Thursday, November 26

समाचार

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति
प्रशासन, समाचार

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

नेपालअखबार,काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार सार्वजनिक शान्ति विरूद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ। प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो। उनले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका थिए। पछिल्लो समय उनले समाज भड्काउने अभिव्यक्ति दिएको आरोप छ।...
राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त
राजनीति, समाचार

राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त भएका छन् । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कंडेललाई सचिव नियुक्त गरेका हुन् ।आजैबाट लागू हुनेगरी उनलाई सचिव नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।...
पर्यटकको रोजाइमा फुङ्फुङ्गे झरना
समाचार, समाज

पर्यटकको रोजाइमा फुङ्फुङ्गे झरना

नेपालअखबार,ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो । पहाराको कापबाट झर्ने पानीको छाँगाले जोकोहीलाई मोहित पार्छ । झरना हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट मानिस आउन थालेका स्थानीय तथा घरवास (होमस्टे) सञ्चालक विजय लिम्बूले बताए । उनका अनुसार फुङ्फुङ्गे झरनालाई प्रचारप्रसार गर्नका लागि मिक्वाखोला गाउँपालिकासँग सहकार्यमा गत वर्षदेखि फुङ्फुङ्गे झरना महत्सवको आयोजना गर्दै आएको छ । आगामी दिनमा झरनाको अझ प्रभावकारी प्रचारप्रसार गर्नका लागि विभिन्न सामाजिक सञ्जालमार्फत भिडियो, फोटो प्रतियोगितासमेत गर्ने योजना रहेको छ । यतिबेला स्वच्छ, सफा र आकर्षक झरनाले पर्यटकलाई आकर्षित गराएको छ । पछिल्लो समय प्रचार–प्रसारसँगै फेसबुक, टिकटक, युट्युवजस्ता...
ट्रम्पको गाजा योजनालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को समर्थन
राजनीति, विश्व, समाचार

ट्रम्पको गाजा योजनालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को समर्थन

नेपालअखबार,वासिङ्टन डीसी । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०–बुँदे गाजा योजनासँग सम्बन्धित प्रस्तावको समर्थनमा मतदान गरेको छ । यो योजनाले अन्तर्राष्ट्रिय स्थिरीकरण बल (आईएसएफ)को गठनको व्यवस्था गरेको छ । धेरै देशहरूले यस बललाई सहयोगको प्रस्ताव गरेको अमेरिकाको भनाइ छ । प्रस्तावको पक्षमा बेलायत, फ्रान्स र सोमालियासहित तेह्र देशहरूले मतदान गरेका छन् । यस प्रस्तावको विपक्षमा कसैले पनि मतदान गरेनन् । रुस र चीनले भने मतदान गरेनन् । प्रस्ताव पारित हुनु युद्धविरामलाई बलियो बनाउने दिशामा एक महत्त्वपूर्ण कदम भएको संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भनेका छन् । यसैबिच, प्यालेस्टिनीहरूको अधिकार र मागहरू पूरा गर्दैन भन्दै हमासले प्रस्तावलाई अस्वीकार गरेको छ । प्रस्ताव पारित भएपछि, हमासले टेलिग्राममा लेखेको छ, ‘यस योजनाले गाजा पट्टीमा ...
सुदूरपश्चिममा धान उत्पादन :  क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
कृषि, समाचार, समाज

सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि

नेपालअखबार,कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि भएको छ ।  खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो । कृषि विकास निर्देशनालय सुदूरपश्चिमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशमा एक लाख ८३ हजार ३१७ क्षेत्रफल हेक्टरमा धानखेती गरिएकामा छ लाख ४८ हजार ९२४ मेट्रिक टन धान उत्पादन भएको थियो । सो आर्थिक वर्षमा यो प्रदेशमा धानको उत्पादकत्व तीन दशमलव ५४ रहेको थियो । त्यसैगरी, एक लाख ४४ हजार ५८२ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा तीन लाख ३१ हजार ९२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । सो आवमा गहुँको उत्पादकत्व दुई दशमलव २९ रहेको थियो । ५० हजार ६०७ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदा एक लाख चार हजार २५० मेट्रिक टन उत्पादन भएको थियो भने दुई दशमलव ०६ उत्पादकत्व थियो । सत्र ...
एमालेको विघटित संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

एमालेको विघटित संसदीय दलको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेको विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ । नेकपा एमालेले संसद विघटन असंवैधानिक रहेको भन्दै पुनःस्थापनाका लागि अदालत जाने निर्णय गरेको छ । अन्य राजनीतिक दलहरू भने अन्तरिम सरकारले तोकेको फागुन २१ को निर्वाचनमा सहभागी हुने तयारीमा छन् । यसै सन्दर्भसहित देशका पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।...
प्रतिनिधिसभा निर्वाचन : सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए
प्रशासन, समाचार

