Thursday, November 26

समाचार

तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन
अर्थ, समाचार

तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन

नेपालअखबार,काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ५ सयमा सुनको कारोबार भएको थियो । सुनको भाउ पछिल्ला केही दिनमा उच्च उतारचढाव भइरहेको छ । अस्तिको तुलनामा हिजो सुनको भाउ एकैदिन तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो । असोज ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।बुधबार चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१५० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउले ३३५० रुपैयाँको रेकर्ड बनाएको छ ।...
राष्ट्रपति ट्रम्पले भेनेजुएलामा गुप्त कारबाही गर्न सीआईएलाई दिए स्वीकृति
राजनीति, विश्व, समाचार

राष्ट्रपति ट्रम्पले भेनेजुएलामा गुप्त कारबाही गर्न सीआईएलाई दिए स्वीकृति

नेपालअखबार,अमेरिका । कुनै समय भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई केही वर्षपछि पद त्याग्न प्रस्ताव लैजान पनि सुझाइएको थियो तर ह्वाइट हाउसले उक्त प्रस्ताव अस्वीकार गर्‍यो र सैन्य कारबाहीका लागि अनुमति दियो । गोप्य कारबाहीहरू के हुन सक्छन् वा ती मध्ये कुन चाहिँ तत्काल कार्यान्वयन गरिनेछ भन्नेबारे स्पष्ट छैन । ट्रम्पले भेनेजुएलामा स्थल सेना परिचालन गर्न अझै स्वीकृति दिएका छैनन्, त्यसैले मादुरो सरकारमाथि प्रशासनको बढ्दो दबाब अभियानको अर्को चरण तोडफोड वा कुनै प्रकारको साइबर, मनोवैज्ञानिक वा सूचना सञ्चालन हुन सक्छन् भन्ने अनुमान गरिएको छ । राष्ट्रपतिले भेनेजुएलामा अपनाउने व्यापक कार्यदिशाबारे निर्णय गरेका छैनन्, न त यस क्षेत्रबाट लागुऔषधको प्रवाह रोक्ने बाहेक आफ्नो अन्तिम लक्ष्य सार्वजनिक रूपमा व्यक्त गरेका छन् । सैन्य तथा सीआईएका योजनाकारहरूले विभिन्न आकस्मिकताका लागि धेरै विकल्पहरू त...
ताप्लेजुङको तेम्बा बजारमा आगलागी
समाचार, समाज

ताप्लेजुङको तेम्बा बजारमा आगलागी

नेपालअखबार, काठमाडौं ।  ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेका छन् । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत सामग्री जलेको र करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष सलिना बराइलीले जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालयले भने क्षतिको विवरण संकलन भइरहेको जनाएको छ । स्थानीयका अनुसार एक मोटरसाइकलमा आगलागी भएको र त्यसलाई नालीतिर पल्टाउन खोज्दा घरमा आगो सल्किएको थियो । दमकलको सुविधा नहुँदा आगो निभाउन कठिनाइ हुने गरेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष बराइलीले बताइन् ।  ‘दमकल छैन, स्थानीय स्रोत साधनबाट आगो निभाउन गाह्रो हुने गरेको छ,’ उनले भनिन् ।...
मृत्युदण्डको सजायबारे हसिनाका छोराले दिए यस्तो प्रतिक्रिया
राजनीति, विदेश, समाचार

मृत्युदण्डको सजायबारे हसिनाका छोराले दिए यस्तो प्रतिक्रिया

नेपालअखबार, नयाँ दिल्ली । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको छोरा सजीव वाजिदले आफ्नी आमाको मृत्युदण्डलाई गैरकानूनी भनेका छन् । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि वाजिदको यो प्रतिक्रिया आएको छ । बङ्गलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ । हसिनाको सुपुर्दगी र बङ्गलादेशको राजनीतिक संकटमा भारतको भूमिकाको बारेमा समाचार एजेन्सी एएनआईले उनका छोरा सजीव वाजेदसँग कुरा गरेको थियो । सजीव वाजिदले भने, ‘भारत सधैं असल मित्र रहेको छ । संकटको समयमा भारतले मेरी आमाको ज्यान बचायो । यदि उनले बंगलादेश नछोडेको भए, अतिवादीहरूले उनको हत्या गर्ने योजना बनाएका थिए । मेरी आमाको ज्यान बचाएकोमा म प्रधानमन्त्री मोदीको सरकारप्रति सधैं आभारी रहनेछु ।’ ‘सुर्पदगी प्रक्रियाबाट हुनुपर्छ । बङ्गलादेशमा निर्वाचित सरकार छैन; यो ...
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग छलफल गर्दै
राजनीति, समाचार

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग छलफल गर्दै

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् । आज अपराह्न ४ बजे हुने छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दलका नेताहरुलाई निम्ता गरिएको छ । फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि प्रधानमन्त्रीले सबैसँग संयुक्त छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले यसअघि विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेकी थिइन् । उनले जेनजीका प्रतिनिधिहरूसँग पनि छुट्टै छलफल गरेकी थिइन् ।...
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
राजनीति, समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा चलचित्र विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।
बिहान ३ बजे बैठक राखेपछि कर्मचारीलाई दुःख दिएको भन्दै जापानी प्रधानमन्त्री ताकाइचीको आलोचना
राजनीति, विश्व, समाचार

