Tuesday, September 8

समाचार

ब्यवसायलाई सुदृढिकरण गर्न सरोकारवालाबिच दुइदिने अन्तरकृया
अर्थ, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

ब्यवसायलाई सुदृढिकरण गर्न सरोकारवालाबिच दुइदिने अन्तरकृया

गोरखा । जिल्लामा सञ्चालित बिभिन्न क्षेत्रका ब्यवसायलाई सुदृढिकरण गर्न भन्दै सरोकारवालाबिच अन्तरकृया सम्पन्न भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजना तथा पूर्णिमा परियाजनाको समन्वयमा सदरमुकाममा दुईदिने अन्तरकृया भएको हो । कार्यक्रममा गोरखा नगरपालिका लगायत बिभिन्न स्थानीय तहका ब्यवसायी तथा बैंक, वित्तिय क्षेत्रका गरी झण्डै ३० जनाको सहभागिता रहेको थियो । उत्पादन तथा सेवामुलक ब्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा ब्यवसायिक विकास, सुदृढिकरण, स्थायित्व, योजना निर्माणका बारे छलफल भएको थियो । त्यस्तै ब्यवसायमा नयाँपन, नयाँ शैली, लगानीको अवस्था, बजार र ग्राहकको विश्लेषण तथा चुनौती लगायतका बारेमा सरोकारवालाहरुबिच अन्तरकृया भएको हो । त्यस्तै कार्यक्रममा बैंक र ब्यवसायीबिच समन्वयको चुनौती, ऋण लगानी र समान बुझाई निर्माणका बिषयहरुमा समेत छलफल भएको बताइएको छ । दुई दिने अन्तरकृया कार्...
गोरखाबाट रश्मोर पुगेको मेयर पन्तसहितको टोलीलाई बिभिन्न संघसंस्थाद्धारा भब्य स्वागत
पर्यटन, विदेश, समाचार

गोरखाबाट रश्मोर पुगेको मेयर पन्तसहितको टोलीलाई बिभिन्न संघसंस्थाद्धारा भब्य स्वागत

गाेरखा । रश्मोर बरो काउन्सिलसंग भगिनी सम्बन्ध जोड्न बेलायत पुगेको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त सहितको टोलीलाई बिभिन्न साामाजिक संघसंस्थाहरुले स्वागत एवं सम्मान गरेका छन् । बुधबार बिहान बेलायतको लण्डन पुगेका प्रमुख पन्त सहित प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापालाई बिहिबार नेपाली समाज र गोरखाली समाजले औपचारिक कार्यक्रम गरी स्वागत गरेका छन् । कार्यक्रममा गोरखाबाट गएको टोलीलाई ग्रेटर रश्मोर नेपाली समाजका अध्यक्ष रामधन राई, गोरखा समाजका अध्यक्ष राम दर्लामी, गोरखा गुरुङ समाजका अध्यक्ष फडक जित गुरुङ लगायतले स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा नगरप्रमुख पन्तले भ्रमण बर्ष २०२० मा नेपालमा पर्यटक भित्राउन बेलायतमा रहेका नेपाली संघसंस्थाहरुले भुमिका खेल्नुपर्नेमा जोड दिए । भगिनी सम्बन्ध स्थापनाका लागि बेलायती समय अनु...
भ्रमण बर्ष लक्षित गर्दै कापीका कभरमा गोरखाका ९६ गन्तब्य
पर्यटन, शिक्षा, समाचार, हाइलाइट-समाचार

भ्रमण बर्ष लक्षित गर्दै कापीका कभरमा गोरखाका ९६ गन्तब्य

गाेरखा । भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै कापीका कभरमा गोरखाका ९६ गन्तब्य समेटिएका छन् । जिल्लाका पर्यटकिय गन्तब्यहरुको प्रचारप्रसार गर्न भन्दै सारथी पेपर प्रोडक्टले ९६ स्थानको तस्विरलाई कापीका दुवै कभरमा छापेर बजारमा ल्याएको हो । गोरखाका २ नगरपालिका र ९ गाउँपालिका गरी ११ वटै स्थानीय तहका प्रमुख धार्मिक एवं पर्यटकिय दृष्टिले महत्वपूर्ण मानिएका गन्तब्यहरुको तस्विरलाई कभरमा स्थान दिइएको बताईएको छ । भ्रमण बर्षमा गोरखामा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढाउने उदेश्यले कापीका कभरमा जिल्लाका तस्विरलाई प्राथमिता दिइएको सारथीका सञ्चालक प्रदिप खनालले बताए । ‘जिल्लाका ऐतिहासिक, धार्मिक ठाउँहरुको प्रचार गरेर पर्यटकलाई आकर्षण गर्ने मुख्य उदेश्य हो’ उनले भने ‘व्यासायसंगै साामजिक उत्तरदायित्व वहनका लागि यो शैली अपनाइएको हो ।’ देशभरका स्कुल, कलेज लगायतका विद्यार्थीहरुको हातहातमा कापी पु...
रश्मोरसंग भगिनी सम्बन्ध जोड्न लण्डन पुगे गोरखाका मेयर
पर्यटन, विदेश, समाचार, हाइलाइट-समाचार

