Sunday, August 2

समाचार

‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र : पूर्वप्रधानमन्त्री ओली
राजनीति, विचार, समाचार

‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र : पूर्वप्रधानमन्त्री ओली

नेपालअखबार,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ बाट सुरु भएको प्रतिगमनको सिलसिला जारी रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र भयो’, ओलीले भने–  ‘त्यस षडयन्त्रले वैधानिक सरकारलाई विस्थापित गर्‍यो । सरकार बनाउने वैधानिक संसद् विघटन गरेर असंवैधानिक सरकार बनाइयो ।’ उनले आफूहरूका केही कमीहरू रहे आत्मसमीक्षा गर्न सकिने बताए । ‘तर हामीले देश बर्बाद पार्‍यौ भन्ने भाष्य गलत हो । प्यारामिटरहरु हेरौँ । देशद्रोही काम गरेर, विकासका काम नगरेर होइन,...
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : पूर्वप्रधानमन्त्री नेपाल
राजनीति, विचार, समाचार

लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : पूर्वप्रधानमन्त्री नेपाल

नेपालअखबार,काठमाडौँ ।नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद(जवज) पुरानो भयो भन्दैमा अवमूल्यन गर्न नहुने बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । झण्डै दुई तिहाइ शक्ति नजिक पुगेको कम्युनिस्ट पार्टी के कारणले कमजोर भयो भनेर आत्ममूल्यांकन गर्न सक्नुपर्ने बेला आएको भन्दै नेपालले हामीमा के–के विकृति र विसङ्गति आए भनेर आत्मसमिक्षा गर्नुपर्ने बताए। मदन भण्डारीका खुबी र दुरदृष्टिको अनुसरण गर्न सक्नुपर्ने भन्दै उनले वास्तविकताको धरातलमा उभिएर कुनै पनि चुनौतीको सामना गर्न सक्नुपर्छ भन्ने उनको (मदन) वास्त...
सुन तोलामा ४ हजार ७ सय रुपैयाँ बढ्यो
अर्थतन्त्र, समाचार

सुन तोलामा ४ हजार ७ सय रुपैयाँ बढ्यो

नेपालअखबार,काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । एक साताको अवधिमा सुनको भाउ ३ हजार ५ सय रुपैयाँ घटेको छ । गत आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै चाँदी आज तोलामा १४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार १८० रुपैयाँमा कायम भएको चाँदी आज ४ हजार ३२५ रुपैयाँ पुगेको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ४ हजार ६९० रुपैयाँ थियो ।...
सांसद  खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि…
राजनीति, समाचार

सांसद खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि…

नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सभामुख डोलप्रसाद अर्याललाई ‘कर्मचारी महोदय’ भनी सम्बोधन गरेका छन्। संसद्को आकस्मिक समयमा बोल्दै खनालले ‘कर्मचारी महोदय’ भनेपछि केही बेर सदनमा खासखुस चलेको थियो। सभामुख र सांसद खनाल दुवै रास्वपाका हुन्। सम्बोधनमा शब्द चिप्लिए पनि खनालले आफ्नो मन्तव्यलाई भने निकै आक्रामक रूपमा अगाडि बढाएका थिए। सांसद खनालले कैलालीको लम्कीचुवा अस्पतालको दयनीय अवस्था र त्यहाँका कर्मचारीमाथि भएको दुर्व्यवहारको विषय उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ध्यानाकर्षण गराउँदा चिप्लिएका हुन् । ‘साँढेको जुधाइमा बाच्छाको मिचाई भनेझैँ लम्कीचुवा अस्पताल नगरपालिका र प्रदेशको आन्तरिक जुँगाको लडाइँले बन्धक बनेको छ,’ खनालले भने । लम्कीचुवा अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पताल बन...
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
समाचार, समाज

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

नेपालअखबार,काठमाडौँ । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। इलाम नगरपालिका-९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको हो। गएराति वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए। सधैँ जोखिमयुक्त रहेको सो सडकमा लेदोसहित पहिरो झर्ने र सवारी आवागमन बन्द हुने समस्या यसअघि पनि रहँदै आएको उनले बताए।  ‍ सडक अवरुद्ध भएपछि साना सवारीसाधनका लागि एकतर्फी रूपमा आवतजावत गर्नसक्ने गरी पहिरो पन्छाउने प्रसाय भइरहेको प्रजिअ ढकालले बताए। लगातार लेदो सडकमा झरिरहेकाले ठूला सवारीसाधनका सञ्चालनमा ल्याउन भने केही समय लाग्ने उनले उल्लेख गरे। 'गएरातिदेखि लेदोसहितको पहिरो झरेकाले सडक पूर्ण रूपमा अवरुद्ध छ । साना सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गराउन...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघ्यो
विश्व, समाचार, समाज