प्रतिनिधिसभा निर्वाचन : सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए

नेपालअखबार,सर्लाही । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि थप पाँच हजार ८१७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज १० गतेबाट नयाँ दर्ता सुरु भएको थियो । नामावली सङ्कलन अभियानमा पाँच हजार ८१७ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहले जानकारी दिए । सुरुदेखि अन्तिमसम्म नै मतदाता नामावलीमा नाम लेखाउनेको उत्साहपूर्ण सहभागिता देखिएको उनको भनाइ थियो । कार्यालयको तथ्यांङ्कानुसार यहाँ तीन हजार ३९० पुरुष र दुई हजार ४२७ महिला मतदाता थपिएका हुन । आफ्नो विवरण सच्याउनसमेत एक हजार ३१७ जनाको उजुरी परेको निर्वाचन अधिकारी साहले जानकारी दिए । उक्त उजुरीमाथि पनि क्रमैसँग कारबाही भइरहेको उनले बताए । जिल्लाको यस तथ्याङ्क केही थप हुने उनले बताए । हालसम्म एकिन भइनसकेको भए पनि राष्ट्रिय परिचयपत्रको विवरणबाट सोझै मतदाता नामावली दर्ता गर...
मुख्यमन्त्रीको समर्थनमा मधेसमा एमालेको धर्ना
राजनीति, समाचार

मुख्यमन्त्रीको समर्थनमा मधेसमा एमालेको धर्ना

नेपालअखबार,काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर नेकपा एमाले र सात राजनीतिक दलहरूबिच आरोप प्रत्यारोप जारी छ । नेकपा एमालेका नेता कार्यकर्ताले आज 'संविधानलाई रक्षा गरौँ, नवनियुक्त मुख्यमन्त्री माननीय सरोज कुमार यादवलाई काम गर्न दिऊँ' भन्ने नारासहित जनकपुरको जनकचोक मन्दिर परिसरमा  धर्ना दिएका छन् । यता सात राजनीतिक दलहरूले मुख्यमन्त्रीको बर्खास्तीको मागसहित मधेस भवन अगाडि धर्ना दिई विरोध कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।...
निर्वाचन आयोगको प्रष्टीकरण : वेबसाइट र मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच छैन
प्रशासन, समाचार

निर्वाचन आयोगको प्रष्टीकरण : वेबसाइट र मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच छैन

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले वेबसाइट तथा मतदाता नामावलीमा अनधिकृत व्यक्तिको पहुँच नरहेको प्रष्टीकरण दिएको छ । यो विषयमा सार्वजनिक रुपमा चासो व्यक्त भएको भन्दै आयोगले विज्ञप्ति नै निकालेर यस्तो प्रष्टीकरण दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन र मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ ।’ निर्वाचन आयोगको वेवसाइटमा अनधिकृत रूपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरू फेला पारेको भनी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा राखिएका र साझा गरिएका दावीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पनि आयोगले जनाएको छ । नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिवद्ध रहेको भनिएको छ । यसका लाग...
मन्त्री पुनले जेन-जीलाई भने : तिमीहरूका सबै माग पूरा गर्न सक्दिनँ, चुनावपछि आफ्नै सरकार बनाऊ, आफैँ पूरा गर
राजनीति, समाचार

मन्त्री पुनले जेन-जीलाई भने : तिमीहरूका सबै माग पूरा गर्न सक्दिनँ, चुनावपछि आफ्नै सरकार बनाऊ, आफैँ पूरा गर

नेपालअखबार,काठमाडौँ  । जेन-जीले राखेका सबै माग पूरा गर्न नसकिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले स्पष्ट पारेका छन् । उनले जेन-जीहरूलाई आगामी निर्वाचनबाट जितेर सरकार बनाएर आफ्ना माग आफैं पूरा गर्न भनेका हुन् । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा जेन–जी २.० ले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री पुनले कतिपय माग पूरा गर्न नसक्ने किसिमका रहेको बताएका थिए । आफैँ निर्वाचनमा भाग लिएर जितेर आई मागहरु पूरा गर्न मन्त्रीले जेन-जीहरूलाई भनेका हुन् । ‘अब यो तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरू आफैँ चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैँले गर्ने । यो भन्दा अर्को उपाय छैन,' मन्त्री पुनले भनेका थिए, 'यहाँ क्यामेरा तेर्साएर बस्ने होइन । यस्तो किसिमको माग मन्त्रालय आउँदै, मन्त्रीलाई माग राख्ने होइन, आफैँ गाउँ-गाउँमा जाने हो । तिमीहरूको माग मात्रै पूरा गरेर हुन्छ, मेरो प...