रश्मोरसंग भगिनी सम्बन्ध जोड्न लण्डन पुगे गोरखाका मेयर

गोरखा । रश्मोर बरो काउन्सिलसंग भगिनी सम्बन्ध जोड्न गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त सहितको टोली बेलायत पुगेको छ । भगिनी सम्बन्ध स्थापनाका लागि बिहिबार एक औपचारिक कार्यक्रमका बिच बेलायतको रश्मोर काउन्सिल र गोरखा नगरपालिकाबिच हस्ताक्षर हुने कार्यक्रम छ । सोही कार्यक्रममा सहभागी हुन नगरप्रमुख पन्त सहित प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ र नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष बुधबार बिहान बेलायत पुगेका हुन् । उनिहरुलाई लण्डन स्थित विमानस्थलमा बेलायतका लागि नेपाली दुतावासका कर्मचारी तेजेन्द्र रेग्मी, रश्मोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासे, रश्मोर काउन्सिलका डेमोक्रेशी स्ट्राटेजी मेनेजमेन्ट विभागका प्रमुख एन्ड्रयु कोल्भर लगायतले स्वागत गरेका थिए । रश्मोरसंगको भगिनी सम्बन्ध स्थापना कार्यक्रममा भ्रमण बर्ष २०२० तथा गोरखा जाऔं अभियानको जानकारी दिने साथै भ्रमण...
यात्रु बोक्ने निजि सवारीलाइ कारवाही
प्रदेश ४, समाचार, हाइलाइट-समाचार

यात्रु बोक्ने निजि सवारीलाइ कारवाही

गाेरखा । जिल्ला ट्राफिक प्रहरी कार्यालयले भाडामा यात्रु बोक्ने निजि सवारी साधनलाई कारवाही गरेको छ । मंगलबार प्रयोजन विपिरित प्रयोग भएको ६ वटा कार तथा जीपहरुलाई नियन्त्रणमा लिइएकोे जिल्ला ट्राफिक प्रमुख सुकबहादुर बिकले जानकारी दिए । ‘सम्बन्धित धनिलाई समेत बोलाएर प्रयोजन बिपरित सवारी नचलाउने लिखित प्रतिवद्धता गराएका छौं’ उनले भने ‘आइदा यात्रु बोकेको भेटिएमा कारवाहीका लागि सिधै यातायात व्यवस्था कार्यालय पठाउने कुरा पनि स्पष्ट पारेका छौं ।’ पछिल्लो समय निजि सवारी साधनको मनोमानी बढेको विषयमा गोरखा समाचार दैनिकले समाचार प्रकाशन गरेपछि सोमबार पनि २ वटा निजि कारलाई नियन्त्रणमा लिई कारवाही गरिएको थियो । जिल्लाका ग्रामिण भेगमा रातो प्लेटका जीपले यात्रुलाई जोखिमयुक्त यात्रा गराएको गुनासो आइरहेको छ । बजार क्षेत्रमा जस्तै ग्रामिण बजार प्रवेश गर्ने नाकाहरुमा पनि कडाई गर्न सर्वसाधरणले माग गरेका...
लैंगिक समानता र सामाजिक समावेशिकरणका लागि साझा प्रतिबद्धता
प्रदेश ३, समाचार, समाज, हाइलाइट-समाचार

लैंगिक समानता र सामाजिक समावेशिकरणका लागि साझा प्रतिबद्धता

राजेन्द्र कोईरालाकाठमाण्डौं । काठमाण्डौंका स्थानीय तहका जनप्रतिनिधी र कर्मचारीले लैगिक समानता तथा सामाजिक समावेशिकरणका लागि सामुहिक प्रतिवद्धता जनाएका छन् । जिल्ला समन्वय समिति काठमाण्डौंको आयोजना तथा सोच नेपाल र ओरेक नेपालको सहयोगमा भएको स्थानिय तहमा लैगिक समानता र सामाजिक समावेशिकरणका सम्बन्धमा जनप्रतिनिधी, कर्मचारी तथा नागरिक समाज सहितको छलफल कार्यक्रममा उनिहरुले साझा प्रतिवद्धता जनाएका हुन् । साझा प्रतिबद्धतामा स्थानिय तहमा नीति निर्माण, योजना तर्जुमा र कार्यन्वयन प्रक्रियामा लक्षित बर्गको अर्थपुर्ण सहभागिता सुनिश्चित गरिने बुदा समेटिएका छन् । त्यस्तै विकास निर्माण प्रक्रियामा महिलाको सहभागिता बढाउने, लैगिक उत्तरदायी बजेट प्रणालिको विकास गर्ने, पछाडी पारिएका विपन्न समुदाय तथा महिलाको आर्थिक सशक्तिकरणका लागि विशेष जीविकोपार्जनका कार्यक्रमहरु प्राथमिकताका साथ संचालन गर्ने बिषयमा ...
साडे ३ करोडको सुविधासम्पन्न भवनमा सरकारी वकिल
अर्थ, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