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

नेपालअखबार,काठमाडौँ । भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या १४३० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। भूकम्पमा परि बेपत्ता हुनेको संख्या पनि बढेको छ। आइतबारसम्म यो संख्या  ६८ हजार ९०० पुगेको एपीले जनाएको छ। अझै बेपत्ताहरूको विवरण संकलन भइरहेको र यो संख्या बढ्न सक्ने बताइएको छ। सबैभन्दा बढी प्रभावित ला गुआइराका विभिन्न क्षेत्रमा आफन्त र छिमेकीहरू भग्नावशेष हटाउँदै जीवित व्यक्तिको खोजीमा जुटिरहेका छन्। उनीहरूले बेल्चा, डोरी, भारी उपकरण तथा नाङ्गो हातसमेत प्रयोग गरेर भत्किएका भवनहरूमा खोजी जारी राखेका छन्। यसैबीच अन्तर्राष्ट्रिय उद्धार टोलीहरू पनि घटनास्थल पुग्न थालेपछि पीडित परिवारमा केही आशा जागेको छ। तर उद्धार तथा राहतमा स...
लागूऔषधसहित १४ जना पक्राउ
अपराध, प्रशासन, समाचार

लागूऔषधसहित १४ जना पक्राउ

नेपालअखबार,काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई, सुनसरी र काठमाडौँबाट एक/एक जना पक्राउ परेका छन् ।प्रहरीले उनीहरूका साथबाट लागुऔषध गाँजा, अफिम र खैरो हेरोइन तथा चिकित्सको सिफिारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको छ ।...
जनकपुरको एक होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
अपराध, समाचार, समाज

जनकपुरको एक होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

नेपालअखबार,जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाक मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का विजय यादवका करिब २० वर्षीय छोरा अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका रामएकवाल मुखियाका करिब १८ वर्षीय छोरा सुधिर मुखिया छन् । आज दिउँसो करिब १ बजे होटलमा खाना खान आएका दुई युवकसँग हातहतियार रहेको गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक निमित्त प्रवक्ता मनोज यादवले जानकारी दिए । उनका अनुसार उनीहरूको साथबाट एउटा पेस्तोल, त्यसको एउटा म्यागजिन, ९ एमएम केएफ लेखिएको एउटा गोली र ७.६५ एमएम केएफ लेखिएका तीन वटा गोली बरामद गरिएको छ ।बरामद गरिएको हातहतियार तथा गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिई घ...
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
धर्म/संस्कृति, समाचार, समाज

अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना

नेपालअखबार,काठमाडौँ । चोरले संयुक्त राज्य अमेरिका पुर्याएको १३औँ शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति स्थानीय न्हुच्छेवहालमा विधिपूर्वक पुनःस्थापना गरिएको छ । काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग तथा सम्पदा अभियन्तालगायतको समन्वयमा हालै त्यहाँ उक्त मूर्ति पुनःस्थापना गरिएको हो । पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार चोरी भएको उक्त मूर्ति अमेरिकामा फेला परेपछि पुरातत्व विभागले अमेरिकास्थित तिब्बत हाउस कलेक्सनसँग समन्वय गरी नेपाल फिर्ता ल्याएको हो । अमेरिकाको एक सङ्ग्रहालयमा रहेको मूर्ति सरकार, विभिन्न संस्था, विद्वान् तथा स्वदेशी–विदेशी सम्पदा अभियन्ताको सहकार्यमा नेपाल ल्याइएको थियो । शान्त र सौम्य भाव झल्किने उक्त मूर्ति १३औँ शताब्दीमा निर्माण भएको मानिन्छ । पुरातात्त्विक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यस सम्पदाले तत्कालीन कला, संस्कृति र मूर्तिकलाको उत्कृष्ट नम...
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
समाचार, समाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

नेपालअखबार,अर्घाखाँची । अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् । हालसम्म ३३ वटा बचेरा गुँडबाट उड्न सफल भएका गिद्धविज्ञ कृष्ण भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुँडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका हुन् । छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अतिसङ्कटापन्न डङ्गर गिद्धले सल्लाका रुखमा २३ वटा गुँड बनाएको थियो । तीमध्ये १५ वटा गुँडबाट सफलतापूर्वक बचेरा उडेका उनले जानकारी दिए । मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले २२ वटा र हाडफोर गिद्धले तीन वटा गुँड बनाएका थिए । तीमध्ये हिमाली गिद्धका १६ वटा र हाडफोर गिद्धका दुई वटा गुँडबाट बचेरा सफलतापूर्वक उड्न सफल भ...