प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा कांग्रेसबाट थप ५७ जनाको हस्ताक्षर
नेपालअखबार, काठमाडौँ । अदालतमा विचाराधिन प्रतिनिधिसभा पुन:स्थापनासम्बन्धी रिटमा तत्कालीन प्रतिनिधिसभाका बहुमत सांसदहरुको हस्ताक्षरसहित पुरक निवेदन दिने प्रयोजनका लागि कांग्रेसका ५७ जना सांसदहरुले हस्ताक्षर गरेका छन् ।
यसअघि कांग्रेसका तत्कालीन प्रमुख सचेतक र सचेतकसहित सात सांसद र एमालेबाट तत्कालीन मुख्य सचेतक र सचेतकका तर्फबाट प्रतिनिधिसभा पुन:स्थापनासम्बन्धी छुट्टाछुट्टै रिट दायर भएको थियो ।
कांग्रेस केन्द्रीय कार्यसमितिले निर्वाचनमा जाने संस्थागत निर्णय गरे पनि पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको परामर्शपछि प्रतिनिधिसभा पुन:स्थापनाको मुद्दालाई पनि सँगै अघि बढाउन लागिएको हो । तर, पार्टीभित्र यस मुद्दामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षको भने सहमति छैन ।
हस्ताक्षर गर्नेमा संस्थापन र इतरपक्षका नेता शेखर कोइराला पक्षका सांसदहरु छन् । महामन्त्रीद्...