साडे ३ करोडको सुविधासम्पन्न भवनमा सरकारी वकिल

गोरखा । २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले भत्काएको जिल्ला सरकारी वकीलको कार्यालय पुर्ननिर्माण भएको छ । साढे २ तल्ले पक्की भवन भ्याट बाहेक ३ करोड ५४ लाख ५२ हजार लगानीमा निर्माण भएको हो । भवनमा सुविधासम्पन्न १५ कोठा रहेका छन् । कार्यालयमा सोधपुछ, प्रशासन, लेखा, मुद्धा, अभिलेख, थुनुवा कक्षा लगायतका कक्ष निर्माण गरिएको छ । यसैगरी पिडित मैत्री कक्ष, बयान कक्ष, लाईबे्ररी कक्ष सहित कर्मचारीका लागि आवास र सेवाग्राही र पाहुना शयन कक्ष समेत निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनकी प्रमुख ईन्जिनियर सुनिता श्रेष्ठले जानकारी दिइन् । एशियाली बिकास बैंकको आर्थिक सहयोगमा १ रोपनी ४ आना १ दाम क्षेत्रफल जग्गामा रबिना डाँफे ड्रागन जे.भीले २०७४ जेठ ७ भवन निर्माणको सुरु गरेको थियो । भवनको एक कार्यक्रमका बिच महान्यायधीवक्ता अग्नीप्रसाद खरेलले सोमबार उद्घाटन गरेका हुन् ।...
पत्रकार बन्न लाइसेन्स परीक्षा अनिवार्य
शिक्षा, समाचार

पत्रकार बन्न लाइसेन्स परीक्षा अनिवार्य

मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरुका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ। सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट सर्वसम्मतिमा पारित भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रावधान राखिएको हो। समिति सभापति परशुराम मेघी गुरुङले अहिले पत्रकारिता पेशामा संलग्न व्यक्तिहरुको हकमा कुनै लाइसेन्सको व्यवस्था नगरिने तर नयाँ आउन चाहानेहरुका लागि काउन्सिलको पाठ्यक्रमका आधारमा परीक्षा लिने व्यवस्था गर्ने सहमति सहित पारित गरिएको बताए। ‘सबै पत्रकार र संस्थाको अभिलेखिकरण काउन्सिलमा पनि हुनुपर्ने र अभिलेख राख्ने क्रममा अहिले पेशमा रहेकाहरुको हकमा कुनै लाइसेन्सको व्यवस्था गरिने छैन। नयाँ आउन चाहानेहरुका लागि काउन्सिलले पाठ्यक्रमको आधारमा परीक्षा लिएर लाइसेन्सको व्यवस्था गर्ने कुरा पारित भएको छ’, उनले भने।...
कोरोना भाइरसको परीक्षण नेपालमै, निःशुल्क उपचार गरिने
समाचार, स्वास्थ्य

कोरोना भाइरसको परीक्षण नेपालमै, निःशुल्क उपचार गरिने

सरकारले नोवेल कोरोना भाइरस संक्रमणको परीक्षण नेपालमै गर्ने तयारी थालेको छ। कोरोना भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरुको उपचार समेत निशुल्क हुने भएको छ। कोरोना भाइरस लागेको आशंका गरिएका बिरामीहरुको ल्याब परीक्षण नेपालमै हुने व्यवस्था गरिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। शंकास्पद व्यक्तिको उपचार सरकारले निःशुल्क गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिए। ‘शंकास्पदहरुको ल्याब परीक्षण एकहप्ताभित्र नेपालमै हुनेगरी तयारी थालेका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘आवश्यक उपकरण दिल्ली लगायतका ठाउँबाट मगाएका छौं। ल्याब परीक्षण तथा उपचार सरकारले निःशुल्क गर्ने तयारी गरेको छ।’ पुस २८ गते ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्याका कारण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका एक बिरामीमा कोरोना भाइरस लागेको आशंकामा परीक्षणका लागि नमुना हङकङ पठ...
सभामुख सापकोटाद्वारा नेकपा परित्याग
राजनीति, समाचार, हाइलाइट-समाचार

सभामुख सापकोटाद्वारा नेकपा परित्याग

नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले पार्टी परित्याग गरेका छन्। सभामुखको सपथ लिएपछि सापकोटाले आफू सम्बद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सम्पूर्ण जिम्मेवारी आफूले त्यागेको जानकारी गराएका छन्। ‘संघीय संसदको प्रतिनिधिसभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि यसभन्दा पूर्व म संलग्न भई कार्य गर्दै आएको नेकपा राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीमा अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको बेहोरा अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु,’ सापकोटाले विज्ञप्तिमा भनेका छन्।...