अर्थ मन्त्रालयद्वारा कर्मचारी सरुवा
नेपालअखबार,काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिवहरूको व्यापक रूपमा जिम्मेवारी हेरफेर गरेको छ । शुक्रबार मन्त्रिस्तरीय निर्णयअनुसार विभिन्न निकायमा कार्यरत सहसचिव र अन्य कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सरुवा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालय वा अन्तर्गतका निकायमा कार्यरत १२ जना कर्मचारीहरूको सरुवा गरिएको छ। सरुवा हुनेमा सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, प्रमुख भन्सार प्रशासक, र प्रमुख कर प्रशासक रहेका छन् ।
कसको कहाँ भयो सरुवा ?
अर्थ मन्त्रालय वा अन्तर्गत सहसचिवको रूपमा कार्यरत सुमन दाहाललाई अर्थ मन्त्रालयमा नै बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिइएको छ ।
यस्तै, अर्थ मन्त्रालय वा अन्तर्गत नै सहसचिव रहेका टेक प्रसाद पाण्डेलाई योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा...










