालरीलाई भेटेर राज्यले आफ्नो परिवारलाई न्याय दिन नसकेको भन्दै आफूले भोगेको अन्यायलाई अन्तराष्ट्रिकरण गर्न सहयोग गरिदिन अपील गरिन् ।
आवासीय प्रतिनिधि भ्यालरीले गंगामायाले लामो समयदेखि न्याय पाउन नसकेको भन्दै गंगामाया अधिकारीको मागलाई गम्भिरतापूर्वक लिन नेपाल सरकारको ध्यानाकर्षण गरेकी छिन्् । उनले मानवअधिकारको गम्भीर उन्लंघन गर्नेलाई कुनै हालतमा पनि छुट दिन नहुने बताइन ।
गंगामाया अधिकारीले छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाही गर्न माग गर्दै आएकी छन् । भ्यालरीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै गंगामाया अधिकारीले सरकारले आफुलाई न्याय नदिएकोले संयुक्त राष्ट्र संघसँग न्यायक...