बिहान ३ बजे बैठक राखेपछि कर्मचारीलाई दुःख दिएको भन्दै जापानी प्रधानमन्त्री ताकाइचीको आलोचना

नेपालअखबार,काठमाडौं । जापानकी नयाँ प्रधानमन्त्री सनई ताकाइचीले बिहान ३ बजे बैठक राखेपछि उनको व्यापक विरोध भएको छ। गत महिना जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीलाई एकदमै धेरै काम गर्ने व्यक्तिका रूपमा चिनिन्छ। उनी दैनिक दुईदेखि चार घण्टा निदाए आफूलाई पुग्ने दाबी गर्छिन्। उनी सामाजिक भेलाहरूमा खासै सहभागी हुन्नन् र 'काम र जीवनको सन्तुलन' (वर्क लाइफ व्यालेन्स) हुनुपर्छ भन्ने अवधारणालाई खुलेरै अस्वीकार गर्छिन्। तर पनि केही दिन पहिले संसदमा उपस्थित हुनुअघि सहयोगीहरूसँग बैठक गर्न उनी निवासबाट बिहान ३ बजे निस्किएपछि आफू मातहतका कर्मचारीलाई धेरै दुःख दिएको भनेर उनको आलोचना भएको छ। जापानी मिडियाले 'बिहान ३ बजेको अध्ययन सत्र' नाम दिएको सो बैठकपछि उनको व्यापक विरोध भएको हो। जापानमा हालैका वर्षहरूमा अत्यधिक कामका कारण हुने मृत्युका (कारोशी) धेरै घटनाहरू भएकाले पनि ताकाइचीक...
तमु धिं नेपालले पोखरामा तमु ल्होछार महोत्सव गर्ने
समाचार, समाज

तमु धिं नेपालले पोखरामा तमु ल्होछार महोत्सव गर्ने

नेपालअखबार, पोखरा। तमु धिं नेपालले पोखरामा तमु ल्होछार महोत्सव गर्ने भएको छ। तमु जातिको महान चाड एवम नयाँबर्ष आगमनको अवसरमा आउदो पुस १४, १५ र १६ गते पोखरा १ बगरस्थित पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव २०८२ गर्ने निर्णय गरेको हो। तमु धिं नेपाल मुख्य आयोजक र क्षेत्रिय तमु समाजहरु आयोजक रहने तमु ल्होछार महोत्सव भव्यताका साथ आयोजना गर्न तमु र्धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङ अध्यक्षतामा २०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ। मुल आयोजक समितिमा तमु धिं नेपाल, जिल्ला समिति, क्षेत्रिय तमु समाजहरु, केन्द्रिय युवा समिति, केन्द्रिय आमा समिति, पालिका समितिका अध्यक्षहरु रहेकाछन्। ल्होछार महोत्सवमा र्याली एवम झाँकी प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, पोशाक तथा तमु भाषा प्रतियोगिता, भलिबल प्रतियोगिता, परम्परागत छेलो प्रतियोगिता, रोधिं, लोकदोहोरी विविध साँस्कृतिक प्रस्तुतिसहित विशेष आकर्षक सा...
१०० चोटि उठबस गराउँदा छात्राको मृत्यु भएको भन्दै मुम्बईको स्कुलमा हंगामा
विदेश, शिक्षा, समाचार, समाज

१०० चोटि उठबस गराउँदा छात्राको मृत्यु भएको भन्दै मुम्बईको स्कुलमा हंगामा

नेपालअखबार,काठमाडौं । मुम्बईको वसईमा १३ वर्षीया छात्राको मृत्यु भएपछि ठूलो विवाद उत्पन्न भएको छ। विद्यालयमा ढिलो आएको भन्दै सय पटक उठबस गर्न लगाइएपछि उनको स्वास्थ्य एकाएक बिग्रिएको र त्यसपछि ज्यान गएको परिवारको आरोप छ। अन्तर्राष्ट्रिय समाचार संस्था 'बिबिसी' का अनुसार विद्यालयकी एक महिला शिक्षकले ढिलो आएका छात्र–छात्रालाई सय पटक उठबसको सजा दिएकी थिइन्। त्यही सजाय पाएपछि ती छात्राको अवस्था बिग्रँदै गएर नोभेम्बर १४ को रात जेजे अस्पतालमा मृत्यु भएको बिबिसीले जनाएको छ। मृत छात्रा वसई पूर्वको सातीवली क्षेत्रको एक विद्यालयमा कक्षा ६ मा पढ्थिन्। विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद्यार्थी अध्ययन गर्छन्। नोभेम्बर ८ को बिहान करिब ५० विद्यार्थी ढिला आएका थिए, जसमा ती छात्रा पनि थिइन्। केही विद्यार्थीले झोला काँधमै राखेर उठबस गरेका थिए। त्यस दिन विद्यालयबाट घर फर्किएपछि ती छात्राको अवस्...
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
राजनीति, समाचार

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

नेपालअखबार,काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरूलाई सरकारले तत्काल जनही १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४ सय २९ जनालाई १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। बैठकले प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारले प्रदान गर्ने करिब ५ मिलियन अमेरिकी डलर तथा स्वीस सरकारले प्रदान गर्ने २.१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेस गर्न समिति गठन गरिएको छ। प्रकाशजंग केसीको संयोजकत्वमा ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ गठन गरिएको हो। बैठकले नेपाल विशेष स...